विश्वास खड्काथोकी
रामदेवी श्रेष्ठ एउटा यस्तो कथा हुन् । जसको शुरु र मध्य निकै रोमाञ्चक छ । तर, त्यसपछि कठिन्, झन् कठिन=== ।
उनले आमाको घर-बृद्धाआश्रम_को चौथो तलामा लठ्ठीको साहाराले बेलाबखत लो–बेडबाट बल्ल तल्ल उठिर जव पट्यारलाग्दो गरि एक एक पाइला सार्छिन्, लाग्छ उनको उसरीनै सकसपूर्ण जिन्दगीको यात्रा अघि बढिरहेछ ।
अहिले देख्दा पट्याउन गाह्रो पर्छ की कुनै दिन उनको सुन्दरतामा मोहित हुनेको लर्को थियो, चार तले आलिसान घर थियो, सुनका गहना मात्र होइन चुरा र क्लीप पनि सुनकै लगाउँथिन् । र, राजा महेन्द्रले फोन गर्नसाथ दौडेर नारायणहिटी पुगी राजाको सवारी हाक्थीन् र बक्सीस-पैसा_ बोकेर फर्कन्थिन् । तर, उनको जीवनको चर्खा यस्तो रहस्यमय तरिकाले घुम्यो की आज बृद्धाआश्रममा ल्याएर फ्याकीदियो । धेरैले भनेजस्तै साँच्चीकै जीवन सप्तरंगी हो भने उनी जीवनको निकै फिक्क रङको अनुभुती गर्दैछिन् ।
१०२ वर्षसम्म आइपुग्दा उनले बुझेको जिन्दगी हो, ‘जीवन केही छैन, सन्तकी सदा सुखी, असन्तकी सदा दुःखी ।’ हो, रामदेवी अहिले कसैले ल्याइदिएको एक बोटल चिनी र हर्लीक्समै सन्तक छिन्, जुन उनको निकै फेफरेट हो । गहभरी आँशु पार्दै भन्छिन्, ‘अहिले मसँग एक पैसा छैन । तर, केही फिक्री छैन । भगवान मलाई लैजाने भए खुत्रुक्क लैजाउँ, कुनै शास्ती नदेउ । यति भए पुग्छ मलाई ।’
०००
निसन्तान रामदेवी ७० वर्ष हुँदा ७२ वर्षिय श्रीमान श्रीमान कृष्णदास श्रेष्ठको निधन भयो । मृत्यूको शैयामा छटपटाइरहेका श्रीमानले रामदेवीलाई भनेका थिए, ‘म जान्छु अब । भकारीमा टन्न चामल छ । घर छ । बेला बेला असामीको पैसा पनि आउँछ । तिमीलाई केही दुःख हुँदैन । राम्ररी बस्नु ।’
रामदेवीले पतिस्नेह गुमाएको त्यस्तै पाँच छ वर्ष भएको थियो । आफ्नै घरका एक डेरावालले एक दिन हातमा तम्सुक बोकेर आए र रामदेवीलाई लेप्चे लगाउन कर गरे । ७५ वर्षीया रामादेवीले जव त्यो ल्याप्चे लगाइन अनि उनी रोडमा पुगिन् । ती डेरावालले त नौ लाखमा घर बेचीदिएछन् । र, रामदेवी हातमा एक लाख बोकेर ठिहीटिको घर सम्पत्ती छोडी श्रीमानको वाहीनी ज्वाइ देउपाटका आनन्द फोटोग्राफकहाँ पुगिन् । उनले ज्वाइसँग विलौना गरिन्, ‘हेर्नुस् त ज्वाइ किन यस्तो गरेको <’ ज्वाइले उत्तर दिए, …अव झगडा गरेर के गर्नु फेरि त्यही पैसा पनि गुम्छ ।’ रामदेवी चुप लागिन् ।
रामदेवीको उमेरले सतक छुदै थियो । घरमा एक सेट नयाँ ओच्छ्यान तयार पार्दै गरेको देखिन् । रामदेवीले सोधिन्, ‘किन सिएको यो सिरक <’ ज्वाइले यतिमात्र जवाफ दिए, ‘काम छ ।’ तर, केही दिनपछि ओच्छ्यान बोकेर ज्वाईले भने, …जाऔँ घुम्न ।’ पछि पछि लागेकी रामदेवी दिलशोभा श्रेष्ठको ‘आमाको घर’मा आईपुगिन् । त्यो सिरक उनको छेउमा अस्तब्यस्त छ र पछाडि कपडा पाको पारेको ठूलो बोरा छ । त्यही बोराबाट सारी झिकेर जवरजस्त पहिरिन्छिन् उनी ।
![]() |
रामदेवीसँग लेखक । |
यी सब हुदा पनि कुनै मानिसप्रति रामदेवीको गुनासो छैन, ‘खाओस् केही छैन । ज्वाइहरुलाई पनि म मन पर्न छाडेछ, अनि फालिदियो । मैले भनेर हुन्छ त <’
०००
रामदेवीको दाँत झरे नयाँ दाँत उमिसके । मासु खादा तीन नयाँ दात पनि भाँचिए । एक सताप्दीको अनुभव बटुलेकी रामदेवीको अघिका दुई बुढो दाँत बाँकी छ । यो उमेरमा उनी राम्रोसँग पाइला सार्न त सक्दिनन तर, वोली निकै टाँठो छ । बुढो भएपछि स्मरण निकै कमजोर भएर जान्छ भन्ने बैज्ञानिक अनुसन्धान उनको लागि त्यति मेल खादैन । जव कुनै प्रश्न गरिन्छ अनि चुराले भरिएको हात उठाउँछिन् र खुलेर हाँस्दै विगत सुनाउन थाल्छिन् ।
रामदेवीका बुवा राज बैद्य हुन् । यसअर्थ उनको जन्म एक कुलिन घरमा भयो । तर, उनका बुवाका तीन श्रीमति थिए । जेठी श्रीमतिको ६ छोरीमध्येकी एक हुन् रामदेवी । कान्छि पट्टी एक छोरा थिए । तर, भाई बुहारी स्वयम्भुमा बस्छन् भन्ने मात्र थाहा छ उनलाई । भेट नभएको वर्ष अंकमा गनेर भ्याउदिनिन् उनी ।
राजाबाट बक्सीसमा आएको गाडि थियो रामदेवीको बुवाको । ड्राइभरलाई फकाएर उनले गाडि चलाउन सिकिन् । अनि एक दिन राजाकहाँ पुगिन् र खुट्टामा दाम राखेक ढोग गर्दै भनिन्, …सरकार मनलाई गाडि चलाउन आउँछ । म हजुरको गाडि चलाउन सक्छु ।’ ‘त्यतिबेला राजा मज्जाले हाँसिबक्यो । निकै खुशि होइबक्स्यो । धेरै राम्रो भन्दै जागिर दिबक्सीयो’, रामदेवी पनि दिल खोलेर हाँस्छिन् । उनको श्रीमान पनि राजाकै ड्राइभर झन् गज्जव ।
०००
रामदेवी राणाशासन कालमा हुर्किन् । राणाहरुको क्रुरतालाई नजिकसँग अनुभुत गरिन् । आज राजतन्त्र इतिहास भइसकेको छ । तर, उनको दिमागबाट राजाहरु दयालु हुन्छन् भन्ने छाप अहिले पनि उस्तै छ ।
ठहिटीमा उनको लामो चार तले घर थियो, झंगटिले छाएको । उनको बाबाको भनौँ न । तर, बाबासँग कहिलेकाँही राजदरवार पुग्थिन् र राजपरिवारले बक्सीस दिएको चादी, तामाका सिक्का(पैसा) झोलाभरी बोकेर फर्किन्थिन् । कहिलेकाँही साथीहरु बटुलेर घरमै खेल्थिन् । किनभने खुलेर हिड्दा केटीहरुलाई चर्को पथ्र्यौ । ‘राणाहरु खराव थिए’, रामदेवी राणाहरुको स्मरण गर्छिन्, ‘राणहरुलाई राम्रो तरुनी देख्यो भने लिनै पथ्र्यौ । उनीहरुले राती तरुनी लिन पठाउँथे ।’
त्यस्तै १५ वर्षको हुँदा रामदेवी पनि राणाको निशानामा परेकी थिइन् । रमादेवी डराएजसरी सास सासमा बोल्छिन्, ‘धोविचौरका राणाहरु खराव थियो । मलाई पनि लिन पठायो । म कोठामा ढोका लगाएर बसेँ । चारदिनसम्म खोल्दै खोलिन । त्यहीँ खाएँ, दिसा पिसाव पनि कोठामै गरेँ । धन्न खाने कुरा थियो ।’
१७९७ सालको अर्को घटनाले अहिले पनि त्रस्ट बनाउँछ रामदेवीलाई । जतिबेला शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगलाल र दशरथ चन्दलाई राणाहरुले गोली ठोकेर र झुण्ड्याएर हत्या गरेक थिए । रामदेवी जिव्रो टोक्छिन्, …अमा त्यतिबेला उनीहरुलाई टुडिखेलमा ल्याए । र, बसै घरधनीलाई झ्याल ढोका बन्द गर्न भने । अनि गोलि ठोकेर मारे । कसैलाई अर्को ठाउँ लगेर भुण्डाए । उनीहरुले ठोक गोली भनेर छाती खोल्ने रे ।’ उनी रोकिदैनिन्, ‘राजाको विरोध गरेपछि त मार्छन् नी ! होइन हजुर ।’ तर, रामदेवीलाई के थाहा जनताको स्वतन्त्रताका निम्ति उनीहरुले आफ्नो प्राण आहुती दिए र अन्यायको निम्ति प्रतिकार गर्न सिकाए भन्ने कुरा ।
यस्तो जर्जरताबीच पनि स्कुल भने जान थालिन्, रामदेवी । उनकै शब्दमा भन्ने हो भने सर्टिफिकेट नभए पनि चार किलास पास गरेकी छिन् उनले । तर, महिलालाई पढ्न कहाँ त्यति सहज थियो र ? ‘स्कुलको नाम विर्सेँ तर, मखन महादेवको मन्दिर अगाडि लामो स्कुल थियो,’ भन्दै जान्छिन्, …तर, स्कुल हिड्दा किताव लुकाउनुपथ्र्यौ । नत्र बाटामा बसेकाहरुले भन्थे, उ बेश्या हुन हिड्यौ ।’ केटिले पढेपछि बेश्या भइन्थ्यो त्यतिबेला ।
०००
जव रामदेवीले राजाको सवमरी हाक्न थालिन् । दरवारसँग अझ नजिक भईन रामदेवी । नजिकबाट राजपरिवारको दैनिकी नियालिन् । ‘राजाहरु पछाडिको सिटमाब स्नुहुन्थ्यो । म गाडि चलाउथेँ,’ रामदेवी सवारी अनुभव छ, ‘राजाको सवारीमा मैले चलाउने गर्थेँ । कहिले सूर्यविनायक, दक्षिणकाली, गुहेश्वरी, कहिले पशुपति सवारी हुन्थ्यो । प्राय टुडिखेलको परेडमा सवारी हुन्थ्यो । म मनकामनासम्म पुगेको छु । मनकामनामा त हामी एक रात बसेर फर्केका हौँ । ख्यालठट्टा गर्न माहिर हुनुहुन्थ्यो महेन्द्र सरकार ।’
राजाले काम चाही के के गर्थे <
रामदेवीको उत्तर साधारण छ, …राजाको के काम हुन्छ र ? सबै सुसारेले गरिहाल्छन् ।’ तर, रामदेवीले बेला बेला राजा क्यारेमबोर्ड र बागचाल खेलेको देखेकी छिन्, कहिले राणा, सााथीहरुसँग, कहिले रानीसँग । र, बेला बेला बन्दुक बोकेर सिकार खेल्न गएको पनि देखेकी छिन् । खुलेर हाँदै भन्छिन्, …कहिले नागार्जुन, कहिले सूर्यविनायक कहिले दक्षिणकालीमा सिकार खेल्न गइसिन्थ्यो । अनि बेलुकी परिवार मात्र होयन जागिरेलााई पनि ख्वाइसिन्थ्यो । हामीले पनि पाउँथ्यौँ ।’
राजाको दैनिकीसँग जानकार छिन् रामदेवी, ‘विहानैदेखि दरवारमा चाकडीको भीड लाग्थ्यो । पहिला खुट्टामा दाम चढाएर दर्शन गर्नुपथ्र्यो त्यतिबेला । र, राती सँधै गीत बज्थ्यो । ओस्दातहरु आएर दरवारमा गीत गाउँथे । त्यतिबेला कति रमाइलो हगी <’ कतिपय प्रश्नहरु उत्तरको आस नभएर पनि गरिदो रहेछ । त्यस्तै गरिन राामदेवी ।
त्यतिबेला रामदेवीलाई नपुग्दो केही थिएन । गुच्चा खेल्दाखेल्दै लभ परेका कृष्णदास श्रेष्ठसँग विहे गरेकी थिइन् । बेलाबेला राजाले दिने बकसबाट झिंगटीको छाना फालेर जस्ताले छाएकी थिइन् । रामायण गीत पढ्थीन् र माघ महिनामा कथा सुनाउँथिन् । घरमा जम्मा भएका सबैलाई टन्न खुवाएर पठाउँथिन् । शरिरभरी सुनका गहना थिए । …मैले ट्याक्सी पनि बकस पाएको थिएँ । ५५ लम्मरको ट्यााक्सी’, उनको सम्झना बोल्छ, …छानी छानी लगाइयो, गहना पनि डिजाइन गरिगरि लगाइयो । मिठो मिठो खाइयो । धोका भन्ने केही बाँकी छैन जीवनमा ।’ यसो भन्दा सेतै फुलेको थाइकट बालमुनिको आँखा रसाउँछ रामदेवीको । अनि मैला परेको सेतो स्वीटरले आँखा पुच्छिन् । हातमा गिलास समाएर चम्चा खेलाइरहेकी छिन् । जहाँ चिनी, हर्लिक्स र चिया छ । त्यो चियालाई बेला बेला चम्चाले मुखसम्म लैजान्छिन् । तर, जीवनका दुर्लव भोगाईहरु बोलेर थाक्दिनिन् रामदेवी । सुनाइरहेछिन्ः
‘राजाहरु निकै दयालु हुन्थे । दशैँमा दाम चढाएर ढोगेजतिलाई पैसा दिन्थे । सबैलाई माया गर्थे । जसलाई उसैलाई सरकार भन्थ्यौँ हामी । उहाँहरु मज्जाले हास्नुहुन्थ्यो ।’
बोल्दाबोल्दै कहाँ कहाँ पुग्छिन् रामदेवी, ‘कुमारी तान्ने दिन राजाले मन पराएको केटिलाई डोली लिएर पठाउँथे । कति जान्थे, कति जान्नथे । गएकाहरु रातभरी बसेर फर्कन्थे । थुप्रै पैसा पाउँथे ।’ रोमाञ्चक कुरा गर्दा गर्दै गम्भीर कुरा उप्काइन् रमादेवीले । ‘त्यतिबेला राजाको कसैसँग केही खतपत थियो होला । एउटा कोठा भरि नांगो टार बिच्छाएका रहेछन्, महेन्द्र सरकारलाई मार्न । यो कुरा राजालाई कसैले भनिदिएछ । मैले पनि थाहा पाएँ । पछि तार विच्छाएको मानिसलाई लिएर जिव्रोमा करेन्ट लगाई मारिदिएछन् । मन दुखाउनेहरुलाई दरवारभित्रै मारिदिन्थे । हामीले बन्दुकको आवाज मात्र सुन्थ्यौँ ।’
![]() |
अनलाइनखवरमा फिचर प्रकाशन भएपछि कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह रामदेवीलाई भेट्न पुगेका थिए । |
रामदेवीले करिव २० वर्ष राजा महेन्द्रको गाडि हाकिन् । बेला बखत । किनकी तालिमप्राप्त राजपरियाहरु पनि हुन्थे राजाको गाडि हाक्ने । महेन्द्रले डाइभर्नी बनेर बोलाउथे रामदेवीलाई । राजाहरुप्रति उनको खास गुसो छैन । त्यसैले भन्छिन्, ‘महेन्द्र सरकार मर्दा म कति रोएको थिएँ । कति दिन त खाना नै खाईन ।’
महेन्द्र नरहे पनि उनको पति त ज्यूदै थिएँ । खुव माया गर्थे । तर, श्रीमानको पनि मृत्यू भएपछि उनी झन् झन् वेशाहारा बन्दै गइन् । अहिले त उनलाई भेट्न जानेहरुपनि कोही छैनिन् । कोठाको चार दिवारमा कैद रामदेवी वाहिरी संसारबारे बेखवर छिन् । बह पोख्छिन्, ‘ज्वाइ, नाती नातीना हुहुहुन्छ खै दशैमा पनि भेट्न आउनुभएन । गणेशमानको श्रीमति र म साथी थियौँ । त्यो प्रकाशमानले मसँग भात खाइरहन्थ्यो । उ पनि आउँदैन । एक चोटी भेट्न पठाइदिनु है उसलाई <’
उनलाई बृद्धाभट्टले भने राहत दिएको छ । खुशी हुँदै भन्छिन्, …मैले पहिलो पटकबाटै बृद्धाभट्ट लिएको हुँ । मनमोहनले फोन गरेर आमा लिन आउनुस भनेर बोलाउनुभयो । मलाई यसैले खान पुगेको छ, आनन्द छ ।’
०००
उनको जीवनमा धेरै परिवर्तन अए । कहिले बाडल लाग्यो, कहिले झरी प¥यो, कहिले भुकम्प आयो । तर, उनको एउटा कुरा फेरिएको छैन । अहिले पनि कथा सुनाउँछिन्, श्लोक भन्छिन् । दिलशोभासहित धेरै बृद्धाहरु वरिपरि बसेर सुन्छन् । उनको दिव्यमन्त्र छ, ‘जिन्दगीमा सबैलाई माया, दया गर्नुपर्छ । तपाई सानो जात, म ठूलो जात, तपाइ पैसा हुने म गरिव भन्ने दिमाग कहिल्यै गर्नु हुँदैन ।’ र, उनले हर समय सम्झन्छिन्, ‘श्रीमान कृष्णदासले आफ्नै घरको कौशीमा बसेर गीत गााइरहेको ।’
२०७५ असोज १४ गते www.onlinekhabar.com मा प्रकाशित ।
onlinekhabar link : https://www.onlinekhabar.com/2018/09/710243
Comments
Post a Comment