![]() |
रवीन्द्र अधिकारी |
रवीन्द्र अधिकारीअहिलेको नेपाली राजनीतिक पुस्ता आन्दोलनबाट स्थापित पुस्ता हो । विभिन्न समयमा राजनीतिक आन्दोलन हुँदैनथे भने देशले अहिलेको राजनीतिक अवस्था पाउन सक्दैनथ्यो भन्नेमा द्विमत नहोला । यही पुस्ताका एक आशा गरिएका एमाले नेता तथा सांसद् हुन्, रवीन्द्र्र अधिकारी । अधिकारीले विभिन्न समयका आन्दोलनमा सक्रियतापूर्वक सहभागिता जनाएका मात्र छैनन्, केही आन्दोलनको नेतृत्व पनि गरेका छन् । अहिलेचाहिँ आन्दोलनका कुनकुन घटना सम्झन्छन् त उनी ? विश्वास खड्काथोकीसँग उनले सेयर गरेका छन्:
पहिलोपटक पक्राउ पर्दा
१८ वर्षको थिएँ
मैले क्याम्पस ज्वाइन गर्दा देशमा पञ्चायत व्यवस्था थियो । पिएन क्याम्पसका हामी विद्यार्थीहरू पनि आन्दोलन गर्ने मुडमा पुगिसकेका थियौा । क्याम्पसमा भर्ना भएलगत्तै म पनि सक्रिय रूपमा राजनीतिमा लाग्न थालो । त्यो अवधि मेरा लागि जीवनको अत्यन्त महत्त्वपूर्ण अवधि थियो । यस्तो किन भने म अध्ययनका लागि क्याम्पस भर्ना भएको म देशमा परिवर्तनका लागि पनि आफूलाई समाहित गर्ने योजनामा पुगिसकेको थिएा ।
म त्यतिवेला १८ वर्षको थिएा । तर, विद्यार्थी आन्दोलनमा होमिइसकेको थिएँ । केही समयमा नै मैले विद्यार्थी संगठनको नेतृत्व पनि गर्न थालो । तर, त्यो संगठनको मात्र नेतृत्व थिएन, सागसागै चलिरहेको राष्ट्रिय आन्दोलनको पनि नेतृत्व थियो ।
पञ्चायतको अन्त्य हुनुपर्ने र बहुदल स्थापना हुनुपर्ने माग राखेर पिएन क्याम्पसबाट हामी सक्रिय रूपमा आन्दोलनमा लाग्न थाल्यौँ । तर, त्यही समय प्रहरीको धरपकड पनि अत्यन्त बढेको थियो । पञ्चायतविरुद्ध संगठित भएर आन्दोलनमा लागेकाले नै हामीलाई प्रहरीले पक्राउ गर्यो ।
०४६ साल फागुन ४ गते दोस्रोपटक म फेरि पक्राउमा परो । म मात्र होइन, प्रहरीले त्यतिवेला झलक सुवेदीलगायत अन्य विद्यार्थी नेतालाई पनि पक्राउ गरेको थियो । पोखरामा विद्यार्थी राजनीतिका साथी मात्र होइन, पार्टीका नेताहरू पनि पक्राउमा पर्नुभएको थियो ।
यो गिरफ्तारीको घटना अहिले पनि मलाई समयसमयमा सम्झना हुन्छ । किनकि त्यतिवेला प्रहरीले हामी दर्जनौँलाई जेलको एउटा सानो कोठामा कोचेको थियो । प्रशासनले दुईजनालाई एउटै हतकडी लगाइदिएको थियो । हामीलाई शौच गर्न जाादा पनि सागै जानुपर्ने बाध्यता थियो ।
तर, केही समयमै देशमा बहुदल आयो । विडम्बना ! बहुदल आए पनि म, झलक सुवेदीलगायत पक्राउ परेका केही साथीहरू कस्टडीमै बस्न बाध्य भयौा । खासमा प्रशासनले हामीविरुद्ध मिल्नेजति सबैजसो मुद्दा लगाएको थियो । बहुदल नै आए पनि ती मुद्दाको छिनोफानो हुन केही समय लाग्यो । त्यसैले, देशमा बहुदल आइसकेपछि पनि झन्डै एक महिना मैले जेलमै बिताउनुपर्यो ।
क्याम्पसमा कांग्रेस–कम्युनिस्टको लडाइँ
हामीले गरेको आन्दोलनको प्रतिफलस्वरूप देशले बहुदलीय व्यवस्था त पायो तर पिएन क्याम्पसमा यसले ठूलो परिवर्तन ल्याउन सकेन । झन्झन् क्याम्पसमा द्वन्द्वका घटना बढ्न थाले । यो विरोधाभासचाहिा विद्यार्थी संगठनबीच थियो । कांग्रेसनिकट विद्यार्थी संगठन र हाम्रो संगठनबीच बारम्बार झडप भए । कहिले एउटा टोलीले अर्कोलाई ढुंगामुढा गर्यो भने कहिले अर्कोले । यस्तो क्रम कहिले क्याम्पसभित्रै हुन्थ्यो भने कहिले बाहिर ।
यो विवादको चुरो कुन पार्टी ठूलो भन्नेमा थियो । कांग्रेस ठूलो कि कम्युनिस्ट ठूलो भन्नेमा बारम्बार बहस हुन्थे । यही विषयमा झगडा पनि हुन्थे । आफूलाई ठूलो प्रमाणित गर्न कांग्रेसनिकट साथीहरू भौतिक आक्रमणमा पनि उत्रिनुहुन्थ्यो । यता, हाम्रा साथी पनि कांग्रेसका साथीमाथि त्यसैगरी खनिनुहुन्थ्यो । यी दुई संगठनको लडाइँमा धेरै साथीहरू घाइते हुनुभयो । यो लडाइँ कति चर्को थियो भने मारामारकै स्थिति पनि सिर्जना भयो । यो एउटा डरलाग्दो क्षण थियो तर मचाहिा दुवै पक्ष मिलाउने तर्कमा अडिग रहिरहन्थो । म हाम्रा साथीहरूलाई पनि सम्झाउाथँे, अर्को पक्षलाई पनि यसले कुनै फाइदा नहुने भन्थो । त्यसैले त्यो आन्दोलनका घटना पनि म बिर्सिन सक्दिना ।
विद्यार्थीका पक्षमा आन्दोलन
बिस्तारै म पूर्ण रूपमा राजनीतिमा होमिइसकेको थिएा । यसबाट म पर रहन सकिना । हामीले क्याम्पसमै विद्यार्थीका लागि उपलब्ध सेवासुविधाका विषयमा कुरा उठाउन थाल्यौा । त्यहीबीच क्याम्पसमा स्ववियु निर्वाचन भयो । हाम्रो संगठनबाट मैले स्ववियु सभापतिका लागि उम्मेदवारी दिएा । म विजयी पनि भएा । स्ववियु सभापति भएपछि मलाई जिम्मेवारी बढेको अनुभूति भयो ।
त्यही समयमा हामीलाई लाग्यो, पढ्ने विद्यार्थीका लागि राज्यले विशेष सहुलियत दिनुपर्छ । त्यसमा पनि सार्वजनिक सवारीमा त उनीहरूलाई कुनै न कुनै सहुलियत चाहिन्छ । हामी थोरै विषयमा माग राख्ने तर, त्यसलाई पूरा गराएरै छाड्ने अठोटका साथ लागेका थियौा । यो त्यही समय हो जतिवेला विद्यार्थीलाई सार्वजनिक सवारीमा सहुलियत दिनुपर्ने माग भयो । हामीले यो विषयको उठान विद्यार्थीलाई ५० प्रतिशत छुट दिनुपर्नेबाट गर्यौा । तर, यस्तो सिस्टम सुरुवातै भएको थिएन । त्यसैले हामीले त्यो मागलाई ३३ प्रतिशतमा घटायौा ।
त्यतिवेला सरकारको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो । कांग्रेस नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । विद्यार्थीले उठाएका माग भएकाले पनि होला सुरुमा सरकारले यसबारे कुनै सरोकारै राखेन । तर, हामी यो माग पूरा गराउनेमा निश्चिन्त भइसकेका थियौा । त्यसैले, हामीले देशभर यो आन्दोलन फैलाउने योजना बनायौा । त्यसका लागि तीनदिने नेपाल बन्दको आह्वान गर्यौा । देशका अन्य सहरका विद्यार्थीहरूले पनि यसमा सहमति जनाउनुभयो । सबैको सहयोग र समर्थन भएकाले नै हुनुपर्छ, आन्दोलनले देशभर आाधीबेहरीको रूप नै लियो ।
तर, सरकार हामीलाई दमन गर्ने पक्षमा थियो । उसले हामीविरुद्धसडकमा प्रहरी उतार्यो । सडकमा भएका दोहोरो झडपमा कयौा साथी घाइते हुनुभयो ।
आन्दोलनले झन्झन् उग्र रूप लिादै गएपछि सरकार पनि सोच्न बाध्य भयो । उसले हामीसाग वार्ता गर्न थाल्यो । म आफैँले प्रधानमन्त्री कोइरालासाग तीनपटक वार्ता गरो । अन्त्यमा सरकार घुाडा टेक्न बाध्य भयो । त्यसपछि विद्यार्थीहरूले सार्वजनिक सवारीमा ३३ प्रतिशत छुट पाउन थाले । डेढ महिना चलेको त्यो आन्दोलनले दिएको उपलब्धिले मलाई खुसी बनायो । यो आन्दोलनको सम्झना मलाई अहिले पनि हुन्छ किनकि त्यो मेरो विद्यार्थी राजनीतिक कालखण्डको महत्त्वपूर्ण आन्दोलन थियो ।
दरबारविरुद्ध हजारौँ हस्ताक्षर
यो २०५७ सालको कुरा हो । म अनेरास्ववियु केन्द्रीय अध्यक्षमा निर्वाचित भएको थिएा । म निर्वाचित भएको धेरै लामो समय भएको थिएन, काठमाडौंमा एउटा दु:खद घटना भयो । एक दिन बिहान गायक तथा संगीतकार प्रवीण गुरुङको हत्या भएको गाइागुइा चल्न थाल्यो । त्योसागै जोडिएको थियो– प्रवीणको हत्या तत्कालीन शाहज्यादा पारस शाहले गरेका हुन् ।
हामीले बिस्तारै यो घटनाबारे बुझ्न थाल्यौा । तेस्रो दिन हामी झन्डै निष्कर्षमा पुग्यौँ, ‘प्रवीणलाई ठक्कर दिएको गाडी पारस शाहले नै चलाएका थिए ।’ पारसको गाडीले गराएको यो दुर्घटना पहिलो थिएन ।
हामीचाहिा विद्यार्थी राजनीतिबाट नै किन नहोस्, कानुनी राज्यको परिकल्पना गरिरहेका थियौा । तर, साउनको महिना भएकाले पानी परिरहेको थियो । तैपनि हामीले सुरु गरेको आन्दोलनमा सयौाले सहभागिता जनाए ।
एकातिर यो आन्दोलन सुरु गर्दा थ्रेट आइरहेको थियो भने अर्कोतिर हामी झन्झन् दृढ थियौा । हामी अबेरसम्म अखिल सचिवालयको बैठक बस्थ्यौा र आन्दोलनलाई जारी राख्ने निर्णय गथ्र्यौं ।
यो त्यस्तो समय थियो जतिवेला दरबारविरुद्ध कसैले पनि आवाज उठाउन सक्दैनथे । तर, हामीले प्रवीणको हत्याबारे छानबिन हुनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने मागसहित आन्दोलन गर्ने योजना बनायौा । रत्नपार्कमा हामीले आन्दोलन सुरु मात्र गरेनौा, पारस शाहविरुद्ध हस्ताक्षर संकलन पनि सुरु गर्यौा । सुरुमा हामीले आन्दोलन गर्ने कुरामा आशंका गरेका र आन्दोलनले केही हुन सक्दैन भन्नेले पनि आन्दोलन सुरु भएपछि साथ दिन थाल्नुभयो । हस्ताक्षर कार्यक्रममा उत्साहजनक सहभागिता हुन थाल्यो ।
त्यतिवेला मैले राजाका नाममा चिठी लेखो । सुरु भइसकेको हस्ताक्षर र त्यो चिठी सागै बुझाउने कुरा भयो । मानिसहरू कति आजित भएका रहेछन् भने हामीले सुरु गरेको हस्ताक्षर कार्यक्रममा उनीहरू थानका थान कपडा लिएर आए । एक सातामा हामीले पााच लाख २७ हजारजनाको हस्ताक्षर संकलन गर्यौँ । त्यो हस्ताक्षर दरबारमा बुझाउने हाम्रो योजना थियो ।
हामीले सोचेका थियौा, दरबारमा हस्ताक्षर बुझाउने दिनमा केही हजार मानिसको साथ हामीलाई हुनेछ । तर, त्यो दिन त झन्डै ५० हजार मानिसहरू आन्दोलनमा सहभागी भए । त्यसपछि हामीले सहिदगेटबाट दरबारतिर जुलुस बढार्यौा । हजारौाको जुलुस देखेकाले चोकमा हामीलाई रोक्न बसेका प्रहरी पनि पछाडि हटे ।
हामीले अन्त्यमा त्यो हस्ताक्षर दरबारमा बुझाएरै छाड्यौा । दरबारका मुख्यसचिव नै आएर त्यो हस्ताक्षर बुझेका थिए । केही समयपछि तत्कालीन राजा वीरेन्द्रले त्यसको रेस्पोन्स पनि गरे । उनले घटनाबारे छानबिन गर्न प्रधानमन्त्रीलाई पत्र पठाए । त्यो पत्रको बोधार्थमा अनेरास्ववियु अध्यक्ष पनि उल्लेख थियो ।
यो आन्दोलन म किन पनि बिर्सिन सक्दिना भने यो गणतन्त्रको वीजारोपण थियो । हामीले उठाएको मागअनुसार पारस शाहलाई कारबाही त भएन तर संसद्मा दरबारका विषयमा पनि छलफल हुन थाले । मलाई लाग्छ, यो तत्कालीन समयका लागि एउटा ठूलो उपलब्धि थियो ।
दोस्रो जनआन्दोलन
०६० सालमा म कास्की एमालेको सचिव भएा । कार्यकाल सम्हालेर पार्टीलाई बलियो बनाउन लागो । बिस्तारै देशमा राजाविरुद्ध आवाज उठ्न थाले । देशमा गणतन्त्र स्थापना गर्न सबै दल नजिक आउन थाले । ०६२ सालमा त संयुक्त रूपमा आन्दोलन नै सुरु भयो । पार्टी सचिवका नाताले कास्कीमा यो आन्दोलनमा कुनै कमी नहोस् भनेर म लाग्न थालो । आन्दोलन सुरु भएसागै हामी सडकमा उत्रियौा । शारीरिक रूपमा जतिसुकै कष्ट भए पनि म सडकमा निस्किन छाडिना । आन्दोलनमा जानु र गणतन्त्रको पक्षमा नारा लगाउनु हाम्रो दिनचर्या भयो । त्यतिवेला राज्यलेसडकमा प्रहरी उतारेर व्यापक दमन गरेको थियो । कतिसम्म भने प्रहरीसाग झडप हुनु, लठ्ठी खानु त दालभात खाएसरह भयो ।
यो आन्दोलनको क्रममा म दुईपटक पक्राउ परो । प्रहरीले घेरा हालेर मलाई पक्राउ गरेको थियो । तर, पक्राउ नै परे पनि आन्दोलनमा सहभागी हुने विषयमा हामीले कुनै कन्जुस्याइँ गरेनौा । रातारात प्रहरीले घरमा छापा हानेर प्रक्राउ पनि गथ्र्यो । तर, त्यही आन्दोलनले देशमा गणतन्त्र स्थापित गर्यो । जनताको शासन आएकाले ती पीडा बिर्सिन गाह्रो भएन ।
२०७३ मंसिर १० गतेको नयाँ पत्रिकामा प्रकाशित
२०७३ मंसिर १० गतेको नयाँ पत्रिकामा प्रकाशित
प्रविण गुरूङ हत्या काेे भाेलिपल्ट पहिलाेे विराेेध जुुलुुस र कुुपन्डाेेल पूूल अाधा घन्टा चक्काजाम हामीलेे भावक अभियानलेे गरदाा ज्यान मार्नेे धम्किि खाइयाेे । रवीन्द अधिकारीलेे नेेत्रीत्व लिएपछिि ढुुक्क,,,,,,,,,
ReplyDelete