- विश्वास खड्काथोकी
शनिवार । फुर्सद त हुँदैन तर अफिस विदा । मन त्यसै त्यसै हल्का ।
विहान अवेर उठेपछि भयो, ‘के गरौँ, के गरौँ ।’
होइन चिया खान निस्कौँ । मोटरसाइकल झिँके । वानेश्वर हुँदै वागमति करिडोर हुँइकिएँ ।
वहिनी चिया दिनु त ।
कुन चिया, ‘मसला टी, मड्का, रोयल, जस्मिन, रोज, मिन्ट........टी’, वहिनीले ८/१० वटा नाम लिइन्, खरर ।’ हुन पनि एक सय कुन्नी कति प्रकारका चिया पाइन्छन् रे यहाँ ।
‘रोयल टी खाऔँ’, धेरै नसोची बोलेँ ।
वहिनीले मेरो अघि विल राखिदिइन् – रु. १५० ।
पैसा बुझाएर बस्न हिड्दै थिएँ । कालो खम्वामा सेतो चकले लेखेको एउटा कोटेशनमा आँखा ठोक्कीयो, ‘केही मिठो वात गर, वाइफाइ त घरमै होला ।’
मिठा वात गर्न त साथी पनि हुनुपर्यो नी ! र्याकमा पत्रिका सजाइएको थियो । पत्रिका चार–चार पीस, तर नाम एउटै – कान्तिपुर । एउटै नामको चार वटा पत्रिका हुनु भन्दा त पत्रिका पनि चार प्रकारका राख्नुपर्ने नी ! चिया जस्तै । यति सोच्दै एउटा कान्तिपुर थुतेँ ।
यसो हेरेँ – कहाँ बस्ने ? जाडो छ घाममा बस्ने नी !
थोत्रो होचो काठको मुढा – कुर्ची । थोत्रो साइकल । साइकलको ब्याक सिटमा छोटो चारपाटे काठको फल्याक – टेबल । आम्बाको बोटमा साइकल अडेको छ । फेरि अम्बाका बोटमा झुण्डीएका थोत्रा टोपी, बोटल, घण्टी के के, के के । म बसेँ । थोत्रा चीजलाई पनि राख्ने कला हुनुपर्छ, बहुत सुन्दर देखिन्छ ।
मेरो ठिक पछाडि प्लास्टिको दुवोमाथि थात्रो टिभी राखिएको छ । जुन चिया राख्ने टेवल हो । बस्नको लागि बेतको होचो कुर्सी छ । र, माथि हेरेँ । थोत्रो केट्लीमुनि विजुलीको बल्व बलिरहेछ ।
अब पत्रिका पल्टाएँ । व्यानर न्युजले ध्यान खिच्यो । पढेँ, ‘म छाउपडी पत्रकार ।’
घण्टी बज्यो । चिया लिन उठेँ । अनि एउटा फोटो लिएँ । मलाई यसो गर्न मन लाग्यो, यसै गरेँ । अनि भिडियो लिएँ । र, घामसँगै चियाँ लिएँ – सुरुप्प । यस्तै यस्तै ग्लासमा वाइन खाएको थिएँ । आज चिया खाएँ ।
चियाँ त चिया नै हो । तर, यहाँ अनेक चीज छ । किसमिस, ल्वाङ, सुकमेल, काजु, पिनोट्स... यसमा अरु के के छन् ? म आफै जान्दिनँ । त्यो बुझ्ना आवश्यक ठानिनँ । कोसेलीमा आँखा दौडाएँ । पढे, ‘रविशकुमार, खगेन्द्र सग्रौला ।’
कति पढ्नु ? साइकल टेवलको मोवाइल उठाएँ, सामसुङ नोट खोले र ब्लग लेख्न शुरु गरेँ ।
केही समय अघि पनि आएको थिएँ यहाँ । यति प्रकारका चिया पाइन्छन् रे । सुन्दा दंग परेको थिएँ – चिया पनि यति धेरै हुन्छन् र ! गएर मसला टी लिएपछि लागेको थियो – हुँदा रहेछन् त ।
यो चिया पसलले सृजनशिलता सिकाउँछ । मैले सिके वा सिकिनँ त्यो अर्को कुरा भयो । तर, मनमा लागेको कुरा, ‘देशमा काम गर्न के समस्या छ । चीज त्यही हो, वस, गर्ने ढंग फरक पार न । पार लागिहाल्छ ।’ नपत्याए हेर्नुस् त म जहाँ बसिरहेको छु – चियावाला ।
प्रीच रोड अघि फोर बाग्मती दौडिरहेको छ । मलाई त्यो वागमती भन्दा यही चियावालामै रस छ । कोही काठका विग्रीएका जस्ता कुर्सी छन् । जहाँ मानिसहरु बसिरहेका छन् । चियासँगै चुरोट पनि तानिरहेका छन् । स्ट्रे पनि अनेक ढंगका । टिनको भित्ता छ तर, त्यहाँ पेन्टिङ छ – एउटा वालिका झ्यालबाट चियाइरहेको । एउटा भित्तामा बुढी आमाले चिया खनाइरहेको पेन्टिङ छ । उस्तै गजव । एक गिलास चियाको छेउमा लेखिएको छ – मेरो खुशी चिया । बालकोटी जाने घुमाउरो रेलिङ । रेलिङमाथि अडाइएको छ साइकल । र दोस्रो तलमा कुर्सीमा होमा भुँइमा बसेर चिया खानुपर्छ ।
चियाको अर्को सुरुप लिएँ । अनि सोचेँ, ‘सृजनशिलता जहाँ पनि देखाउन सकिन्छ । मात्र सोंच चाहिन्छ । मात्र हेर्ने फरक आँखा चाहिन्छ ।
चिया सकियो । हातमा घडी नबाधेको धेरै भयो । मोवइल मै हेरेँ, ‘यति बेला दिउसोको ठिक १२ बजेर ११ मिनेट गएको छ ।’
शनिवार । फुर्सद त हुँदैन तर अफिस विदा । मन त्यसै त्यसै हल्का ।
विहान अवेर उठेपछि भयो, ‘के गरौँ, के गरौँ ।’
होइन चिया खान निस्कौँ । मोटरसाइकल झिँके । वानेश्वर हुँदै वागमति करिडोर हुँइकिएँ ।
वहिनी चिया दिनु त ।
कुन चिया, ‘मसला टी, मड्का, रोयल, जस्मिन, रोज, मिन्ट........टी’, वहिनीले ८/१० वटा नाम लिइन्, खरर ।’ हुन पनि एक सय कुन्नी कति प्रकारका चिया पाइन्छन् रे यहाँ ।
‘रोयल टी खाऔँ’, धेरै नसोची बोलेँ ।
पैसा बुझाएर बस्न हिड्दै थिएँ । कालो खम्वामा सेतो चकले लेखेको एउटा कोटेशनमा आँखा ठोक्कीयो, ‘केही मिठो वात गर, वाइफाइ त घरमै होला ।’
मिठा वात गर्न त साथी पनि हुनुपर्यो नी ! र्याकमा पत्रिका सजाइएको थियो । पत्रिका चार–चार पीस, तर नाम एउटै – कान्तिपुर । एउटै नामको चार वटा पत्रिका हुनु भन्दा त पत्रिका पनि चार प्रकारका राख्नुपर्ने नी ! चिया जस्तै । यति सोच्दै एउटा कान्तिपुर थुतेँ ।
यसो हेरेँ – कहाँ बस्ने ? जाडो छ घाममा बस्ने नी !
अब पत्रिका पल्टाएँ । व्यानर न्युजले ध्यान खिच्यो । पढेँ, ‘म छाउपडी पत्रकार ।’
घण्टी बज्यो । चिया लिन उठेँ । अनि एउटा फोटो लिएँ । मलाई यसो गर्न मन लाग्यो, यसै गरेँ । अनि भिडियो लिएँ । र, घामसँगै चियाँ लिएँ – सुरुप्प । यस्तै यस्तै ग्लासमा वाइन खाएको थिएँ । आज चिया खाएँ ।
चियाँ त चिया नै हो । तर, यहाँ अनेक चीज छ । किसमिस, ल्वाङ, सुकमेल, काजु, पिनोट्स... यसमा अरु के के छन् ? म आफै जान्दिनँ । त्यो बुझ्ना आवश्यक ठानिनँ । कोसेलीमा आँखा दौडाएँ । पढे, ‘रविशकुमार, खगेन्द्र सग्रौला ।’
कति पढ्नु ? साइकल टेवलको मोवाइल उठाएँ, सामसुङ नोट खोले र ब्लग लेख्न शुरु गरेँ ।
केही समय अघि पनि आएको थिएँ यहाँ । यति प्रकारका चिया पाइन्छन् रे । सुन्दा दंग परेको थिएँ – चिया पनि यति धेरै हुन्छन् र ! गएर मसला टी लिएपछि लागेको थियो – हुँदा रहेछन् त ।
यो चिया पसलले सृजनशिलता सिकाउँछ । मैले सिके वा सिकिनँ त्यो अर्को कुरा भयो । तर, मनमा लागेको कुरा, ‘देशमा काम गर्न के समस्या छ । चीज त्यही हो, वस, गर्ने ढंग फरक पार न । पार लागिहाल्छ ।’ नपत्याए हेर्नुस् त म जहाँ बसिरहेको छु – चियावाला ।
चियाका प्रकारहरु । |
चियाको अर्को सुरुप लिएँ । अनि सोचेँ, ‘सृजनशिलता जहाँ पनि देखाउन सकिन्छ । मात्र सोंच चाहिन्छ । मात्र हेर्ने फरक आँखा चाहिन्छ ।
चिया सकियो । हातमा घडी नबाधेको धेरै भयो । मोवइल मै हेरेँ, ‘यति बेला दिउसोको ठिक १२ बजेर ११ मिनेट गएको छ ।’
Comments
Post a Comment