केपी ओलीसँगै जेल बसेका सानोदुर्गा सुकुम्बासी !

– विश्वास खड्काथोकी

भन्छन् नी, मानिसलाई माया–ममताले बचाउँछ । पैसा, धन सम्पत्तिले अभाव विर्साउँछ, उर्जा थप्छ । र, एकाएक बाँच्ने चाहना डब्लाउदै जान्छ ।

तर, सानुदुर्गा अधिकारीको जीवनले यो मानकलाई गलत सावित गरिदिन्छ ।

सनुदुर्गा अहिले ६९ वर्ष ठूला भए । यो उमेरसम्म उनी ठम्ठम्ती उभिएको आफन्तको माया जालमा परेर होइन । न त धन सम्पत्तिको करामतले नै हो ।

उनले पैसालाई नै पच्छाएका भए !

कहाँ सामत्तलाई थुन्क्याउन पुग्न सक्थे । कहाँ गोलघरको काल कोठरीका काला दिनहरु हाँसी हाँसी विताउँन सक्थे । कहाँ आँखाको ज्वति गुमाएकी आमालाई छोडेर १७÷१७ वर्ष जेलमा विताउन सक्थे । त्यो पनि कठोर यातनासँग मुकाविला गरेर ।

सानु दुर्गाको जीवनले त भन्छ – विचारले मानिसलाई बलियो बनाउँछ । बाँच्ने आयतन बढाउँछ । र, आफ्नै जीवनलाई सबैभन्दा सुन्दर देख्न सिकाउँछ ।



यदि आज पनि उनलाई विचारले नियन्त्रण गर्थेन भने ! सायद, आत्महत्याको मनस्थितिमा पुग्थे उनी ।

यो किनभने उनीसँग आफ्नो जमिन छैन । ऐलानी जग्गामा सानो टिनको टहरा छ । टिनबाट पानी चुहिन्छ, भुइबाट पानी उम्रिन्छ । सानो दुर्गा दम्पत्तिलाई विहानबेलुकी छाक टार्न सकस छ ।

र, पनि सुविस्ताको सास फेरिरहेका छन् सानो दुर्गा । झापा विद्रोहका एक योद्धा सानोदुर्गाको मनमा एउटा थकथकी चाही छ, ‘कम्तिमा एउटा घर बने त बुढेसकालमा पानीमा भिजेर सुत्न पर्दैन्थ्यो ।’

गोलघरको काल कोठरीमा सँगै बसेका केपीको हातमा अहिले सत्ताको स्टेरिङ छ । केपी–सानोबाबु जेलमा सँगै खाए, बहस गरे, दुःख सुख साटे । कहिले हाँसो ठट्टा पनि गरे । तर, आजको सानोबाबुको दुःख केपी ओलीको पावरवाला चस्माले देख्न सकेको छैन ।

०००

फापाको होक्सेमा थियो थियो सानोदुर्गाको घर । देशमा पञ्चायत शासन थियो । र, गाउँ मुखिया र थली प्रथाले आक्रान्त । मुखिया मजारौँ वर्ष पुरानो प्रथा र थरी राणाकालिन ।

सात सालको क्रान्तिले पनि थरिको जरो उखेल्न सकेको थिएन  । १७ सालपछि पञ्चायतको सारथी बन्दै थरी झन् मौलायो – थरी ।

मुखियाको विघौ विघा जमीन हुन्थे । गाउँभरिका मानिसहरु उनीहरुको खेतमा निशुल्क काम गर्न पुग्नुपथ्र्यौ । काममा नपुगेकालाई घरमै पुगि कपालमा समाएर भित्र बाहिर गराउथे, मुखियाहरु । मुखियाको घरभित्रको काम पनि गाउलेले नै गरिदिनुपर्ने, कपडा धोइदिनुपर्ने, भाँडा माझीदिनुपर्ने, मुखियाको परिवारलाई मालिस गरिदिनुपर्ने, ... ।

विश्वास खड्काथोकी
मुखियाको अत्याचार यतिमै सिमित थिएन । जसको छोरी मन प¥यो उसैको घरमा पसेर बलत्कार गर्थे । काम गर्न नआउनेलाई मुखियाकै मण्डलेहरुले मारिदिन्थे पनि । तर, उनीहरुको लागि कुनै कानून बनेको थिएन ।

सानुदुर्गाको गाउँका नामुद मुखिया थिए – चन्द्रकान्त भट्राई । उनका आठ भाईले गाउँमा रडाको मच्चाउँथे ।

उता पञ्चायतको व्यवस्था उस्तै । वल्लो–पल्लो घरका चार जना जम्मा भएर कुरा गर्नसमेत पाइदैन्थ्यो । संगठन खोल्न बन्देज थियो । राजनीतिक दलहरु निलम्बनमा थिए ।

चेत आएदेखि नै यी सव देखि–भोगी रहेका थिए सानोबावु । सानो बाबु पाँच वर्षको छदै उनको आमाको आँखाको ज्योति गुम्यो । ८ वर्षमा बाबाले छाडेर गए । यी दुई घटना हो, जसले उनलाई स्कुलको दैलो टेक्न बन्देज गरिदियो । एकातिर उनको जीवन चल्न मुस्किल थियो  । अर्कोतर्फ उनलाई लाग्दै थियो – ‘गाउँमा जे भइरहेको छ, ठिक भइरहेको छैन । समाजलाई परिवर्तनको खाँचो छ ।’

वि.सं २०२७ । सानुबाबु १७ वर्ष भए ।

त्यति बेला सानो दुर्गाले कम्युनिष्ट पार्टीबारे खासखुस सुन्दै थिए । चर्को बोल्ने मौसम थिएन त्यो । खासखुस उनको कानसम्म आइपुग्यो, ‘कम्युनिष्टले मात्र यो व्यवस्थालाई पल्टाउन सक्छ । सामन्तबादविरोधी व्यवस्था जनबादी नै हो । सामन्तीहरुको काल एक मात्र कम्युनिष्ट हो ।’ यस्तो हावा झापा विद्रोहको थियो । जसलाई सीपि मैनालीले हाँकेका थिए ।

काँचै उमेरका सानुवावुलाई यस्तो खासखुसले नराम्ररी झक्झक्यायो । उनी झापा जिल्ला संगठन कमिटी नेकपाको सम्पर्कमा पुगे । त्यसपछि केही पुस्तक र वाम प्रशिक्षणले उनको रगत उमाल्यो । परिणाम २७ सालदेखि नै उनी पूर्णकालिन कम्युनिष्ट कार्यकर्ता भए । खुकुरी भीरेर भूमिकगत भए । जीवनमा थुप्रै बाटोहरुमध्ये उनले काँडाको बाटो रोजे । जति बेला उनीसँग १८ वर्षिय जोश थियो ।

०००

भूमिगत कालमा एउट त जमिनदारका मण्डले कुन्डलेहरुसँग जोगिनुपथ्र्यौ, अर्को पञ्चायति सत्तासँग । उनीहरुको नजरबाट फुत्कन निकै मुस्किल थियो ।

सानो वावुहरु दुई÷तीन जना भएर हिड्थे । कहिलेकाँही जंगलमै बास हुन्थ्यो । प्राय गाउँको बाटो हिड्दैन्थे । खोला खोल्साबाट मान्छेहरु छलेर हिड्नुपथ्र्यौ । सानुबाबु भूमिगत समय सम्झदैछन्, ‘प्राय रातको समय हिड्थ्यौँ । जता अन्धकार छ त्यहीँ बाटोबाट हिड्नुपथ्र्यौ । जतिबेला पानी दर्किन्छ त्यतिबेला नै हिड्नुपथ्र्यौ । बत्ति त परको कुरा जुनको उज्यालोमा पनि हिड्नु हुँदैनथ्यो ।’

उनीहरुको न खानाको ठेगान थियो, न बस्नको । ‘कहिलेकाँही हिड्दा हिड्दै तीन दिन पनि वित्थ्यो’ सानो वावु सम्झदैछन्, ‘बसिरहेको गाउँका बस्ने अनुकुलता छैन भन्ने थाहा पाउनसाथ उठेर अर्को गाउँ पुग्नुपथ्र्यौ ।’ यसरी नै उनीहरु जनताको झुपडीमा पुग्थे र माक्सवादी दर्शनको प्रचार गर्थे । कम्युनिष्ट सरकारको नीति कार्यक्रम सुनाउँथे ।

खास गरि झापा विद्रोह जमिनदारको टाउको काट्ने अभियानको रुपमा प्रचलित थियो । ‘सामन्तीहरुले जनतालाई भेडाबाख्राभन्दा पनि कमजोर ठान्थे । हाम्रो खास अभियान अत्याचारको विरुद्धमा जंग तयार गर्नु थियो’, सानुवावुले यो उमेरमा पनि बडो जोसका साथ बोल्छन् – ‘सबैलाई काट्ने त होइन । एक÷ दुई जना सामन्तलाई ढाल्यौँ पनि । एक दुई जना टुक्रा टुक्रा पनि भए ।’

जमिनदारले घुमाएका मण्डले कुण्डले र पुलिसको गस्तीबाट बच्न उनीहरु मुस्किल थियो । सानो दुर्गा बोल्दा बोल्दै ठूलो सास फेर्छन्, ‘हामी त कठिन ढंगले मात्र बाँचियो ।’

सानो दुर्गा पार्टीमा भुमिगत भएको तीन वर्ष वितिसकेको थियो । यही दौरानमा पार्टीको बैठकले उनलाई संगठित सदस्य दिने निर्णय गरेछ । यो खवरले सानोदुर्गामा उत्पात खुशी भए । तर, उनको हातसम्म सदस्यता आइपुगिसकेको थिएन ।

२०३० को एक रात सानोदुर्गा र रामप्रसाद प्रधान झापा शान्तिपुरको एउटा छाप्रोमा बास बसेका थिए । मण्डलेले यसको सुइको पाएछ । रातको दुई बजे उनीहरुको घर प्रहरीको घेरामा प¥यो ।

मध्ये रात । गाउँ सामसुम थियो । प्रहरी र मण्डले एक साथ झुप्रोभित्र पसे । भाटा वर्षाउन थाले । सानोदुर्गाको स्वार मसिनो बन्छ, ‘रामप्रसादले भाटाले कुटी कुटी मारे । उ ऐया भन्दा भन्दै म¥यो । मलाई बाँच्न लेखेको रहेछ ।’

०००

सानोदुर्गालाई हत्कडी लगाएर रातारात प्रहरीले चण्द्रगढी पु¥यायो । उनलाई मात्र होइन सम्पूर्ण गाउँलेलाई नै हिरासत लगोर कोच्यो । कम्युनिष्टलाई गाउँमा बस्न दिएको अभियोगमा  प्रहरीले गाउँ उठाएको थियो ।

सानोदुर्गा पक्राउ परेको केही समयमा नै ठूलोदुर्गा, घनेन्द्र बस्नेत, छविलाल राजवंशीसहित चार जनलाई पक्राउ गरी उनी भए ठाउँ ल्याइपु¥याएको थियो । तर, सँगै बस्न दिएन ।

सानो दुर्गालाई कस्टडीमा तुर्लुङ्ग झुण्ड्याउँथ्यो । खुट्टामाथि शिर तल । जतिबेलै हातमा हत्कडी । आँखामा पट्टी । खुट्टामा १० किलोको नेल । छिस्रीक्क बोल्नसम्म दिदैनथ्यो । हरेक दिन चार पाँच घण्टा झुण्डीनुपथ्र्यौ सानुदुर्गा ।


दुई महिनाका कठोर यातनापछि सानो दर्गालाई झापा जेल सरुवा ग¥यो ।

झापामा भने उनलाई झुण्ड्याएन । तर, यथावत ः खुट्टामा नेल, हातमा हट्कडी । नेल पनि काठको मुडामा प्वाल पारेर बनाएको । हलचल गर्नै नमिल्ने ।

वाहिर कम्युनिस्ट आन्दोलन चर्कदो थियो । ८० जना बढी कम्युनिष्ट कार्यकर्ता पक्राउ परिसकेका थिए ।

सानोदुर्गालाई झापा जेलमा तीन महिनाभन्दा बढी राखेन । त्यसपछि उनलाई विरगञ्ज पु¥यायो । त्यसको दुई महिनापछि काठमाडौंको भद्रगोल जेलको छिडिमा ल्याएर फ्याकी दियो ।

भद्रगोल जेलमा सानोदुर्गाले भद्रगोल जिन्दगी विताउन थालेको एक वर्ष पुग्न आँटेको थियो । एक दिन राती प्रहरी आएर भन्यो, ‘ए उठ् ।’

त्यसपछि सानोदुर्गालाई केन्द्रिय कारागार नख्खुको गोलघर लगेर जाक्यो । जहाँ मृत्यू दण्ड दिएका अपराधिलाई राखिन्थ्यो ।

गोलघर पुगेपछि उनलाई लाग्यो, ‘योभन्दा कुरुप ठाउँ संसारमा अर्को छैन होला ।’ मृत्यूदण्ड दिएकाहरुको कोठामा कालो पर्दा लगेको थियो । पागलहरुको होहल्ला उस्तै । उसो त गोलघर नै कालो पर्दाभन्दा कम थिएन । अलिअलि छिरको प्रकाशले घुर्मइलो भुँई देखिन्थ्यो ।

उनले त्यही भेटेका हुन्, अहिलेका प्रधानमन्त्री केपी शर्मा वलीलाई । त्यो कालकोठरीमा मोहनचन्द्र, राधाकृष्ण मैनाली पनि सँगै थिए । ‘परिस्थिति यस्तो थियो की त्यहाँ पु¥याएर मार्ने वा जिउदै राख्ने हो कुनै ठेगान थिएन’, सानो दुर्गाको स्वर ठूलो बन्छ ।

तर, त्यहाँ कोहीसँग बोल्न दिएन । सानो दुर्गालाई एउटा कुनाको कोठामा लग्यो । कोठा यति साँघुरो थियो की खुट्टा पसार्न पनि मिल्दैनथ्यो । न ओच्छ्यान थिए । ट्वाइलेट माथि नै सुत्नुपर्ने ।

हत्कडी र नेल फुकालिदिएको थिएन । सानो वाबुभन्छन्, ‘कहिले पछाडि फर्काएर हत्कडी लगाइदिन्थ्यो कहिलो अगाडि । कहिले भोकै राख्थ्यो, कहिले कुहिएको चामलको भात लिएर दिन्थ्यो । त्यही फोहोरमै बसेर खानुपर्ने ।’

कतै मरि पो हाल्छ की भन्दै बेलाबेला पलिस आएर धम्क्याउँथ्यो । कतै भागेर पो गयो की भनेर निरिक्षण गर्न प्रशासन आउँथ्यो । ‘उनीहरु आएको बेला थोरै गल्ती बोल्यो की मारि गोडाइ खाुनपथ्र्यौ’, सानो दुर्गा भागाई सुनाउँदैछन्, ‘यसरी गोद्थ्यौ की गाद्दा गोद्दै विहोस पाथ्र्यौ ।’

केपी वली लगायतका कम्युनिष्ट नेता त्यही थिए तर, कहिलेकाँही मात्र एक छिन भेट्न दिन्थ्यो । तर, उनीहरुले लुकीछिपी कुरा भने गर्थे ।

उनीहरुबीचको भेटमा कहिल्यै सुख दुःखका कुरा हुदैनथे । न त घर र आफन्तको बारेमा नै कुरा हुन्थ्यो । मात्र पार्टिको कुरा गर्थे उनीहरु । यसको कारण बताउँछन् सानोदुर्गा, ‘‘परिवारतिर ध्यान गएपछि त राजनीतिक आन्दोलन कमजोर भैहाल्यो नी ! यस्ता कुराले आफैलाई पनि कमजोर बनाउँछ ।’

तर, सम्झनालाई जेलमा बार लगाएजसरी बार लगाउँन सकिन्छ र ! ‘सम्झना त नआउने होइन । तर, त्यो सम्झनालाई पनि हामीले राजनीतिक आन्दोलनसँगै गाँसेर हेथ्र्यौँ’, सनोदुर्गा भावुक बन्छन्, ‘मरि हालिायो भने त मरियो । यदि बाँचियो भने त पक्कै पनि भेट हुन्छ । त्यसपछि सँगै मुक्तिको सास फर्नेछौँ भन्ने लाग्थ्यो ।’

उनीहरुलाई यसरी सोच्न सक्ने  क्षमता प्रशिक्षणले प्रदान गरेको थियो । उनहिरुलाई लाग्थ्यो, – ‘परिवर्तनको लागि जस्तोसुकै परिस्थितिमा पनि सास रहुन्जेल लडिरहनुपर्छ ।’ सानुवावु भन्छन्, ‘अध्ययन सामाग्रीहरुले साह्रै उप्रेरणा जगाउँथ्यो । माओत्सेतुङका दीतावेजले दृढ बनाउँथ्यो । कमरेडहरु पनि अत्यन्तै इमान्दारीपूर्वक लाग्थे । छलकपट भन्ने हाम्रो शब्द कोषमा थिएन । कुन बाटो जाने हो भनेर निर्देशन गर्ने त चेतनाले न हो ।’


०००

गोलघरको त्यो अत्यासलाग्दो जीवनबाट उनलाई छ महिनामा निकाल्यो । तर, हत्कडी र नेल नखोली जेलमै लाग्यो ।

जलमा फेरि अर्को माहौल थियो । सबै कार्यकर्ताहरुको एउटै भान्सा हुन्थ्यो । पकाउनका ल्याइदिएको चामलमा कुहिएको चामलभन्दा बढी ढुंगा माटो हुन्थे ।

केपी ओली पनि सँगै जेलमा थिए । उनीहरु जेलभित्रै हाँसि–मजाक गर्थे । कहिलेकाँही झोकाझोक पनि हुन्थ्यो । तर, वातावरण क्रान्तिकारि थियो । अन्यायविरुद्ध रगत उम्लीरहेको मुटु बोकेर बसिरहेका थिए सबै ।

तर, जेलमा सानोदुर्गा प्राय विरामी भइरहन्थे । उनी भन्छन्, ‘केपी ओली त अझ  महाविरामी थियो । पछि उसलाई पोखरा सरुवा गरियो । उतैबाट वाहिर निस्कीयो ।’

केपी ओली १४ वर्षको जेलबासपछि रिहा भए । ओलीलाई राजकाजको मुद्दा थियो । तर, साना दुर्गा भएनन् । ०१७ सालपछि हत्कडी र नेल भने खोलिदिएको थियो । सानोदुर्गामाथि भने राजकाज र ज्यान मुद्दा थियो ।’

अदालतले सानोदुर्गाविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । यसको कानुन भन्छ, ‘बाचुञ्जेल जेलमा, सम्पूर्ण सम्पत्ति सरकारीकरण ।’

तर, १७ वर्षपछि सानोदुर्गा जेलमुक्त भए । ०४६ सालमा । उनी रिहा हुँदै गर्दा देश अर्को आन्दोलनमा होमिदै थियो ।

०००

जव उनी जेलबाट वाहिर निस्कीए, हात खुट्टा लडखडाउन थाले । हिड्दा खुट्टा लड्खडाउथे, समाउदा हात काप्थे । आँखा तिरमिराएर धेरै टाढाको वस्तु ठम्याउन सक्दैनथे । किनकी उनले १७ वर्षपछि चारदिवार वाहिरको संसार नियाल्दै थिए । सानो दुर्गाभन्छन्, ‘त्यसपछि मेरो आँखा कहिल्यै बलियो भएन ।’

त्यसपछिको एक डेढ महिना अभिनन्दन खादै काठमाडौंमै वित्यो । त्यसपछि ०४६ सालको जनआन्दोलन शुरु भयो, उनी पनि त्यही आन्दोलनमा होमिए ।

जव देशमा प्रजातन्त्र पुर्नस्थापना भयो । सानो दुर्गा झापातर्फ लागे ।

तर, कहाँ जाने । उनीसँग न घर थियो, न सम्पत्ति । दृष्टिविहीन बुढी आमाले वहिनीको घरमा बसेर सानोदुर्गालाई पर्खिरहेकी थिईन् । उनी आमाको दर्शन गर्न विर्ता मोड पुगे ।

बस्ने कहाँ ? झापा विद्रोहका सहिद राम कार्कीको घरमा डेढ महिना विताए । त्यसको केही महिना साथीहरुको घरमा बसेर जिवन धाने ।

केही समयपछि पार्टी(नेकपा एमाले)ले उनलाई कार्यलयमा सेल्टर दियो । उनी कार्यालय सहयोगी बने र तीन वर्ष कार्यालयमै बसे ।

सानुदुर्गाको उमेर ढल्कीदै थियो । ३६ वर्षमा विहे गरे । रत्ना अधिकारी उनको जीवन संगीनी भएर आईन् । त्यसपछि धुलावारि खोलाको तीरमा पुगेर छाप्रो हाले । ०४८ सालदेखि त्यहीँ बस्यो उनीहरुको नयाँ संसार ।


अहिले पनि त्यहीँ छाप्रोमा छन्, सानोदुर्गा दम्पत्ति । छ वर्ष भयो छानो छएको । अहिले थोत्रिएको छ । भुकम्पले वेस्सरी हल्लाएको गाह्रो कहिले ढल्ने हा पत्तो छैन । उनी भन्छन्, ‘साथीहरुले देखेकै छन् । छाना पनि छाउन सकिएको छैन । घर बनाइदिने हो की होइन त्यो त उनीहरुकै विवेकमा भर पर्ने कुरा हो ।’

अहिले सानो दुर्गालाई रोगले पनि झन् झन् च्याप्दै छ । यसै पनि जेलको चिसोले उनको हाड कमजोर पारेको थियो । युरिक एसिडले हानेको छ । त्यतिबेला खाएको पुलिसको डण्डाले अहिले आएर दुःख दिन थालेको छ । सानोदुर्गा भन्छन्, ‘कहिलेकाँही दुखेर खपिसक्नु हुँदैन । राम्रोसँग उपचार गर्न पनि सकिएको छैन ।’

उनको एउटी छोरि छिन् – रक्षा । र, आफै पढाउन सकेनन् । मामाघर बसेर पढीन्, स्टाफ नर्स सक्काईन् । उनले विएनको लागि गौशालाको एक कलेजमा नाम त निकालेकी थिईन् । तर, सानोदुर्गाले पढाउन सकेनन् ।

सानोदर्गा वारे क्यानडाको एक सस्थाले जानकारी पाएछ । जसले सानेदुर्गाको छोरीलाई अमेरिका पु¥यो । सँगै साथीबाट पैसा उठाएर जहाजको टिकट काटिन् उनले ।

०००

केपी ओली पछिल्लो पटक प्रधानमन्त्री भएपछि केपी ओलीसँग सानोदुर्गाको एक पटक भेट भएको थियो । सानो दुर्गा पनि कार्यक्रमकै लागि भनेर झापाबाट काठमाडौं आएका थिए । आँखा जुधेपछि केपीले भने ‘के को लागि आएकेै ?

सानोबाबुले जवाफ फर्काए, ‘तपाईसँग पनि भेट हुन्छ की भनेर ।’ यो भन्दा लामो सम्बाद भएन उनीहरुबीच ।

हुन त सानो दुर्गालाई अहिले आएर खास पदको मोह छैन ।

तर, पनि यो अवस्थाप्रति उनीसँग कुने गुनासो भने छैन । आफै भन्छन्, ‘बढेसकालमा के काम गर्न सकिन्छ र !’ अहिले उनी  नगर कमिटिको सल्लाहकार छन् ।

तर, सानो दुर्गालाई एउटा प्रश्न त सोध्नै प¥यो । ‘यति लामो समय आन्दोलनमा होमिनुभयो अहिले खानै सकस पर्दा त पश्चताप हुन्छ होला नी !’

उनी बडो निर्धक्क भएर जवाफ दिन्छन्, ‘खान नपाएर भोकै मरे पनि त्यस्तो चाही सोच्दीनँ ।’

उनी बोल्दै जान्छन्, ‘हामी परिवर्तनको लागि लडेका हौँ । स्वतन्त्रताको लागि लडेका हौँ । परिवर्तन अयो पनि । हामीले गर्ने काम त ग¥र्यौँ नी !’

तर, अहिले पार्टी नेतृत्वले अलिकति बाटो विराएको भने उनलाई भान हुन्छ । उनले बजेट मै पनि औँला उठाउँछन् । ‘माथिल्लो तहमका बजेट बढी भयो र बजेट त जनताको लागि खर्चिनु प¥यो । भूतपूर्व प्रधानमन्त्री, राष्ट्रपतिहरुलाई महाराजहरुलाई जस्तो कति सम्पत्ति थुपारिदिएको ? उनीहरुलाई पुग्दो दिएर बाँकी बजेट विकास निर्माणको काममा लगाउनुपर्छ ।’

सानो दुर्गालाई अहिले  पनि राजनीतिक चेतले नै शक्ति प्रदान गरेको छ ।

२ असोज, २०७६ मा www.onlinekhabar.com मा प्रकाशित । 

Comments