- विश्वास खड्काथोकी
लोक सेवा आयोगको स्थापना भएको ६८ वर्षसम्म सरकारको सचिव पदमा एक जना पनि दलित समुदायको अनुहार देखिएन । ००७ सालअघि त दलितलाई पढ्ने अधिकार नै थिएन । त्यसैले, दलितलाई सरकारी कर्मचारी भनेको ‘आकाशको फल आँखा तरि मर’ जस्तै थियो ।
आजको कर्मचारीतन्त्र हेर्ने हो भने सहसचिवमा १, उपसचिवमा ७ जना दलित समुदायको उपस्थिति छ । यस्तो असमावेशी कर्मचारीतन्त्रको सचिव पदमा पहिलो पटक दलित समुदायको एउटा अनुहार देखिएको छ । उनी हुन्, डा. मानबहादुर वीके । जो बागमति प्रदेशको प्रमुख सचिवको रुपमा कमाण्ड सम्हाल्दैछन् । डा. मानबहादुरले अनलाइनखवरसँग खुशी साट्छन्, ‘समावेशीताको एउटा हिस्सा बन्न पाएकोमा गर्वको अनुभुति भएको छ ।’
खाना लाउनै धौधौ पर्ने दलित परिवारमा जन्मीएका मानबहादुर कसरी स्कुल गए ? मजदुरीको लागि भाडा माझ्न भारत पुगेका मनबहादुर कसरी नीजामति क्षेत्रमा प्रवेश गर्न आइपुगथे ? हजुरबासँगै आरनमा फलाम ठोक्ने उनी कसरी अमेरिकासम्म पुगेर उत्तर विद्यावारिधी गरे ? कसरी ? कसरी यति दुरसम्मको यात्रा तय गर्न सफल भए ?
डा. मानबहादुरको पृष्ठभूमी नियाल्ने हो भने मानिसको माथिंगल रन्थन्याउँछ । र, उनको जवरजस्त उपलब्धीले मानिसमा असामान्य प्रेरणा भरिदिन्छ ।
०००
जतिबेला मानबहादुर अक्षर सिक्न विद्यालय पुगेका थिए, त्यतिबेला जातीय भेदभावको प्रभाव निकै चर्को थियो । तसर्थ बस्नको लागि घरबाटै परालको सुकुल बाकेर विद्यालय पुुग्थे मानबहादुर । र, अरु साथीहरुसँग नछोइने गरि टाढै बसेर नैतिकताको पाठ पढ्थे ।
कहिलेकाँही साथीहरुले किताव खोसेर मन्दिर भित्र फ्याकीदिन्थे । किताव लिन जाऔँ, मन्दिरभित्र दलितलाई वर्जित छ । मानबहादुरको विद्यार्थी जीवन सम्झने प्रयास गर्छन्, ‘म रुँदै रुँदै रित्तो हात घर फर्किन्थेँ । फेरि भोलीपल्ट लखलखर स्कुल जान्थे ।’ समाज र एउटै कक्षामा पढ्ने साथीहरुको हेपाहालाई मानबहादुरले आँशुले नै बगाइदिए र पढीरहे ।
आरनबाट ‘स्कुल फी’
बुवा भीमबहादुर गुजाराको लागि भारत थिए । बुवासँगै मानबहादुर पनि भारत पुगेका थिए । मानबहादुरले उतैबाट तीन कक्षा पास गरे र नेपाल आई दुई कक्षामा भर्ना भए । मानबहादुर आफैप्रति प्रश्न गर्छन्, ‘खै ! भारतको बेस भएर पो हो की पढाईमा यति धेरै दिल गएको ।’
पढाईलाई निरन्तरता दिन भने मानबहादुरको लागि त्यति सहज थिएन । मजदुरीका भारत छिरेका बाबाबाट पैसा आउन बन्द भएको थियो । मनबहादुरले काहाँबाट बुझाउँने स्कलुको फि ?
उनले समाधान आफ्नै घरभित्र देखे । आफ्नै आरनमा । मानबहादुरले हजुरबुवासँगै आरनमा बसेर घन ठोक्न थाले । फलाम पिटेर ताप्के, दिउरी बनाउन थाले । अनि बाटो बाटोमा विक्री गर्न हिडे । ‘कहिलेकाहीँ तानसेनसम्म पनि पुगेर विक्री गरिन्थ्यो’, मानबहादुर ती दिन सम्झन्छन्, ‘सामान बेचेको पैसाले फलाम किनेर ल्याउथेँ, स्कुलको फि तिर्ने पैसा पनि त्यहीँबाट निस्कन्थ्यो ।’ आठदेखि १० कक्षा यसरी नै पास गरे मानबहादुरले । ‘मेरो घर लघुवाबाट दुई घण्टा हिडेर भैरवस्थानको स्कुल पुग्नुपथ्र्यौ’, मानबहादुर अनुभव सुनाउँछन्, ‘त्यसैले पनि पढाइ पनि सोचेजति ध्यान दिन सकिएन ।’
एसएलसीको तयारी गर्ने बेला त मानबहादुरलाई झन् ठूलो आपत आइलाग्यो । बाबा कान्छिआमासँग भारतमा । आफ्नी आमा गर्भवति । छ वर्षिय भाई र सुत्केरी हुन आँटेकी आमाको जिम्मा मानबहादुरको थाप्लोमा । साथीहरु एसएलसी तयारीको लागि टान्सेन झर्दा उनी सुत्केरी हुनै आटेकी आमाको स्टेचर खोज्नका लागि गाउँभरी डुल्नुपरेको थियो । ‘प्रशव वेदनाले छटपटाएकी आमालाई अस्पताल लैजानका लागि गाउँभरी स्टेरखोज्दाखोज्दै विहान भयो तर, स्टेचर पाइएन’, आमाको सम्झनामा उनको स्वर मसिनो बन्छ, ‘विहान पख सुत्केरी भएको खवर पाएँ । अनि खुशी हुँदै घर फर्कीएँ ।’
सहपाठीहरुलाई एसएलसीको चटारोले छोएको बेला उनी पनि कितावमै घोत्लीनुपर्ने । तर, १५ वर्षिय मानबहादुरलाई त सुत्केरी आमा र शिशुको स्याहारमा दिन विताउनुप¥यो । ‘घरमा मट्टीतेल थिएन, दियालोको मन्ध उज्यालामो आमा र शिशुको स्याहार गरिरहेँ । भैसी र खेतबारीको काम पनि भ्याउनुपर्ने’, मनबहादुर स्मरणमा हराउँछन्, ‘रातपरेपछि एकातिर भात बसाल्थेँ, अनि सल्लाको खोटो बालेर पढ्थेँ ।’
एसएलसी त दिनैपर्यो ! एसएलसी परिक्षाको अघिल्लो रात साथीसँग तान्सेन बजार बस्न पुगे । ०३७ सालको एसएलसीमो भाग लिए । तर, परिक्षा अवधिभर मानबहादुरलाई सुत्केरी आमा र नवजात भाइको चिन्ताले चैनको सास फेर्न दिएन । यसरी दिएको एसएलसीको रिजल्ट कस्तो आउला ?
शिक्षामन्त्रीको हातबाट तक्मा
एसएलसीपछि मानबहादुरलाई घर परिवारको व्यवहारले थप किच्यो । त्यसबाट मुक्ति पाउनका लागि उनी मजदुरीको लागि नयाँ दिल्ली पुगे । मनबहादुर भन्छन्, ‘दिल्लीमा एक जना इन्जीनियरको घरमा भाँडा माझ्ने काम पाएँ । नर्दन होटल लिमिटेडको अन द जव टे«निङ थियो त्यो ।’ नयाँ दिल्लीमा भएका मामाको माध्ययमबाट मानवहादरले यस्तो अवसर पाएका थिए ।
यता एसएसीको रिजल्ट आइसके छ, उता मानबहादुर घरको काममा व्यस्त । ‘केही दिनपछि काकाले खबर पठाएपछि बल्ल बल्ल रिजल्टबारे थाहाँ पाएँ’, मानबहादुरको अनुहार चम्कीलो बन्छ, ‘म त फस्र्ट डिभिजनमा पो पास भएछु । पश्चिम पाल्पा नै टपेछु ।’ त्यो खुशीलाई वर्णण गर्नका लागि उनीसँग न शब्द छ न आवाज नै । उनले त्यतिबेला आफ्नो आमालाई खुव मिस गरे ।
मनबहादुरको घरमा काम गर्ने इन्जीनियर खुव गुणी रहेछन् । काकाले एसएलसीको सर्टीफिकेटसमेत हुलाक मार्फत भारत नै पठाएपछि इन्जीनियरको सहयोगमा सरकारी जागिरको परिक्षा पनि दिए । र, पास भए ।
तर, गाउँबाट उनलाई फर्कनको लागि तारन्तार दवाव पुगिरहेको थियो । शिक्षक कुलप्रसाद नेपालले त उनलाई चिठी नै लेखेका थिए – नेपाल फर्कीहाल । तिमीलाई सरकारल पढाउँछ । पोखरामा राखेर विज्ञान पढाउँछ । यही आश्वासनले मुखमै आएको जागिरलाई लात मारेर मानबहादुर स्वदेश फिरे ।
तत्कालिन शिक्षामन्त्री पशुपतिशमशेर जबराबाट तक्मा नै पहिरिए । आसै आसमा मनबहादुरको एक वर्ष घरमै वित्यो । यो एक वर्षमा उनको हातबाट दुबै लड्डु फुत्कीयो – न जागिर न सरकारी पढाई । उनीमा विकल्प खोज्नुको विकल्प रहेन ।
त्यसपछि आमाको गुन्यूमा कोदोको पिठो र चामल पोको पारे । झोलामा दुई चार वटा भााडा र दाउरा बोके । अनि मानबहादुर पढाईको तिर्खा मेटाउन तान्सेनतर्फ हान्निए । मानबहादुरको एक मात्र भरोषाको केन्द्र थिए तान्सेनमा भएका भिनाजु ।
तान्सेनमा उनको भिनाजुले तामाको भाडा बनाउने काम गर्थे । त्यसैले उनी सरासर भिनाजुकहाँ बस्न पुगे । ‘तान्सेन पुगेर क्याम्पस भर्ना गरेँ’, उनी भन्छन्, ‘भिनाजु तामाको भाडा बनाउने कोठाको एउटा कुनामा सुत्न थालेँ ।’ मानबहादुरको रहर त विज्ञान पढ्ने थियो तर, पैसा नभएपछि कमर्समा भर्ना भए ।
भर्ना त भए तर, बस्ने खर्च कहाँबाट ल्याउने ? मानबहादुरले जुक्ती निकाले एसएलसीको ट्युसन पढाउने । मानबहादुर भन्छन्, ‘भिनाजुसँग सल्लाह गरेर एउटा कोठा लिएँ र ट्युसन पढाउन थाले ।’ खोज्न जाने सम्भावनाहरु आफ्नै वरिपरि हुँदा रहेछन् ।
मानबहादुरले तानसेनकै जनता माध्यमिक विद्यालयमा बेलुकी पखको कक्षा पढाउने पनि अवसर पाएपछि त उनको जीवनले अलिकति लय पक्रियो । तलव – ४५ रुपैयाँ । पढाउँदा पढाउँदै अस्थायी शिक्षकमा नामै निकाले । तलव छ सय पुग्यो । मानबहादुरले भगवति स्थान प्राथामिक विद्यालयमा स्थायी शिक्षकमै नाम निकाले । अभावहरुले नै मानबहादुलाई सम्भावनाहरुको खोजी गर्न झन् ठूलो उत्साह प्रदान गर्यो ।
०४३ सालको कुरा हो । लोकसेवाले खरदारसरहको सहलेखापालमा फर्म खुलाएको मानबहादुरको कानमा प¥यो । मानबहादुरले फर्म मात्र भरेनन् नामै निकाले । उनी मुसुक्क हाँस्छन्, ‘सरकारी जागिर त छोड्ने कुरा भएन । शिक्षकको काम छोडेर अर्घाखाँची पुगेँ ।’ अनि शुरु भयो मानबहादुरको निजामति यात्रा ।
मानबहादुरले आइकम सक्काइसकेका थिए । त्यसैले, सुर्खेत पुगेर नायव सुब्बाको परिक्षामा पनि भीडे । नाम निकाले । तर, उनलाई धर्म संकट आइलाग्यो । ‘०४५ सालतिर हो । मेरो बिकम सकियो,’ मानबहादुर भन्छन्, ‘मसँग दुई अप्सन थिए । कि नायव सुब्बा भएर दुर्गममा जाने वा खरदारकै रूपमा काठमाडौंको हवाई विभागका जागिर गर्दै मास्टर्स पढ्ने ।’ मानबहादुरको रोजाईमा प¥यो दोस्रो अप्सन ।
अनि डेराबाट निकालिए
सरकारी जागिरे । काठमाडौंमा डेरा पाउन त्यति गाह्रो भएन मानबहादुरलाई । थापा गाउँका एक ब्रम्हाण थरको घरमा बस्न शुरु गरे । ‘निजामतिमा दलित निकै कम थिए । त्यसैले बस्ने बेला जात सोध्ने कुरै भएन’, उनी काठमाडौंले शुरुमै दिएको दुःख सम्झन्छन्, ‘घरधनीलाई कसैले मेरो जातबारे सुनाइदिएछ । त्यसपछि त तत्काल कोठा छोड्न लगाए ।’ त्यसपछि मानबहादुर भाडाकुडासँगै अपमानको भारी बाकेर साथीकहाँ बुद्धनगर बस्न जानुपर्यो ।
त्यतिबेला जातीय विभदे विरुद्धको वलियो कानुन थिएन । बरु त्यतिबेलै उनले इख पालेका थिए, ‘समाजको माथिल्ला तप्कामा पुगेर समाज सुधारकमा भूमिका निर्वाह गर्नुपर्छ ।’ त्यसैले पनि पढाइसँगै मानबहादुरले भेटेजतिका संघसंस्थामा अधिकृतको फर्म भर्न थाले । असफलता त मानबहादुरको डिक्सनेरीमै थिएन । ‘त्यतिवेला कम्तीमा १० वटा संस्थामा परीक्षा दिए होला’, मानबहादुर भन्छन्, ‘सबैको लिखितमा नाम निस्कियो र केहीमा अन्तर्वार्तामा फालिएँ ।’
०४६ सालमा भने लोकसेवाको लेखा अधिकृतमै नाम निस्कीयो । काठमाडौंमै व्यवसायीक शिक्षा तथा तलिम परिषद्(सिटिइभिटइ)मा लेखअधिकृतको रुपमा प्रवेश गरे । लेखा अधिकृत भएको सात महिनामै मानबहादुर नाम शाखा अधिकृतमा निस्कीयो । अनि ०४७ मा उद्योग अधिकृतको रुपमा कपिलवस्तु पुगे । भनिन्छ नी एउटा असफलसँगै सँगै अर्को सम्भावनाको ढोका उघ्रिएको हुन्छ । नासुको जागिर छोडेर काठमाडौं आएका मानबहादुर लेखाअधिकृत भए ।
मानबहादुर काभ्रप्लान्चोके, ललितपुर हुँदै कृषि मन्त्रालय काठमाडौं आइपुगे । उनी जहाँ पुग्थे, त्यहीँको क्याम्पस पढाउथे ।
पहिलो सिडओ
०५३ मा मानबहादुरले नेपाल सरकारबाट अध्ययन बिदा स्वीकृति लिए । त्यो किनभने उनी अध्ययनको लागि कानपुरमा सिए पढ्न गएका थिए । मानबहादुर भर्नाकै प्रक्रियामा थिए, त्यही बेला पढ्नको लागि जापान जाने अवसर आइपुग्यो । जापानबाट कृषि सहकारी व्यवस्थापनमा डिप्लोमा गरे । र, आइएसएस नेडरल्याण्डबाट पुन पोस्ट ग्राजयुट गरे । र, सन २०१० त्रिभुवन विश्वविद्यालयबाटै विद्यावारिधी गरे । उनको पढाईलाई जागिरले छेक्न सकेन ।
०६७ मा लोकसेवाले सहसचिव पदका लागि दरखास्त आह्वान ग¥यो । मानबहादुरले त्यहाँ पनि आवेदन दिए । मानबहादुरको नाम ननिस्कने कुरै भएन । अनि डा. मानबहादुर दलित समुदायका एक्ला सहसचिव बने ।
सहसचिव भएपछि मानबहादुरको रोजाइ थियो गुह मन्त्रालय । र, यसको करिव करिव टुंगो पनि लागिसकेको थियो । मानबहादुर गुनसो गर्छन्, ‘समुदायसँग नजिक रहेर काम गर्न पाइने भएकाले प्रमुख जिल्ला अधिकारि (सिडिओ) हुने मनस्थितिमा थिएँ । त्यही बेला श्रम तथा यातायात मन्त्रालयमा नियुक्तीको ‘अनएक्सपेक्टेड’ चिठी हात लाग्यो ।’ र, उनी नचाहादा नचाहादै पनि श्रम तथा रोजगार विभागको महानिर्देशक भए ।
मानबहादुर विभागको महानिर्देशककै जिम्मेवारीमा थिए । एक दिन तत्कालिन गृहमन्त्री विजय कुमार गच्छादारबाट बोलावट भयो । र, गच्छादारले मानवहादुरलाई फेरि अप्रत्यासित खवर सुनाए, ‘समावेशी बनाउन कै लागि भए पनि हजुरलाई सिडिओ बनाउने निर्णय गरेका छौँ ।’ उनले खोजेकै यही थियो । मानबहादुर गदगद हुँदै ०६९ मा बर्दियाको कमाण्ड सम्हाल्न पुगे ।
मानबहादुर आफै भन्छन् की उनी जहाँ जान्छन् नयाँ शैलीमा काम गर्ने चुनौति उठाउँछन् । मानबहादुरले बर्दिया पुग्नसाथ यस्तै चुनौतिका साथ आफ्नो कार्यशैलीबारे घोषणा गरे ।
१. सम्बेदनशील सुरक्षाको विषय बाहेक कार्यालयको गोप्य कोठा प्रयोग गर्दिन ।
२. आकाश्मिक घटनाहरु र सम्बेदनशील सुरक्षाको विषयबाहेक कार्यालय प्रयोजनको लागि नीजि निवासमा भेट गर्दिनँ ।
३, सिडिओको जिम्मेवारीमा रहदासम्म नीजि निम्तामा सरिक हुने छैन ।
४. प्रत्येक मासिक तथा त्रैमासिक रुपमा नागरिक, कर्मचारीवीच अन्तरक्रिया कार्यक्रमसहित सार्वजनिक रुपमा आफ्नो त्रैकमासिक काम जानकारी गराउँछु र प्रतिक्रिया लिनेछु ।
‘सिडिओको रुपमा जाहा पुगेपनि पहिला यही बुँदा घोषणा गरेर जिम्मेवारी सम्हाल्थेँ’, मानबहादुरले भने । वर्दियामा छदै उनले सेवा प्रवाहमा सरलीकरण कार्ययोजना तयार पारे र त्यसलाई ब्रोसरको रुपमा गाउँगाउँ वडा वडासम्मदेखि संघसंस्थाहरुसम्म पु¥याए । ‘त्यो कार्ययोजनामा नागरिकतादेखि सम्पुर्ण सेवा कुन कोठा र कसरी पाइन्छ भन्ने उल्लेख गर्थेँ’, मनबहादुर भन्छन्, ‘एक त मानिसहरु कामको लागि प्रशासनमा अलमलिनु पर्थेन । अर्को सर्वसाधरणहरु विचौलियाको चंगुलमा पर्नु पर्दैनथ्यो ।’ त्यति मात्र होइन उनले प्रशासन कार्यालयको हाताभित्र ‘हेल्प डेस्क’ नै स्थापना गरे । मानबहादुर गर्वसहित भन्छन्, ‘निवेदन लेख्न, फारम भर्न नागरिकले विचौलियासँग ठूलो रकम खर्च गर्न नपरोस् भनेर देशमै पहिलो पटक हेल्प डेस्क शुरु गरेको थिएँ । पछि गृह मन्त्रालयले यसलाई आफ्नो कार्ययोजना नै बनायो ।’
देशको कुनै पनि जिल्ला प्रशासन कार्यालयमा वेभसाइट नभएको अवस्थामा मानबहादुरले वेभसाइटको स्थापना गरि महत्वपूर्ण जानकारी त्यही राख्न थालेका थिए । ‘कार्यलयको जानकारीससँगै वेभसाइटमै हामीले प्रशासनबाट अदालतमा गएको दैनिक, साप्ताहिक, मासिक पेसी सूची र मिति राख्थ्यौँ’, उनी भन्छन्, ‘त्यतिबेला सर्वोच्च अदालतमै पेसी सुची यसरी वेभसाइटमा राख्ने व्यवस्था थिएन ।’ मनबहादुर सिडियोको रुपमा तनहुँ, चितवन, सिराहा, मकवानपुर पुगे । उनी जहाँ पुगे पनि यीनै कुरालाई निरन्तरता दिए । डा. मानबहादुर भन्छन्, ‘जहिले पनि समाजको तल्लो तप्का र सार्वजनिक सेवामा पहुँचको साह्रै कमी भएकाहरुको हितमा काम गर्ने प्रयास गर्थेँ ।’
मकवानपुरको जिम्मेवारीमा रहदै गरेको बेला फुलब्राइटको रिसर्च स्कलरको रुपमा छनौट भई मानबहादुर पोस्ट डक अध्ययनको लागि ब्राण्डाइज युनिभर्सिटी अमेरिका पुगे । जसले उनलाई अमेरिकाको विभिन्न विश्वविद्यालय र संघसंस्थाहरुमा प्रध्यापन गर्ने अवसर मिल्यो । त्यही अध्ययनको अधारमा उनले इराडिकेटिङ हङ्गर नामक पुस्तक पनि सार्वजनिक गरे ।
प्रदेश सचिवको यात्रा
अमेरिकाबाट फर्कीएसँगै उनले नयाँ भूमिका पाए । त्यो थियो प्रदेश नं. ५ को प्रदेश सभाको सचिव । त्यतिबेला पनि मानबहादुरले संसदीय सम्वाद केन्द्रको स्थापना गरि नयाँ कामको शुरुवात गरेका थिए । ‘प्रदेश सभाका सदस्यहरु औपाचरिक रुपमा छलफल गर्नुपूर्व विषयमा प्रयाप्त जानकारी होस् भन्ने उद्देश्यका साथ उहाँहरुलाई विज्ञबाट प्रशिक्षित गरिन्थ्यो’, उनी भन्छन्, ‘यो आफैमा नयाँ कुरा थियो । यसले अहिले पनि निरन्तरता पाइरहेको छ ।’
प्रदेश नं. ५ पछि मानबहादुर कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा सचिव भएर पुगे । त्यहाँ उनले देशकै नमुनाकै रुपमा एकिकृत स्वास्थ्य सेवाको शुरुवात गरे । यसबारे उनी प्रष्ट पार्छन्, ‘स्वास्थ्य क्षेत्रमा जिल्ला र प्रदेश गरि धेरै किसिमका संस्थाहरु थिए । जसले सेवाग्राहीका लागि अलमल र राज्यलाई पनि सेवा प्रवाह महंगो परिरहहेको थियो । त्यसैले एकिकृत स्वास्थ्य सेवा शुरु गरेँ ।’ प्रदेश सरकर मातहतका धेरै केसिमका तालिम केन्द्रलाई एकिकृत गरि एउटै व्यवस्थाअन्तरगत तालिम लिनेको व्यवस्था पनि उनैले शुरु गरे । जसको लागि मानबहादुरले मानव संसाधन विकास केन्द्रको स्थापना गरेका थिए ।खसबै स्वास्थ्य संस्थाहरुमा विद्युतिय प्रणाली लागु गरि अनलाइन काउण्सिलकोसमेत व्यवस्था मिलाए । आफु जिम्मेवारीमा हुँदा गरिने नयाँ कामले नै उत्प्रेरणा दिने मानबहादुर बताउँछन् ।
कर्णालीपछि मानबहादुर युवा तथा खेलकुद मन्त्रालय सिंहदरवारमा प्रवक्ता भएर आए । उक्त मन्त्रालयमा लामो समय काम गर्न नपाउँदै उनी विशिष्ट श्रेणीको सचिव पदमामा बढुवा भए । गत २९ असारको मन्त्रीपरिषद्को निर्णयसँगै मानबहादुरले दलित समुदायबाट पहिलो विशिष्ट श्रेण्ीको सचिव बन्ने इतिहाँस कामय गरेका छन् ।
पदोन्नतीसँगै मानबहादुले बागमति प्रदेशको प्रमुख सचिवको जिम्मेवारी पाएका छन् । सासकीय पद्धतिलाई बलियो बनाउनुका साथै देश र जनतालाई उच्चत्तम हित वा लाभलाई प्राथामिकतामा राखेर काम गर्ने डा. मानबहादुर बताउँछन् । ‘आफ्नो निकायबाट प्रवाह गर्ने सेवालाई सरल र सहज ढंगले नतिजा मुलक बनाउन उद्धत रहनेछु’, मनबहादुर आफ्नो योजना बताउँछन्, ‘भइरहेका कामलाई नयाँ ढंगले नविनतम किसिमबाट गर्ने प्रयास गर्नेछु ।’
११, साउन २०७७ मा www.onlinekhabar.com मा प्रकाशित ।
onlinekhabar Link : https://www.onlinekhabar.com/2020/07/884797

डा. वीकेसँग लेखक विश्वास खड्काथोकी । |

![]() |
डा. वीकेलाई युवा तथा खेलकुद मन्त्रालयबाट विदाइ गर्दै मन्त्री जगत विश्वकर्मा । |
onlinekhabar Link : https://www.onlinekhabar.com/2020/07/884797
Comments
Post a Comment