बा र हजुरबाबाट बर्षौ बलात्कृत पुजाको दुई अध्याय


३० साउन, २०७१ । दिनको ३ बजे, शनिवार ।

पुजा घरबाट निस्कीइन्, बनेपाको पसलमा विष किनिन्, अनि धुलिखेलको जंगलमा पुगेर सेवन गरिन् । एउटा मानिस कतिबेला आफ्नो आत्माको हत्या गर्ने निर्णयमा पुग्छ ?

त्यो दिन घरमा १६ वर्ष पुग्दै गरेकी पुजा र उनको बाबाहेक कोहि थिएनन् । ती बा पुजामाथि खौलनु खौलिए । अनेक धम्की दिए, कुट्नु कुटे, गिज्जाउनु गिज्जाए । यदि चरमभन्दा माथि अर्को कुनै पीडा हुन्छ भने यौन शोषणको कहालीलाग्दो पाँच वर्षिय जीवनमा, त्यही भोग्दै थिइन्, पुजा । किनकी उनी चरम पीडासँग त छ कक्षा  पढ्दादेखि नै पौथेजोडी खेल्दै आएकी थिइन् ।

त्यो दिन जव केही छिन मात्र उनले बाबाट छुट्टीने मौका पाइन्, भएभरका पीडा आएर दिमागलाई आक्रमण गर्न थाले । विगतले उनलाई चिथोर्न थाले । कलम–कपी माग्दा बासँग ओच्छ्यानमा सुत्नुपर्ने सम्झीइन् पुजाले, हजुरवाले घरमा बन्दी बनाएको त्यही बेला सम्झीइन्, सम्झीइन् छाती माथि ढुंगा राखि साथी र आफन्तलाई झुट बोल्नु परेको, दिनदिनै राक्षस बाले मुखमा बनाएको घाउ बोकेर स्कुल पुग्दा साथीहरुले गिज्जाएको, पटक पटक अचेत भएपछि कलेज छाड्न बाध्य भएको, यो पनि त्यतिबेलै सम्झीइन् पहिलो दिन बाले आफ्नो पेन्टी घाँटीसम्म कोच्याएर शोषण गरेको, वास्तविकता थाहा पाउदा पनि आमाले उल्टै पागल्नीको दर्जा दिएको, .... । पुजाको आँखाबाट पानी बनेर सम्झनाहरु खुब बगे । कतैबाट पनि बाँच्नुको सार्थकता भेटिनिन् । बरु आफैलाई प्रश्न सोधिहिन्, ‘आफनै बाको स्वास्नी भएर पनि कोही बाँच्छ ?’ उत्तरमा मृत्यूमात्र पाइन् । यी सबै कुरा डायरीमा लेखिन् । किनकी यो संसारमा उनको साथी भनेको त्यही एउटा डायरी मात्र त थियो ।

अनि जंगलको बीचमा बसेकी एक्ली पुजाले मेटासिट बोटलको ढक्कन खोलिन ।  र, आधा घुट्काईन् । उनीसँग अर्को पनि मेटासिट बोटल थियो । तर, त्यो खोल्नै परेन ।

०००

केही दिनपछि उनले आँखा खोलिन् । सेतो मात्र देखिन् । वरिपरि मानिस झुम्म थिए । उनले ठानिन्, ‘ए स्वर्ग त यस्तो पो हुँदो रहेछ ।’ तर, यो स्वर्ग होइन भन्ने उनले त्यतिबेला थाहा पाइन्, जतिबेला उनका बा र आमा आँखामा राको बोकेर उनीतर्फ लम्कदै थिए । उनी खुब चिच्याउन खोजिन् तर, स्वर चर्कोगरि वाहिर आउन सकन । उनले डक्टर, नर्स, जो भेट्यौ उसैलाई भनिन्, ‘मलाई अहिल्यै मार्दिनुस् । म बाँच्न सक्दिनँ ।’
तर, त्यहाँ हजुरबाले पुजालाई नातीनी होइन स्वास्नीको हर्कत गरे । पुजा चिच्याइन्, रोइन, कराइन् । तर, उनको चित्कारलाई सुन्ने त्यहाँ कोही थिएन । हजुरबाले के गरिरहेछन् पुजालाई पत्तो थिएन । यत्ति मात्र थाहा थियो, दुखाईरहेछन् । बेस्मारी दुखाईरहेछन् । खप्न नसक्ने गरि दुखाईरहेछन् । त्यतिबेला पुजाले बेस्सरी भनेकी थिइन्, ममी.....ड्याडी.....
हो साँच्चै पुजा मर्न हिडेकी थिइन् । तर, उनी त जीवनको अर्को अध्यायामा पो प्रवेश गरिन् । यसरी की उनले मर्न होइन कालरात्रीबाट सुनौल विहानीमा प्रवेश गर्नका लगि विष सेवन गरेकी थिईन् । पुजाबाट हर्शआँशु मिश्रीत लवन निस्कन्छ, ‘त्यसपछि मात्र मैले जीवनको सुन्दरतालाई स्पर्श गर्न पाएँ ।’

अध्याय–१

पुजा छ कक्षा पढ्दै थिइन् । बा फ्रान्समा थिएँ । दुई वटा घर थियो । एउटा बजारमा र अर्को गउँमा । गाउँको घरमा पुजाको आमा र भाई बहिनी बस्थे । शहरको घरमा हजुरबुवा । खान पकाउने र कपडा धोइदिने जिम्मा पुजाको थियो । त्यहीबाट स्कुल स्कुल जान्थिन् उनी ।

हजुरबाको व्यवहारमा विस्तारै परिवर्तन आउन थाल्यो । उनले नातिनीको शरिर सुम्सुम्याउन थाले । गोप्य अंगहरुमा हात नचाउन थाले । अविकसीत पुजाका अंगहरुले पीडाको महशुस गर्थे ।

एक दिन मुसल धारे पाानी परेको थियो । पुजा भुँईमा कुक्रुक्क परेर बसेकी थिइन् । हजुरबाले भने, ‘जाडो भयो ? आईजा खाटमा मसँग सुत ।’ पुजा आफ्नो हजुरबाको न्यानो मायामा घुस्रिन खुशी हुँदै पुगिन् । तर, त्यहाँ हजुरबाले पुजालाई नातीनी होइन स्वास्नीको हर्कत गरे । पुजा चिच्याइन्, रोइन, कराइन् । तर, उनको चित्कारलाई सुन्ने त्यहाँ कोही थिएन । हजुरबाले के गरिरहेछन् पुजालाई पत्तो थिएन । यत्ति मात्र थाहा थियो, दुखाईरहेछन् । बेस्मारी दुखाईरहेछन् । खप्न नसक्ने गरि दुखाईरहेछन् । त्यतिबेला पुजाले बेस्सरी भनेकी थिइन्, ममी.....ड्याडी.....

विश्वास खड्काथोकी
कलिलि पुजालाई अब हजुरबुवाले धम्की दिन थाले । ‘यो कुरा बाहिर भन्यो भने तरो फिस तिर्दिन, पाल्दिनँ, खान दिन्न, तेरो ममीलाई पनि दिन्न ।’ फ्रान्समा भएका बाले पनि घरमा त्यति पैसा पठाउन छोडिसकेका थिएन । किनकी उनको वाहिर अर्कै श्रीमति थिए । जिवन धान्न हजुरबाको शरण पर्नुको विकल्प थिएन । तर, हजुरवुवाले पुजालाई वाहिर निस्कन पनि दिदैन्थे । पुजाको शरिरभररी त्रासमात्र भरिएको थियो ।
तर, उनको आशा थिइन आमा ।

एक दिन आमा आफु बस्ने घर झरेको बेला पुजाले अनुहारभरी आँशु पार्दै पीडा विसाइन् । अमाले पुजाको अनुहार हेरिरहिन् र उसरिनै रुन थालिन् । आमाले आँशु पुछेर बोलिन, ‘हामी छोरी मान्छे भएपछि पीडा सहनुपर्छ । तेरो भाईको लागि भए पनि सहनुपर्छ ।’ पुजाको आँखाबाट झनधेरै आँशु बग्न थाले । पुजाको आमाले आफ्नो आँशु त पुछिन् तर, पुजाको आँशुलाई पानी सम्झीइन् । पुजालाई आमाको बोलिले सिधैँ घाँटीमा आएर थिचेजस्तो लाग्यो ।

०००

उता हजुरबाको शोषणको दायरा झन झन् फराकिलो बन्दै थियो । आफुले भनेजस्तो नभए खानै दिन्थेनन् । बेस्सरी कुट्थे । पुजाको गला अबरुद्ध बन्छ, ‘भनेको नमान्दा पानीको पाइपले पिट्थ्यो । पीटाई पाइन नभाँचिएसम्म रोकिदैन्थ्यो । आर्मी बुटले पेटै पेटमा नथाकिन्जेल भकुथ्र्यौ ।’ हजुरबाको कुरा नमान्दा हप्तादिनसम्म पानी पनि नपिएर बसेकी छिन् पुज । फगत आँशु मात्र पिएर । पुजको दिन पीडाबाट शुरुहुन्थ्यो र अन्त्य पीडाबाटै ।

अब पुजाको आश बा मात्र थिए । जसलाई उनी ड्याडी भन्थिन् । उनी आफ्नो ड्याडी आउने दिन कुरेर बसिन् । उनलाई हरेक दिन वर्षजस्तो लाग्थ्यो । उनको मनमा थियो, ‘ड्याडी भगवान बनेर आउनुहुन्छ र मलाई नरपिसासबाट मुक्त गर्नुहुन्छ । कसैले नसकेको काम मेरै ड्याडीले गर्नुहुन्छ ।’

हो त्यो दिन पनि आयो । पुजाको ड्याडी विदेशबाट घर फर्कीए । पुजा भन्छिन्, ‘जतिबेला ड्याडी घर आउनुभयो, म निकै खुशी भएको थिएँ । त्यो मेरो जीवनको दुर्लव खुशी थियो ।’ कहिलेकाँही आशाले मात्र पनि कति धेरै खुशी दिन्छ मान्छेलाई ।

बा घर आएकै दिनदेखि पुजाले भन्न खोजेकी थिइन् । तर, जहिले बाले भोली, ‘भोलि है छोरी, आज मलाई फुर्सद छैन ।’ बा दिनभरजसो बाहिर व्यस्त हुन्थे । त्यसैले एक महिना यत्तिकै वित्यो ।

एक दिन बाले आफै बोलाए, ‘छोरी यहाँ आउ । अस्तीदेखि एउटा कुरा भन्छु भनेकी थियौँ नी ! ल भन आज । म सुन्छु तिम्रो कुरा ।’

त्यो दिन घरमा पुजाकी आमा थिइनिन् । ठूल्दीदीसँग होस्टेल गएकी थिइन् । त्यसैले पुजाले ठानेकी थिइन् अझ सजिलोसँग सबै कुरा भन्न पाउने भएँ । पुजा गाह्रो गरि बोल्छिन्, ‘त्यतिबेला म एकदमै खुशी भएको थिएँ ।’

पुजाले बालाई भनिन्, ‘मलाई हजुरबाले दुई वर्षदेखि शोषण गरिरहनुभएको छ । तपाई नहुँदा मैले कत्ति धेरै दुःख पाएँ ।’

बाले पुजासँग भने, ‘ए ! हजुरबाले पनि त्यस्तो गर्नुहुन्छ र । खै कहाँ गरेको हो देखाउँ त ?’

पुजालाई त्यो दिन जिन्दगीमा कहिल्यै सम्झुजस्तो हुन्छ । उनको बोली र आँशु एकै पटक बग्छ, ‘उहाँ हाफ कट्टु र टिसर्टमा हुनुहुन्थ्यो । केहीछिन्मै उहाँको व्यवहारमा आकासपातलको परिवर्तन देखियो । के भन्नु भएको बुवा भनेँ । उहाँले होइन मसँग ठिक पार्ने आइडिया छ खोलेर देखाउँ त कहँ हो ? भन्नुभयो ।’

पुजाले नमानेपछि, बाले सम्झाउन थाले । पुजाले अझै मानिन् । त्यसपछि धम्की दिन थाले । भाष ठ्याक्कै हजुरबाको थियो । पुजा भक्कानिन्छिन्, ‘म सक्ड भएँ । मलाई त्यही बील्डीङको छटबाट हुर्काएजस्तो भयो ।’

त्यतिमा मात्र बाले छाडेनन् । पशुवत व्यवहार देखाउन थाले । जवरजस्ती कपडा खोलिदिए, हात खुट्टा डोरीले बाँधिदिए । आफ्नो इनर खोलेर पुजाको मुखमा कोच्चाईदिए । संसारको सबैभन्दा बढी आशा राखेको बाबो कुरुप व्यवहार भोग्दैथिइन् पुजा । ‘म माथि जाइलाग्यो् । हातखुट्टा डोरीएले बाँधिएका थिए । चिच्याउँथे तर, पेन्टीले रोकिदिन्थ्यो आवाज’, पुजालाई त्यो दिन सम्झदा अहिले पनि कहाली लाग्छ, ‘चिच्याउँन खोज्दा घाँटीसम्म पुगेको थियो पेन्टी । आखिर मलाई उसले पनि शिकार गराइछाड्यो ।’

काम सक्काएपछि बाले भने, ‘तैले यो कुरा कसैलाई भनिस् भने तेरै बेइज्जत हुन्छ । खान पाउँदिनस् । फेरी त र तेरो ममीको सडकमा बास होला नी !’

त्यो रात सुत्नै सकिनिन्, पुजा । हनहन्ती ज्वरो अयो । आफ्नो नजिकको साथी डायरीमा केही लेखिन् । रोएर मात्र बसिन् । त्यसपछि उनका संयौँ रात जाग्राम भए । रुँदारुँदै उज्यालो भए ।

सबैले निराश बनाउदा पनि आमासँगको आस फेरि जिवित भएर आउँदो रहेछ । पुजा भन्छिन्, ‘अर्को दिन आमा फर्कीनुभयो । ममी कौशीमा बसिरहनुभएको थियो । त्यही गएर बाले गरेका हर्कत सबै सुनाएँ ।’

आमाले साथ दिनुको साटो हपार्न थालिन्, ‘बौलाइस की क्या हो तँ, पहिला हजुरबाले भनिस्, अहिले बाले, भोलि भाईले पनि बलत्कार ग¥यो भन्छेस तैले ।’ कौशीमै पुजाको कपाल भुत्ल्याउन थालिन् । ‘उहाँले पनि मलाई निकै पिट्नुभयो’, पीडामा शयर गर्दै छिन्, ‘ममीले त बुझ्नुहुन्छ होल भन्ने लागेको थियो । तर, त्यतिबेलादेखि सबै आस मरे, म मरेलुल्य भएँ ।’

त्यसपछि पलपल मरेरै बाँच्नुप¥यो पुजा ।

०००

उनलाई केटा मान्छे भनिपछि यतिधेरै घृणा जागेर अयो की देख्न साथ दुई कोष परबाट भाग्थिन् । मान्छेहरुसँग कुरा गर्नै डराउँथिन् । यसरी की उनको रक्तनलीहरुबाट रगत होइन डर बगिरहेछ । टोलाइमात्र रहन्थिन् । उनलाई घरमा कोहीसँग कुरा गर्ने अनुमति थिएन । स्वास थुनिएर छटपटिएको मानिसको जस्तो थियो उनको हालत ।

बा ले फुर्सद मिल्यो की शोषण गरिहाल्थे । कापी कलम किन्ने पैसा माग्दाधरी बासामु नांगिनुपथ्र्यौ । ड्याडी उच्चारण गर्नै छाडेकी थिइन् पुजा । स्कुल जानबाहेक घरबाट कतै निस्कीयो भने चर्को मुल्य चुकाउनुपथ्र्यो उनले ।

यसरी नै पुजा नौ पास भएर १० कक्षामा पुगिन् । पुजाको बालाई शिक्षकहरुले होस्टेलमा राख्न अनुरोध गरे । उनको समाजिक प्रतिष्ठा निकै उच्च थियो । त्यसैले, पुजालाई होस्टेल राख्न राजी भए उनका बा ।

त्यसपछि पुजालाई शनिवार कहिल्यै नआइदिए हुन्थ्योजस्तो लगन थाल्यो । पुजा भन्छिन्, ‘तर, त्यो पापी शनिवार हरेक हप्ता मलाई मार्न आइपुग्थ्यो ।’


०००

होस्टेलमा पनि छाडेनन्, बाले । उनी मुठीभरी चक्लेट बोकेर होस्टेल पुग्न थाले । उनका साथीहरुलाई छोरीसँग कुरा गर्नुछ भन्दै वाहिर पठाउँथे । अनि त्यहीँ पुजालाई जथाभावि गर्थे । तर, पुजालाई साथीहरुले भन्थे, ‘तिमलाई त कस्तो माया गरेको है ड्याडीले ?’ पुजा बोल्थिनिन्, भित्तातिर आँशु चुहाउँथिन् ।

शुक्रबार त आउनै हुन्थेन । तारान्तर फोन आउथ्यो होस्टेलमा । होस्टेलका टिचरहरुलाई फोन गरेर घर पठाउँन आग्रह गर्थे । त्यसरी पनि नलागे मान्छे नै बोलाउन पठाउँथे । अनि शनिवार...

तर, एसएलसी पुजाले डिस्टीन्सनमा पास गरिन् । त्यसको सम्पूर्ण देन होस्टेल थियो । र, पनि उनी खुशी हुन सकिनिन् । किनकी उनका सम्पूर्ण खुशी बा र हजुरबाटे लुटिरहेका थिए ।

०००

पुजाको सानैदेखिको सपना थियो – नर्स बन्ने । त्यसैले उनले एसएलसीपछि पढाईको प्यारामिटरलाई अझै बढाउनुपर्ने थियो । त्यसैले उनले बासँग भनिन्, ‘म ब्रिड्स कोर्ष गर्छु ।’
बाले भने, ‘तिमीले जे भने पनि पु¥याइदिहाल्छु नी ! मात्र मैले भनेको मान ।’ एकछिनपछि पुजाको हातमा एउटा कागज थमाइदिए ।

पुजा कोठामा पुगिन र पट्याएको कागज खोलिन् । कागजमा होटेलको नाम  र कोठा नं. लेखिएको थियो । पुजाको हात थरथरी काप्यो । रिंगाटा लाग्यो । आँखाबाट आँशु नखस्दै उनी भुँइमा ढलिन् ।

पुजाले अड्डी कसिन, ‘म होटेल जाँदिनँ ।’

रात परेपछि फोन आइ त हाल्यो । लेनलाईनको नम्बर थियो । पुजाले रिभिव गरिन् । बा बोल्दै थिए, ‘का आइपुगिस् ?’ पुजा नवोलेरै फोन राखिदिइन् । तारन्तर फोन आइरह्यो । अहँ पुजा जादै गईनिन् ।

केही समयपछि बा मुर्मुरिदै घर फर्कीए । पुजालाई सर्टमा आइरन गर्न लगाए । सर्टमा सानो दाग लागेको थियो । त्यसपछि पुजालाई सबको सामुन्ने भकुर्न थाले । उनलाई सर्टमा आइरन लगाउनुपर्ने थिएन तर, पुजा यौन कुण्ठाको रिस पोख्नु थियो । ‘मलाई यति धेरै कुट्यो की अहिले सम्झदा पनि शरिर दुखेर आउँछ’, पुजाको स्वर भाषिन्छ, ‘मैले बोल्ने भने खाना पानी नै बन्द हुन्थ्यो । त्यसैले चुपचाप चोट सहिरहे । मेरो पक्षमा बोल्ने कोही थिएन । घरमा त्यस्तो कोही थिएन की जसको पीटाई मैले नखाएको होस् ।’

यस्तै अनेक  दुःखको पहाडमाथि चढेर पुजाले विष सेवन गरिन् ।

अध्याय–२

जतिबेला पुजाले अस्पतालको शैय्यामा आँखा खोलिन्, त्यो उनले विष सेवन गरेको सातौ दिन थियो । ठिक सात दिन पहिले घुमुवा प्रहरीले पुजालाई नदेखेको भए पुजा यहाँ हुन्थिनिन्, सायद । ‘मेरो नकका प्वालबाट पाइप छिरानइएको थियो । सबैले हल्लीरहेजस्तो देख्थेँ । म निकै चिच्याए । तर, बाहिर ठूलो स्वर आएको रहेनछ । निकै चल्मलाएजस्तो लााग्थ्यो । तर, म हलचलनै गरेको रहेनछु’ पुजाले त्यो दिन सम्झन्छिन् ।

उनले आँखा खोलेकै दिन, आगो भएर आएका बा–आमाको अनुहारले पनि ‘त नमरेर किन बाँचेको’ भनेझै लाग्थ्यो पुजालाई । उनीसँग पनि बाँच्ने चाहानाको भाडो कहाँ भरिलो थियो र । जसलाई भेट्यो उसैलाई भन्थिन्, ‘मलाई अहिल्यै मारिदिनुस् । मलाई त्यो घरमा नपठाउनुस् ।’

आमाले निकै गालि गरिन् पुजलाई । ‘तैले यो के गरेको ?’, आमाले प्याच्चै भनिन्, ‘त जन्मनुभन्दा त मेरो कोख नै बाझो भएको भए हुन्थ्यो ।’ पुजा जतिबेलै रौइरहेकी मात्र हुन्थिन् । रोएरै पुजाले आमालाई एउटा कुरा भन्न अनुमति मागिन् । अनि पुजाले एउटा हातले आशुँ पुछ्दै भनिन्, ‘मेरो ठाउँमा हजुर हुनुहुन्थ्यो र ड्याडीको ठाउँमो हजुरको बाबा भएको भए तपाई के गर्नुहुन्थ्यो ममी ?’

ममीले यति मात्र भनिन्, ‘त पागल भैसकिस् ।’ तर, पागल त पुजाका बा, हजुरबा र आमा भएका थिए ।
त्यतिमा मात्र बाले छाडेनन् । पशुवत व्यवहार देखाउन थाले । जवरजस्ती कपडा खोलिदिए, हात खुट्टा डोरीले बाँधिदिए । आफ्नो इनर खोलेर पुजाको मुखमा कोच्चाईदिए । संसारको सबैभन्दा बढी आशा राखेको बाको कुरुप व्यवहार भोग्दैथिइन् पुजा ।
दुई दिनपछि उनका वा–आमाले खाना बोकेर आएका थिए । तर, पुजाले खानै मानिन् । किनकी फलफुलले नै उनको पेट टम्म भएको थियो । पछि थाहा भयो त्यो भातमा ब–आमाले मुसाको विख मिसाएर ल्याएका थिए । त्यतिबेला पुजालाई लाग्यो, ‘मैले किन खाइन त्यो खाना ?’

त्यसपछि भने बा–आमा शंकाको घेरामा परे । प्रहरीले उनीहरुमाथि निगरानी बढाउन थाल्यो ।

०००

हस्पीटलबाट तंग्रीएपछि पुजालाई सिधै प्रहरीकहाँ लगियो । उनको बयान लिइयो । त्यतिबेला उनीबाट डर उडेर कतै विलाइसकेका थिए । वर्षौदेखि गुम्सीएका इतिबृत्तान्त सुनाएर पुजा हलुका भईन् । बा पनि सँगै थिए, उनलाई प्रहरीले तत्काल गिरफ्तार ग¥यो । घरमा हजुरबाले आत्महत्या गरे । तर, हजुरवुवाको आत्महत्या थियो या हत्या त्यो कुरा गर्भमै रह्यो । अधिबक्ता स्वागत नेपाल भन्छन्, ‘उहाँको पोस्र्टमार्टम पनि नगरी फटाफट सद्गत गरियो । त्यसमा पुजाको बाको भूमिका हुन सक्छ ।’

खैर, पुजाको जीवन अचम्मले भरिएको छ । प्रहरीसँगको त्यो क्षण सम्झन्छिन्, ‘म आफैलाई साहासी जस्तो लाग्छ । प्रहरीको सामु त्यसरी बहेको सम्झदा अहिले आफै अचम्मीत हुन्छु ।’

०००

पुजा रक्षा नेपालको पुर्नस्थापना केन्द्रमा पुगिसकेकी थिइन् । अब पुजाको स्वर चकिलो भन्दै जान्छ, ‘यति धेरै पीडा भोग्ने म एक्लो जस्तो लाग्थ्यो । तर, विचरा बोल्न पनि नजान्ने चार वर्षमै बलत्कृत भएकाहरु पनि त्यहाँ थिए । केन्द्रमा भएका ६०–७० जना सबैको उस्तै दर्दनाक कथा थियो । उनीहरु सबै आफ्नै बहिनीजस्ता लाग्न थाले । त्यसपछि लाग्यो म एक्लो रहेनछु । मेरो मनमा विस्तारै उर्जा थपिन थाल्यो ।’

उनले रक्षा नेपालकी अध्यक्ष मेनुका थापाको भोगाई थाहा पाइन् । ‘उहाँले त बस्ने बास पनि पाउनु भएको रहेनछ । कसरी यहाँसम्म आइपुग्नुभयो होला’, पुजा भन्दै जान्छिन्, ‘यीनै कथाहरुले मेरो गुमेको आत्मवल विस्तारै फर्कन थाल्यो ।’ त्यतिबेला पुजाको जीवन ठ्याक्कै यु–टर्न को अवस्थाामा पुगेको थियो ।

उनले थाहा पाइन्, ‘ममाथि अपराध भइरहेको छ र मैले न्याय पाउनुपर्छ । बलत्कारमा मेरो के दोष ?’ यत्ति कुरा थाहा पाउन उनी रक्षा नेपाल नै पुग्नुप¥यो । ‘त्यहाँ सबै मेरा परिवारजस्ता लागे, मेनुका आमा आफ्नै आमाजस्तो । मैले पहिलो पटक रक्षा नेपालमै पुगेर आमाको ममता महशुस गरेँँ’, अब खुशी बाँढ्न थाल्छिन् पुजा, ‘मैले नयाँ परिवार पाएँ, नयाँ जीवन पाएँ । अनि त जीवनप्रति असाध्यै माया लागेर आउन थाल्यो ।’

मनोविद करुणा कुवरबाट मनोपरामर्श लिन थालिन्, पुजा । अन्य थुप्रै तालिममा सहभागि भईन् । त्यसपछि कहिल्यै आफु पीडित हो भन्नेसम्म महशुस भएन उनलाई । तर, पनि सामान्य अवस्थाामा फर्कनका लागि उनले डेढ वर्ष कुर्नुप¥यो ।

०००

कलेज जान थालिन पुजा । कलेजको पहिलो दिन उनको जीवनको सबैभन्दा खुशीको दिन थियो । सुमन खेरेलले कलेजको लागि स्पोन्सर खोजिदिए । उनी विभिन्न तालिमले खारिएकी थिइन् । उनको व्यवहारले साथीहरु आकर्षित हुन थाले । स्वागत नेपाल पुजालााई न्याय दिलाउन लागिपरे । पुजाले स्वागतलाई बा भन्न थालिन् । अनि उनलाई लाग्यो, ‘सबै पुरुषहरु कहाँ खराव हुँदा रहेछन् र ?’ त्यसपछि मात्र बाहिरिन थाले उनीभित्र किर्नोजस्तो गडिएर बसेका एक एक भयहरु ।

तर, उनीसँग नागरिकता छ, जसले असाध्यै पीडा दिन्छ उनलाई । किनकी नागरिकतामा त्यही यौन पिपासु बाको नाम छ । कहि जव बा को नाम लेख्न पर्छ, उनको हात होइन शरिरले नै काम गर्न छाड् । कलेजमा उनले आफ्नो बाको नाम लेख्न नसकेर अरुले नै लेखिदिन्छ । पुजालाई फेरि मनोपरामर्श दिनुपथ्र्यौ । ‘मलाई नागरिकतासँग डर लाग्छ । म त्यो पशुलाई कसरी बा लेख्न सक्छु ?’, उनी गम्भीर प्रश्न तर्साउँछिन्, ‘के बा को नाम नराखि पनि मैले नगरिकता पाउन सक्दिनँ ?’

यद्यपी उनले पहिलो श्रेणीमै साइन्स उत्तीर्ण गरिन् । अहिले एमविविएस पढ्नको लागि युएस जाने तयारी गरिरहेकी छिन् । भन्छिन्, ‘जव मलाई गाइनोक्लोजोजिस्टले बचाउनुभयो । त्यसपछि गाइनोका डाक्टर सबैभन्दा ठूलो जस्तो लाग्न थाल्यो । अनि मेरो नर्स बन्ने चाह गााइनोमा रुपान्तरण भयो ।’ उनलाई छात्राबृत्तीमा नाम निकाल्ने आत्मविश्वास त छ । तर, कुनै स्पोन्सर भए हुन्थ्यो नी ! कसैले सहयोग गर्छन् की त भ्नने आशा छ उनको मनमा ।

त्यस्ती पुजा कसरी यस्ती भईन् ? यो धेरैको समझभन्दा परको कुरा हो । आफुजस्ता पुजाहरु अव जन्मन नदिने उनको लक्ष्य छ । उनले रक्षा नेपालमै रहेर भविश्यमा पीडितको सेवा गर्ने अड्डी लिएकी छिन् । अहिले पनि समाजमा पुजाजस्ता कथा भोग्नेहरु पनि हुन सक्छन् । उनका लागि पुजा भन्छिन्, ‘तपाईले जीवनमा मर्ने बारे कहिल्यै नसोच्नुस् । मरेर न्याय पाइदैन । तपाई सकेसम्म बोल्नुस् । बो बोलेर नै यहाँसम्म आएँ । बोल्न नछोड्नुस्, एक न एक दिन अवश्य न्याय पाइन्छ ।’

उनका बा ०७१ देखि १८ वर्षको लागि जेलको छिडिमा छन् ।

९ मंसिर, ०७५ मा अनलाइनखवर डट कममा प्रकाशित ।

Comments