गोलीले छटपटाएका दलित दिलबहादुरलाई कसैले छोएनन् अनि सहिद भए

- विश्वास खड्काथोकी

रामप्रसाद भट्ट (३९) सामान्य देखिन्छन् । हात–खुट्टा मजैले चलाउँछन् । कण्ठबाट निस्कने उनको आवाजमा पनि कुनै खोट छैन । उनीसँग मोवाइल मर्मत गर्ने कौशल छ । गोर्खाको पालुटङटारमा त्यही कौशल बेचेर डेरा भाडा तिर्छन्, परिवार र आफुलाई बचाएका छन् । तर, सामान्य देखिनु र सामान्य हुनु विल्कुलै फरक कुरा हो ।

जब उनले कपडा उठाएर नांगो ढाड देखाउँछन्, सुन्तला अटाउने जत्रो खोपिल्टा देखापर्छ । अगाडि फर्केपछि नाइटोको छेउमा एक वित्ता लामो चिरेको दाग छ । सर्पको काँचुलिजस्तै । यसैमा लुकेको छ सामान्य देखिने रामप्रसादको असामान्य कथा ।

०००

सामान्य देखिने रामप्रसादको घरको अवस्था पनि समान्य थिएन । छ भाई रामप्रसादहरुको एउटी बहिनी थिईन् । विहानै उठेर बाबालाई ज्यालादारीमा काममा जाने हतारो हुन्थ्यो । त्यति नगरे ठूलो जहानलाई विहान–बेलुकी ढिडो खान पनि मुस्कील पथ्र्यौ ।
प्रथम सहिद दिलबहादुरको फोटो देखाउँदै आमा–बाबा ।


तर, स्कुल नजिक थियो – श्री ब्रर्मचार्य निमावि । पढ्न मात्र होइन्, उनको लागि खेल्न पनि स्कुलको ग्राउण्ड उपलब्ध थियो । पान्द्रुङ – २ गोरखाको त्यही स्कुल पढेर रामप्रसाद चार कक्षासम्म उक्लीसकेका थिए ।

उनको अति मिल्ने साथी थिए – दिलबहादुर रम्तेल । अल्लो–पल्लो घर । कक्षा पनि एउटै । रम्तेलको पारिवारिक स्थिति भने अझ दर्दनाक थियो । वर्ष दिन काम गरेर आफ्नो जमिनले दिएको अन्नले तीन महिना पनि पुग्दैन्थ्यो । फेरि रामप्रसाद र दिलबहादुरका बुवा पनि उस्तै दौतरी । मजदुर दौतरी । अभावले उनीहरुलाई दौतरी बनाएको थियो ।

१४ फागुन, ०५२ ।

रामप्रसाद र दिलबहादुरको बा विहानै घरबाट निस्कीएका थिए । परिवारको छाक टार्नका लागि गाउँलेको खरको छाना टाल्नलाई हिँडेका थिए, भैरवप्रसाद भट्ट र सेते रम्तेल । त्यति नै बेला रामप्रसाद र दिलबहादुर सँगै झोला बाकेर स्कुल हिँडेका थिए ।

पाले दाईले भर्खर हाफ छुट्टीको घण्टी बजााएका थिए । स्कुलमा हल्ला चलिसकेको थियो – प्रहरीले पाल्खुका विरबहादुर गुरुङ सरलाई पक्राउ गरेर चौकीतिर लादै छ रे । विरबहादुर अर्को स्कुल श्री सूर्यज्वति माविका शिक्षक थिए । जहाँ पुग्न जराङबाट एक घण्टा पैदल यात्रा गर्नुपथ्र्यो  ।

रामप्रसाद र दिलबहादुरले पनि हतार हतार ग्राउण्डको छेउमाम पुगेर हेरे । प्रहरीले विरबहादुरलाई घेरेर हिडाउँदै थियो । प्रहरीको पछि–पछि विद्यार्थी र गाउँलेहरु दौडदै थिए ।

शिक्षकले भने – ‘हामी पनि गएर छोडिदिन आग्रह गरौँ । छोडि पो हाल्छ की !’

त्यसपछि बर्मचार्य स्कुलका विद्यार्थी र शिक्षक पनि उतैतिर दौडिए । उनीहरुकै पछि लागे दिलबहादुर र रामप्रसाद । उनीहरु हुलमा भने मिसिएनन् । दुई गरा तल परालको टौँवा थियो । त्यसैमाथि बसेर रमिता हेरे । उनीहरुलाई रमिजस्तै लागेको थियो त्यो दृष्य ।

देशले भने अर्कै मोडा लिदै थियो । तत्कालिन नेकपा(माओवादी)ले फागुन १ गतेदेखि जनयुद्धको उद्घोष गरि हतियार भिरेर जंगल छिरेको थियो । १ गते नै रुकुम, रोल्पा र सिन्धुलीको प्रहरी चौकीमाथि धावा बोलिसकेको थियो । उनीहरुले १० बुँदे मागको पर्चा छर्दै भनिरहेका थिए, ‘राज्यसत्ता बन्दुकको नालमा टिकेको हुन्छ र त्यसलाई पल्टाउन बन्दुक नै उठाउनुपर्छ ।’ सामन्तिलाई सोत्तर पारेर जनताको जनवादी राज्यव्यवस्था स्थापना गर्छौँ भन्दै उनीहरुले द्वन्द्वको बाटो रोजेका थिए । र, राज्य माओवादीलाई तह लगाएरै छोड्ने मुडमा थियो ।

यसैको परिणति थियो –  विरबहादुर सरको पक्राउ ।

सोधपुछको लागि भन्दै गोर्खा लैजादै गरेको प्रहरीले जनताको विलौनालाई सुन्दै सुनेनन् । विरबहादुर सरलाई छोड्दै छोडेन ।

यही बीचमा आवाज आयो, ‘ठोक सालेहरुलाई ।’

दुई जनाले बन्दुक तेर्साए । रामप्रसादले सुने, ‘ड्याङ... ड्याङ... ।’

आवाज के सुनेका थिए, उनको पेट चिसो भयो – सियोले कोपेजस्तो । छामे । त्यहाँ त डुलो परिसकेको थियो । ढाडबाट पानी बगेजस्तो अनुभव भयो । छामे । त्यहाँ त झन ठूलो खेपिल्टा । हात हेरे – रगतले नुहाएजस्तो । त्यो सोँझिएको नालबाट आएको गोली त पेट दुलो पारेर पारि पगिसकेछ । रामप्रसाद बोल्दैछन्, ‘मैले कितवमा पढेको नालापानीको युद्ध सम्झे । म त्यही युद्धमा छु जस्तो लाग्यो । नालापानीमा जस्तै म पनि बाँच्छु भन्नेउ आशा जागेको थियो ।’

अनि रामप्रसाले साथीतर्फ आँखा सोझाए । डिलबहादुर बारिको डिलमा  थिएनन् । ढलेर काल्ला बीचको रुखमा अल्झीएका थिए । बन्दुकको नालबाट बत्तिदै आएको गोलि दिलबहादुरको छातीमा गाडिएको थियो । डिलबहादुरले भन्दै थिए, ‘मरे... मरे...’

रामप्रसाद बल्लतल्ल साथीलाई काल्लाबाट तल खसाले । अनि अफु पनि ढले । केहीछिनमै उनको पेटबाट आन्द्रा र लादि निस्कीए । गाउँलेहरुले उनलाई उठाएर स्वास्थ्य चौकी दौडाए ।

तर, गोलीको पीडाले छटपटाईरहेका दिलबहादुरलाई कसैले छोएनन् । किनकी दिलबहादुर दलित थिए, कथित अछुत थिए । र, मृत्युसँग लडिरहेको अछुतलाई छुनु पाप मानिन्थ्यो ।

बरु दिलबहादुरको परिवारलाई खोज्न हिँडे प्रत्यक्षदर्शी । दैनिक काम गरेर छाक टार्ने दिलबहादुरको परिवार श्रमको मैदानमा थियो । आफ्नो छोरासम्म आइपुग्न बा–आमालाई तीन घण्टाभन्दा बढी समय लाग्यो ।

दलित समुदाय जम्मा भएर करिव पाँच घण्टापछि दिलबहादुरलाई दिगाउँबाट सदरमुकामतर्फ हिडाइयो । मोटरबाट थिएन । हस्पीटल पनि टाढा । पीठ्युमा बोकिएका दिलबहादुरले हस्पीटल नपुग्दै स्वर्गको बाटो तय गरे । रामप्रसाद भन्छन्, ‘यदि समयमै उपचार पाएको भए दिलबहादुर पनि बाँच्थ्यो होला ।’

केही दिनमै माओवादी दिलबहादुरको घरमा आए र गर्भका साथ भने हाम्रो पहिलो वीर शहिद ! विचरा ती दिलबहादुर र उनको परिवारलाई के थाहा माओवादी भनेको के हो ?

०००

रामप्रसादलाई भने गोर्खामा पट्टी बाँधियो र एम्बुलेन्समा राखेर बीर अस्पताल ल्याईयो । रामप्रसाद भन्छन्, ‘कतिबेला होस आउथेँ र कतिबेला बेहोस थाहा नै पाउँथिन । तातोपानी मुखमा हाल्यो आन्द्राबाट निस्कीहाल्थ्यो । जे खाए पनि मैदाजस्तौ लाग्थ्यो ।’

यसरी काठमाडौंसम्म ल्याएर उपचार गर्ने ल्यायाक थिएन रामप्रसादको परिवारको । रामप्रसाद दुःख सुनाउँछन्, ‘हाम्रो त एक हजार निकाल्ने अवस्थामा पनि थिएन । विहान बेलुकी खान त मुस्लि थियो ।’ धन्न उनको मामा काठमाडौंमै थिए । बीर अस्पतालको सम्पूर्ण खर्च उनैले वेहोरे ।

बीर हस्पीटलमा उनको अप्रेशसन सफल भयो । २९ दिन हस्पीटल बसेर घर फिरे ।

घाउ पोलेर असैह्य हुन्थ्यो । कोल्टे परेर मात्र सुत्नुपर्ने । उनी रोई मात्रै रहन्थे । पीडाले खपिनसक्नु हुँदा पनि रामप्रसादले सोच्थे, ‘मलाई नै किन गोली हानेको होला ?’ तर, माओवादीले उनकै घरमा आएर घोषणा गरिसकेको थियो, ‘जनयुद्धको पहिलो घाइते ।’

विस्तारै रामप्रसाद स्कुल जाने थाले । गाउँ भयवित थियो । स्कुल उस्तै । यसरी भयवित की मानौ ढुंगा पनि माओवादी र पुलिसको त्रासमा छ ।

रामप्रसादल अर्को त्रासले सताएको थियो । पछाडिको घाउँ पाकेर पिप निस्कीएको थियो । स्कुलको साथीले पनि जिस्काउँथे, ‘यो त कुहिएर मर्छ ।’ उनलाई कुहिएर मर्न मन थिएन । त्यसैले एक महिनापछि उनको बुवाले बोकेर फेरि अस्पताल ल्याए । रामप्रसाद भन्छन्, ‘त्यतिबेला बीरले उपचार गर्न मानेन उसले त इमर्जेन्सी मात्र हेर्दो रहेछ । त्यसपछि हामी टिचिङ पुग्योँ ।’

अर्को दिन उनले पछाडि छाम्दा कपास भेटे । त्यसलाई ताने । घाउबाट त ठूलै कपास पो वाहिरियो । ‘अप्रेशन गर्दा भित्रै कपास छुटेको रहेछ’, रामप्रसाद थप खुल्छन्, ‘कपासले पो पाकेको रहेछ भनेर घर फर्कीयौँ । पछि आफै निको भयो ।’

तर, देशको अवस्था थप जटिल बन्दै गएको थियो । कहिले प्रहरी धम्क्याउँथे, कहिले माओवादी । सात कक्षासम्म त रामप्रसादले जेनतेन झेले । त्यसपछि भने पढाई छाडेर भारत पुगे । त्यतिबेलै हो उनले मोवाइल, घडी, रेडियो मर्मत गर्न सिकेको । द्वन्द्वले रामप्रसानको पढाईको हक मात्र खोसेन विस्थापित नै बनयो । रामप्रसाद भन्छन्, ‘त्यतिबेलासम्म प्राय विद्यार्थी लाखापाखा लागिसकेका थिए ।’

०००

०५४ सालमा भारत हिडेका रा ०५८ मा घर फर्कीए । त्यतिबेला माओवादीले साँखुकोट चौकीमा आक्रमण गरेको थियो । उनी केही दिन घर बसे र चितवनमा आएर घडी रेडियो बनाउने जागिर खाए ।

त्यसपछि निरन्तर यही पेसामा छन् रामप्रसाद । उनको देव्रे र दाहिने हरमा गोलीको छर्राले लागेको दाग छ । गह्रौ काम गर्न सक्दैनन् । बेला बेला पेन किलरको सहारा लिइरहनुपर्छ । भिडियो एक्सरे, अल्ट्रासाउन्ड गरिरहनुपर्छ ।

केही वर्षअघि भिडियो एक्सरे गर्दा आन्द्रामा समस्या छ भनेको थियो डाक्टरले । बढी नै दुख्ने, खाना आन्द्राबाटै नछिर्ने, खाए पनि नपच्ने समस्या भएपछि उनी पोखराको मेट्रो सिटी हस्पीटल पुगेका थिए । हस्पीटलले अप्रेशन गर्ने सल्लाह दिएको थियो । पछि उनी गण्डकी हस्पीटलमा पुगे । औषधीले नै निको भए ।

०००

अहिले परिस्थिति बद्लीएको छ । हिजो बन्दुक बोकेर जंगल पस्ने माओवादीले आज सत्ताको ट्रिगर समाएको छ । १० किलोको केट काटेर २३ औँ जनयुद्ध दिवस सेलेब्रेशन गरिसकेको छ । तर, उनीहरुले आज रामप्रसादलाई चिन्दैनन् । रामप्रसादले चिनेको सरकार भनेको – ४० हजार रुपैयाँ हो ।

त्यही ४० हजार लिदा पनि उनले अनके प्रश्नको सामना गर्नुप¥यो । गोलीको दागले प्रमाणित गरेन की उनी घाइते हुन् । कागजपत्रको लागि अनेक झमेला वेहोरे । भन्छन्, ‘त्यतिबेला हस्पीटलमा उपचार गरेको कागज निकाल्न सकिदैन ? हामीले भनेर त दिएनन् । प्रमाण नै भएन रे ।’


जनतालाई शोषणबाट मुक्त गर्ने भनिएको युद्धमा दिलबहादुरले ज्यान गुमाए । तर, जुनै शासन आए पनि दिलबहादुरको बुवाको गिटी कुट्ने पेसा फेरिएन । घरमा बुढा–बुढी मात्र छन् । अहिले पनि ज्यालादारीबाटै छाक टार्न परिरहेको छ । कहिलेकाँही रामप्रसाद पुग्दा खुइय सुस्केरा हाल्दै दिलबहादुरको बाबाले भन्छन्, ‘खै कान्छो छोरो भाएको भए त हेथ्र्यौ की ।’

‘म त आफुले गरेर खान सक्छु । कति जना अंगभंग भएर बसेका छन्, उनीहरुलाई पनि हेरेन सरकारले । नेताहरु चेयरमा मस्त छन्, विस्तारामा भएका घाइतेप्रति कुनै दृष्टिकोण नै दिन सकेनन्’, रामप्रसादको आक्रोस बोल्छन् ।

नोट : ६ माघ, २०७५ मा अनलाइनखवरमा प्रकाशित । 
Onlinekhabar link : https://www.onlinekhabar.com/2019/01/735238

Comments