- विश्वास खड्काथोकी
यसअघि शान्ति सेनको अशान्त जीवन शब्द अनलाईनखवरमा उतारेको थिएँ । मानशिक सन्तुलन गुमेर सडकमा लावारिस जीवनलाई पनि उचित स्याहारले ठिक ठाक पार्न सक्छ भन्ने बलियो उदाहरण थिईन् उनी । अब मानव सेवा आश्रममा शान्तिले नै स्याहार गरिरहेकी अप्सरा(नाम परिवर्तन) कामीको व्याथा किन नलेख्ने ?
किन लेख्ने भने अप्सराको कथाले समाजको अर्को डरलाग्दो मुकुट उघारिदिन्छ ।
अप्सरालाई बुझन् काठमाडौं सामााखुशीको यो आश्रमबाट निस्कीएर भित्री मधेश – दाङ छिर्नुपर्छ । तुलसीपुरदेखि वौलाहाखोला वरिपरिको कथा हो यो । र, अप्सरा यो दुरीको अविरल यात्री थिईन् । उनकै भाषामा भन्दा अप्सराको पेटमा ढुंगा आउथेन भने अहिले पनि त्यही यत्रामा हुन्थीन की उनी !
तुलशीपुरबाट पनि अलि भित्र अप्सराको गाउँ शान्तिनगर गाउँपालिका – ४, पुगौँ । शान्ति नगरमा जन्मीएकी अप्सराको त्यही गाउँपालिका भित्र विहे भएकै हो । अहिले पनि उनको श्रीमान त्यहीँ छन्, छोरी हुर्केर १६ वर्ष पुगिसकिन् ।
तर, १० वर्षअघि नै अप्सरा घर छोडेर निस्कीएकी थिईन् । अधिकारकर्मी राधिका परियार भन्छिन्, ‘परिवारले सम्हाल्नै नसक्ने भएपछि अप्सरालाई घरले पनि वास्ता गर्न छोडिदिए ।’
अप्सराको जीवनमा त्यस्तो के आइपरेको थियो जसले सिधै दिमागमा हिर्कायो र उनको समझ भत्काइदियो ? अहिले पनि अप्सरा त्यो सम्झन सकने अवस्थामा छैनिन् । तर, जव अप्सराबाट घर नचल्ने देखेपछि श्रीमानले अर्की भित्राए, त्यपछि अप्सराको अलिकति बचेखुचेको समझ् पनि गुम्यो । राधिकालाई मान्ने हो भने कुनै औषधीले पनि अप्सराको दिमागलाई छुन सकेन । त्यसपछि अप्सराको घर – सडक ।
०००
अप्सरा कसैको गोठमा सुत्थीन्, कहिले परालको टौवामा, कहिले घरका ब्रण्डामा, कहिले सडक छेउमा । उनको एउटा ड्यूटी भने थियो – विहानै उठ्थिन अनि तुलशीपुरबाट वौलाहखेलाको यात्रामा लााग्थिन् । उनको खुट्टामा चप्पल हुन्थेन । कसैले नयाँ कपडा दिए पनि च्याटचुत पोर लगाउँथिन् । खाली खुट्टै २४ किलोमिटरको दुरी पार गरेर साँझ तुलसीपुर नै आइपुग्थिन् ।
यसरी नै अप्सराको सडकमै चार वर्ष वितिसकेको थियो । उनको अवस्था झन् झन् नाजुक बन्दै थियो । माटो केपार्न थालेकी थिईन्, उनको मुखालाई सडे–गलेका खानेकुराले पनि कुनै फरक पार्थेन । बरु मान्छेहरुलाई भन्थिन्, ‘मेरो पेटमा ढुंगा छ । यसलाई फाल्दिहाल त ।’ त्यहीबेला राधिका नभेटिएकी भए, अप्सराको हालत के हुन्थ्यो होल ? सम्झदा पनि आङ जिरिङ्ग हुन्छ ।
राधिका कोहलपुर बजारमा हिडीरहेकी थिईन, त्यहीबेला हो सडककी अप्सरा उनीसँग ठोक्कीएको । राधिकालाई भेट्नसाथ अप्सराले उही वाक्य दोहो¥याईन्, ‘मेरो पेटमा ढुंगा छ, निकाल्दीहाल ।’ राधिकाको दिमाग रन्थनीयो । यो कस्तो खालको ढुंगा होला ? राधिकाको रन्थनिएको दिमागले अप्सरालाई हस्पीटलसम्म पु¥यायो ।
हस्पीटलले भन्यो, ‘पेटमा ढुंगा होइन, पाँच महिनादेखि भ्रुण हर्कीरहेको छ ।’ र, उघ्रियो उघ्रियो समाजको एउटा कुरुप मुकुट । सडकलाई घर मान्ने मनोरोगीहरु पनि असुरक्षित यो समाजमा । अप्सरा कति पटक बलत्कृत भईन्, कोवाट बलत्कृत भईन् र कति कष्ट वेहोरिन् ? यसको पनि हिसाव किताव राख्ने ल्याकत छैन उनीसँग । तर, सचेत मस्तिष्कमा प्रश्नचिन्छ ठहरिन्छ, ‘के मान्छेको दिमागबाट मानवता भन्ने चीज हराइसक्यो ?’
त्यसपछि हो, राधिकाले अप्सराले मानव सेवा आश्रमसम्म ल्याइपु¥याएको ।
आश्रमको गेटभित्र अप्सर प्रवेश गरेको केही दिन मात्र भएको थियो । एकाएक २० बैशाख, ०७३ को दिन अप्सरा गायव भईन् । आश्रमका सुमन गर्तौला भन्छन्, ‘एक हप्तापछि भेट्दा अप्सराको शरिरमा कुनै कपडा थिएन ।’
र, १ जेठमा वेखवर बाको एउटा छोराले धर्ती टेक्यो ।
०००
छोराको माया लाग्छ ?
अप्सरा : लाग्छ ।
छोराको नाम के हो ?
अप्सरा : गौरव ।
छोरा समाउने ?
अप्सरा : अँ समाउने ।
अप्सरा त्यति धेरै बाल्दिनिन् । मानशिक रुपमा तंग्रिएकी पनि छैनिन् । तर, आफ्नो नाम बताउँन सक्छिन् । सायद आफ्नै छोरालाई पनि चिन्दैनन् । यो किन भने बच्चा देख्यो की मेरो छोरा भनेर समाउन पुग्छिन्, अप्सरा । तर, अहिले गौरव आफ्नो आमको काखमा अडिदै अडिदैनन् । अप्सराले समाउन खोज्यो की चिच्याईहाल्छन् । उसो त अप्सराको दिमाग पनि छोराप्रतिको प्रेम दर्साउन असमर्थ छ । तर, सुन्तलिले सहेको प्रशव पीडालाई उनको मुटुले त सम्झीरहन्छ होला नी !
गौरवले पाँच महिनासम्म अप्सराकै दुध चुसेका हुन् । आश्रमले नै अप्सरा र गौरवको स्याहार गथ्र्यौ । आश्रमकी अभिभावक रमा पौडेल अर्याल अप्सराको गर्भावस्थादेखि नै स्याहारमा खटिएकी थिईन् । तर, एक दिन छोरालाई दुःध चुसाएपछि अप्सराले कमडको दिसा खाइरहेकी देखिन् । त्यसपछि गौरवको कर्म आमा बनिन् – रमा ।
अहिले गौरवलाई वानेश्वरको आफ्नै घरमा राखेकी छिन् रमाले । आमाले जत्तिकै माया दिएकी छिन् । तीन वर्षिय गौरव नर्सरीमा पढ्न जान थालेका छन् । गौरवले अव आमा–बाबाको अर्थ बुझ्नेछन् । उनले पढ्ने पठ्याक्रममा हुन्छ – ‘बाबा आमा महान् हुन् ।’ त्यतिबेला गौरवको दिमागमा ‘बा’बारे कस्तो चीत्र बन्ला ?

Comments
Post a Comment