ती सुरेशकुमार, यी यसकुमार

विश्वास खड्काथोकी
विश्वास खड्काथोकी
विश्वास खड्काथोकी
विश्वास खड्काथोकी
  • विश्वास खड्काथोकी
यसकुमारलाई पहिलो प्रश्न थियो, ‘टाउकोमा रुपमाल किन बाँध्नुहुन्छ ?’
यसकुमारको टाउकोमा अडिएको रुपमालसँग मेरो पत्रकारिताको धर्म त जोडिएको छैन । तर, उनको अडियन्सको जिज्ञासाले मलाई कुत्कुत्याइरहेको थियो । भेट्ने वित्तिकै मेरो आँख उनको टाउकोमै खस्यौ त, मैले अरु के सोधुँ ?

रहस्यमय रुमालबारे यसकुमारले सहज उत्तर दिए, ‘मेरो वुवा वित्नुभएपछि केही समय बाँधेको थिएँ । यसलाई त मान्छेहरुले फेसनको रुपमा हेर्न थालेछन् । त्यसपछि निरन्तर बाँध्न थालेँ । म बाइकको निकै शौखिन । हेलमेडले कपाल झर्ने समस्या हुन्थ्यो । यसकारण पनि रुमाल बाँधेँ । अहिले त टाउकोमा रुमाल नभए बाटोमा भेटे पनि चिन्दैनन् मान्छेहरु । यो स्टायल धेरैले ‘कपि’ पनि गरिकेका छन् ।’

यसकुमारले यतिभनिसक्दा कोठामा कफि आइसकेको छ । ब्राउन कपमा ‘ब्ल्याक कफी’ । अनामनगरको एउटा कोठामा छौँ हामी । न सोफामा छौँ, न टेबल कुर्सीमा । भूँइमा गलैचा फैलिएका छन् । र, त्यसैमाथि रहेको चकटीमा बसेर गफिने मुडमा छन् यसकुमार । टाउकोमा ब्ल्याक रुमाल बाँिधिएको छ । बाहिर साँझ परिसकेको छ । सिएफएल चिमको उज्यालोमा बसेर जीवनको उज्यालो अध्यारोमा शयर गर्न खोज्दैछन् उनी । अनि मैले खोजिरहेको छु, उनको विगतलाई सम्झाइदिन ।

घोर अन्धकारबाट उज्यालोतिर लम्केको नाम हो ‘यसकुमार’ । सुरेशकुमार नेपाल परियार र यसकुमारबीचको अन्तरकथा दुखान्त सीनेमकोभन्दा दर्दनाक छ ।

अर्को सक्रेट, ‘यसकुमारको किन कास्ट लेखिएन ?’ गम्भीर उत्तर दिन्छन्, ‘कलाकारको कुनै जात हुँदैन ।’

यो नामसँग जोडिएको अर्को एउटा प्रशंग पनि छ । यसकुमारले उनको कृति पनि जनाउँछ । शुरुमा उनले म्युजिक भिडियो गर्दा त्यो पोस्टरमा लेखिएको थियो, यसकुमार । त्यसपछि उनी सुरेशकुमारबाट यसकुमार भए ।

यसकुमार भएपछि उनको जीवनले काँचुली फेरेको थियो । अर्कै धरातलमा पुगिसकेका थिए । भन्न त उनले अझै पनि म यही माटोमा उभिएको छु भन्छन् । तर, साँच्चै यसकुमार सुरेशकुमारको पुर्नजन्म हो ।

सुरेशकुमार कैयौँ रात भोकै बसेको छ । राम्रोसँग जाडो नछेक्ने छाप्रामा रात विताएको छ । चिउराको भरमा छाक काटेको छ । बागमतिबाट रातारात वालुवा झिकेर त्यससँगथ पैसा साट्न हिँडेको छ । छापाखानाको कागजका पानामा जीवन खोजेको छ । उसले जे पनि गरेको छ । किनकी उ सुकुम्बासी थियो । घरखेत बाढीले बगाएपछि बनेको सुकुम्वासी । त्यसैले यसकुमार भन्छन्, ‘हामीले जिरोबाट जीवन शुरुवात गरेका हौँ ।’

जब सर्लाहीको उनको सम्पन्न घर र सम्पत्ति मध्येरातमा बाढिले बगायो अनि उनीहरु पुलमा पुगेर रात काटे । उसो त काभ्रेमा जन्मिएका उनका बुवा राम नेपालले गाउँकै गीत परियारलाई विहे गर्ने साहास गरेपछि सर्लाही पुग्न विवस बनेका थिए । ०४५ सालको बाढीपछि केहीसमय गाउँमै डुलेर रात विताए । त्यसरी पनि जिन्दगी चलाउन धौ धौ भएपछि काठमाडौंको कुमारीगाल बस्न आइपुगे । उनीमुनि एक जना भाई थिए । उनीमाथि पाँच जना दाइहरु । दाईहरुले बाटो तताए अनि बाँकी रहे उनको आमा बाबा, भाइ र उनी । उनीहरु कहिले झ्याल नभएको पाटीमा जीवन विताए । कहिले खुला आकाशमा रात काटे ।

कालो कफिको सुर्कीसँगै उनी कालै दिनहरु सम्झन थाल्छन्, ‘बुवा अलि अलि राजनीति गर्नुहुन्थ्यो । कुन पार्टीमा हुनुहुन्थ्यो याद छैन । बेलुकी डेरा र्फकदा केही खर्च पनि बोकेर ल्याउनुहुन्थ्यो । तर, त्यसरी नै सँधै चलेन । परिणाम सुरेशकुमार पनि खर्चको जोहोमा लाग्नुपर्यो ।


एउटा १२, १३ वर्षको बच्चा । जसलाई जीवनले परिक्षा लिन खोज्दैछ । र, जीवनलाई सहि ढंगले परिभाषित गर्ने जिम्मा दिएको छ । या भनौ अग्नीपरिक्षा लिदै छ । त्यो बच्चा जसले निकै मिठो गीत गाउँथ्यो । त्यसैले साथीहरुले उसलाई नै गीत गाउँन लगाउथे ।



सूरेशकुमार स्कुल जान्थेँ र फुर्सद भैहाल्योकी साथीहरुसँग खेल्न पशुपति परिषरमा पुगिहाल्थे । त्यहाँ खेल्न निकै आनन्द आउँथ्यो उनलाई । एक दिन  स्कुलबाट भोकाएर डेरामा पुग्दा ढोकामा भोटेताल्चा मारिएको थियो । बुवाआमाहरु वाहिर निस्केका थिए । किन पनि समयमा घर फर्कीएका थिएनन् भने त्यो दिन जसरी पनि कोठा भाडा बुझाउनुपर्ने थियो । दुःख भयो उनको पेटलाई ।  झ्यालबाट भित्रका खानेकुर निकालेर पेट भर्नको लागि उनीहरुले हर प्रयास गरे । तर, खानेकुरा बाहिर आउँनै मानेन । त्यो दिन रातीसम्म भोकै पेट बुवा आमाका प्रतिक्षा गरेका थिएन सुरेश र उनका भाइले ।

भविश्यमा गायक बन्छु भन्ने त एक रती पनि उनको दिमागमा थिएन । तर, यस्तो लाग्छ समयले उनलाई त्यतैतिर दोहो¥याइरहेको थियो । एउटा उदाहरण जुन आज सम्झदा स्वयं सुरेश नै आश्चार्यमा पर्छन् ।

यसकुमार आश्चर्यको कारण सुनाउँछन्, ‘शहरमा अमिताव बच्चन आउने हल्ला चल्यो । पशुपतिमा आउने कुरा पनि सुनियो । ‘खुदा गवाह’ फिल्मको सुटिङ गर्न उनी नेपाल आएका रहेछन् । यो सुन्न साथ हामी पशुपतिमा पुग्यौँ । यसै पनि हाम्रो लागि रमाइलो ठाउँ थियो पशुपति । अमिताव बच्चनलाई देख्न पाउने भएपछि म फुरुङ्ग भएको थिएँ ।

माथिबाट देखिन्छ भनेर म हनुमानको मन्दीरमा चढ्न किनै प्रयास गरिरहेको थिएँ । निकै बेरको त्यो प्रयास असफल थियो । अमिताव फर्कीसकेको हल्ला चल्न थाल्यो । म निराश बनिसकेको थिएँ । तर, प्रयास जारिनै राखेँ ।

केही छिनमा एक जना मान्छेले मलाई पछिबाट समायो र जुरुक्क उचालेर छेउतिर राखिदियो । यसो गरेकोमा मलाई झोँक चलेको थियो । पछाडि फर्केर हेर्दा त त्यो त्यही मान्छे रहेछ, जो ‘खुदा गावाह’ फिल्म सुटिङको लागि नेपाल आएको छ । अमिताव बच्चनले मलाई समाएको ! एकछिन त पत्यार नै लागेन ।’ यस्तो कुरा १४ वर्षको वर्षको बच्चाले कसरी विश्वास गर्न सक्छ ।

यसै पनि सूरेसकुमार फिल्म र गीतको शौखिन थिए । किशोर कुमार, नारायण गोपालहरुको गीत खुव सुन्थेँ । बलिउड स्टार सबैको नाम कण्ठस्थ थियो । घरमा बाबाले समाचार सुन्न राखेको रेडियोमा रेडियोमा गीत सुन्थे उनी । त्यतिबेला त रेडियो पनि सबैको हातमा कहाँ हुन्थ्यो र । उनी अझै स्पेसिफिक बन्छन्, ‘रेडियोमा यति रुची थियो की, विग्रेको रेडियो पनि आफै बनाउने भैसकेको थिएँ ।’

कुमारीगालपश्चात उनीहरु त्रिपुरेश्वरको पंक्षिघाटमा बस्न थाले । जहाँ गरिवहरु बस्ने थुप्रै झप्रा थिए । उनको बुवालाई रोगले च्यापिसकेको थियो । खर्च ल्याउन नसक्ने भैसकेका थिजए । तर, सूरेशकुमारलाई के गौरव थियो भने, जहाँ जसरी बसे पनि काठमाडौंमा बसेका छौँ । भन्छन्, ‘त्यतिबेला काठमाडौंमा बस्नु भनेको अमेरिकै जानु सरहको थियो ।’

त्यही समय उनले छाउनीको प्रेसमा काम गर्न थाले । त्यतिबेला उनको उमेर १६ वर्षभन्दा बढी थिएन । भन्छन्, ‘दिनमा सरदर ६० रुपैयाँ कमाइ हुन्थ्यो । त्यति पैसाले त घरमा मासुभात नै खान पुग्थ्यो ।’

प्रेसममै काम गरिरहदाँ ०५२ सालमा रेडियो नेपालमा स्वर परिक्षा दिन पुगेका थिए उनी । तर, उनी अनुत्र्तीण भए । त्यसपछि कहिल्यै दोहो¥याएर स्वर परिक्षा दिएनन् । किनकी गायक बन्छु भन्ने एक रती पनी थिएन उनीमा । तर, कस्तो सञ्जोक त्यहिताका भारतीय गजल गायक जत्जीत सिंहजस्तासँग पनि ठोक्कीए ।

फल्यासब्याकमा पुग्दा निकै मज्जा आइरहेको छ यसकुमारलाई विगतका दुःखलाई सम्झेर रोमान्चित भइरहेछन्, ‘मेरो निकै राम्रो टेनिस खेल्ने साथी थियो । उसले फोरा दरवारमा काम गर्दथ्यो । त्यहीताका उसलाई चितवनस्थित टाइगरटपको साहुले आफ्नो रिसोर्टमा काम गर्नको लागि लैजाने भएछ । उसले मलाई पनि लिएर गयौ । हामी शुक्रबार त्यहाँ पुगेका थियौँ । जिन्दगीमा पहिलो चोटी भिभिआइपी खाना खाएको थिएँ त्यहाँ मैले ।

बेलुकी सांस्कृतिक कार्यक्रम हुँदै रहेछ । थारुहरु नाचीरहेका थिए । मलाई पनि साथीले गाउँन कर ग¥यौ । दुई वटा हिन्दी र रुविन शर्माको गीत गाएँ । मेरो गीत सुन्नेहरुमा पाइजामा लगाएका केही भारतीयहरु पनि थिए ।

अर्कोदिन विहान म नेटमा सुतिरहेको थिएँ । त्यही पाइजामावाला आएर सोध्यो, ‘राम्रो गीत गाउदा रहेछौँ, तिमीलाई गाउँने इच्छा छ ? केही गर्नु पर्छ ?’ सुरेशकुमारलाई के को मतलव ‘रुची छैन’ भनिदिए ।

काठमाडौं फर्केर क्यासेटको कभरमा हेर्दा त उनले त्यही पाइजामावालाई देखे । अनि उनी त रनभुल्ल पो परे, ‘पाइजामावाला त जतजितसिंङ पो रहेछन् ।’ उनको छेउमा रहेछन् भारतीय विजनेशम्याज अनिल आम्बानी ।

यस्ता कैयन अवसर छुटेकोमा कुनै पश्चताप छैन यसकुमारलाई । बरु, आफ्नै बलबुतामा बलियोगरी खुट्टा टेक्न सकेकोमा गौरव छ । काठमाडौंमा दुःख पाएकोमा गर्व छ । भन्छन्, ‘काठमाडौंनै आउन नपाएको भए क कसरी कलाकार बन्थेँ ?’

उनले आफूलाई यसकारण कलाकार भन्न रुचाउँछन् की, उनी मात्रै गाउँदैनन्, अभिनय पनि गर्छन्, गीत पनि लेख्छन्, गीतमा म्युजिक पनि भर्छन् । अब फिल्म निर्देशन पनि गर्दैछन् । भर्सटायल छन् यसकुमार ।


काम गर्ने प्रेस नजिकै अल्फा साउण्ड डिजिटल रेकर्डिङ स्टुडियो रहनु पनि उनका लागि अर्को सञ्जोग हो । किनकी त्यो स्टुडियोले पनि सूरेशकुमारको गायकी प्यासनलाई थप मलजल गरेको थियो । त्यहाँ पुगेर रहरले एउटा गीत रेकर्ड गरेका थिए, हाँसो मागे तिमीसँग । १८ वर्षमा १५ रुपैयाँ खर्च गरेर रेकर्ड भएको त्यो गीतले उनको रहर पुरा गर्ने बाहेक अरु केही गरेन ।

‘त्यति बेलै मलाई लागेको थियो, मैले गीत गाएर खाँदिनँ’, भन्छन्, ‘त्यसैले कम्पोज गर्न, संगीत भर्नतिर लागेँ ।’ त्यसपछि ५६ सालमा निस्कीयो अस्था एल्वम । अनि ०५७ सालमा उमेर र ०५८ मा यो संसार । यो संसार यसकुमारको स्लो एल्वम थियो । यो संसारको गीत हुन् वेहाल भयो जिन्दगी यो, मैले छोएको पानी चल्दैन यस्तै यस्तै ।

मैले छोएको पानी चल्दै एल्वमको बी साइडको अन्तिममा ठाउँ पाएको थियो । किनकी त्यो एल्वमको निकृष्ट गीत ठानिएको थियो । अझ नेपालको मिडियामा समेत त्यस्लाई बज्न दिइएन । जातिय दंगा फालाउने अनुमान लगाउँदै त्यसलाई ब्याण्ड गरिएको थियो त्यतिबेला ।

त्यही एल्वमको वेहाल भयो जिन्दगी यो मा उनलाई संगीता श्रेष्ठले मोडल बन्न आग्रह गरेकी थिइन र, त्यो मोडलको नाम न्वारान गरियो, ‘यसकमार’ । उनले प्रज्ञा भवनमा गरेका केही नाटकको अनुभवले पनि उनलाई मोडल बन्न ‘इङ्करेज’ गरेको थियो ।

त्यो एल्वम यस्तो बेलामा सार्वजनिक भएको थियो की, चर्चा पप गीतको मात्रै थियो । रामकृष्ण ढकालजस्ताले पनि हावा खाएर बसेका थिए । आधुनिक गीतको बजार निकै ओरालो लागको थियो । जुन बेला यसकुमारले मध्येमार्गि धार रोजेर गीत निकालेका थिए । आधुनिक जस्तो न, पपगीत जस्तो । त्यो गीतको लागि प्रतिकुल बनेको थियो, दरवार हत्याकाण्ड पनि । हत्याकाण्डपश्चात मिडियामा गीत होइन तानपुरा, बासुँरी र तवलाको धुनमात्र सुनिन्थ्यो ।

०५८ सालतिरै उनले भिसिडी पसल थियो । जसले उनको पेट पालेको थियो । त्यही बेला उनले ग्रेट सर्पराइज पाए । त्यो ‘सप्राइज’को पोको बोकेर सिक्कीमका एउटा इभेन्ट म्यानेजमेन्ट टोली आएको थियो ।

विजय थापाले बल्लतल्ल भेटेछन्, यसकुमारलाई । कारण यो थियो की उनी त्यति पपुलर सिंगर थिएनन्,  की चाहेको बेला जोसुकैले भेट्न पाओस, ठेगाना पत्ता लगाउन सकोस् । उनी त एउटा गल्लीमा भिसिडी पसल खोलेर बसेका थिए ।

टोली एसकुमारको भिसिडी सपलमा आएर प्रस्ताव राख्यो, ‘हामीले एउटा स्टेज कार्यक्रमको लागि तपाईलाइ लैजान चाहान्छौँ । त्यसको लागि आइसी ४० हजार रुपैयाँ दिन्छौँ ।’ उनलाई विश्वास नै लागेन । तर, वास्तविकता उनको अगाडि थियो ।

त्यतिबेला उनले एउटा कार्यक्रमको भारतीय ४५ हजार रुपैयाँ हात पारे । भन्छन्, ‘त्यति ठूलो रकम पाउछु भन्ने सोचेकै थिएन । त्यतिबेला कार्यक्रमको लागि यति ठूलो रकम पाउँने कलाकार सायदै थिए ।’

जीवन धान्न सकस परेको बेला प्राप्त भएको त्यो रकम उनको लागि भैंकर थियो । पैसा हात परेपछि शैलुनमा गएर हेयरस्टायल चेन्ज गरे । फेसियसल गरे । विशालबजार पुगेर ब्राण्डेड कपडा किने । अब कोठमा गएर चिटिकक परेको अनुहार हेरेँ, त्यतिबेला सुरेशकुमार होइन यसकुमार उभिएको थियो ।

सिक्कीम पुगिसकेपछि पो उनलाई थाहा भायो ४५ हजार आइसीको ‘डिमाण्ड रहस्य’ । ठूला ठूला पोस्टरमा लेखिएको थियो, ‘यसकुमार हाम्रो शहरमा’ । उनका गीत कपी गरेर नक्कली सिडी बेच्ने क्यासेट पसलवालाई भ्याइ नभ्याई थियो । त्यही भिडमा उनले पनि एउटा आफ्नै सिडी किनेँ । तर, यसकुमारलाई पसलेले चिनेन । नक्कली सीडिमा कभर थिएन ।

कार्यक्रम हलमा मान्छेहरु त्यस्तै । आफ्नो गीत सुन्नको लागि टिकट नपाएर झगडा गर्नेहरुको भीड पनि त्यही देखे उनले । काठमाडौंको एउटा गल्लीको भिसिडी पसले सिक्कीममा ठूलो सेलीब्रेटी बनिसकेके रहेछ । त्यहाँ उनले एउटा होइन धेरै नै स्टेज पर्फमेन्स गर्नुप¥यो ।

त्यसपछि उनका ती व्याण्डवाला गीत डार्जलिङ झापा हुँदै हिट् बन्दै काठमाडौंसम्म आइपुगे । रेष्टूरेण्टमा उनकै गीत बज्न थाले, गाडिमा उनकै गीत । यतिसम्मकी यसकुमार मुस्ताङ पुग्दा च्याङग्रा गाठालोले पनि गुनगुनाएको सुने, ‘मेलै छोएको पानी चल्दैन...’ । भन्छन्, ‘फ्यानक्रेज यस्तो थियो की, यसकुमारले पनि हामीले जस्तै खाना खान्छ र ? सम्म भन्थे ।’


यसकुमार अब गायकमात्र रहेनन् । उनी अभिनेता पनि हुन् । आधीबाटो, वीर, बाटोमुनिको फुल, बाटोमुनिको फुल २ लगायतको फिल्ममा अभिनय गरिसकेका छन् । उनका सदावाहार गीत अहिले पनि जनमानसमा ओठबाट फुट्ट फुट्ट निस्कीरहन्छन् । यसकुमारको ओठबाट पनि निस्कीरहेछन् नयाँ सिर्जना । कलाकारितामा आउनुभन्दा पहिले उनी कवि थिए । भन्छन्, ‘मैले जति पनि गीत लेखेँ ती सबै कविता हुन् । कवितामा संगित भ¥यो भने गीत बन्दो रहेछ ।’

उनी स्क्रिप्ट राइटर हुन् । ‘हर छातिमा यो दिल हुन्न’, फिल्मको स्क्रीप्ट लेख्दैछन् र, त्यसैलाई निर्देशन गर्दैछन् । उनी जीतिय विभेदविरुद्धको अभियन्ता पनि हुन् । किनकी नेपालको जातिय विभेदलाई समेटेर फिल्म नै तयार गरे । जुन नेपालको इतिहासमा विरलै भेटिन्छ । जीवनको ३६ औँ बसन्त पार गरिसक्दा उनले बुझेको जीवन, ‘चाहाना, आवश्यकता र वाध्यता को सम्भमीश्रण हो ।’

२०७३ साल मंसिर ६ गतेको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित, तस्वीरः विनोद विष्ट

Comments