शिक्षकले सिकाउन नसकेको पाठ

फ्रिकाकी एक घुमन्ते युवतीले काठमाडौँको ठमेल आएर भनेको सुनेको थिएँ, ‘जीन्दगी यात्रा हो जहाँ सम्बन्धहरु बनाइन्छन् । र, उस्तैगरी भत्काइन्छन् ।’ निकै जतिल उत्तर भएको यो सजिलो प्रश्न ‘जीन्दगी के हो ?’ लाई एक पत्रिकाका स्तम्भकारले सजिलै सोधेका थिए । फराकिलो परिभाषा बोकेको यो प्रश्नको उत्तर ती घुमन्तेले सकेसम्म सहज बनाइएर दिएकी थिइन् । तर, उनले भने जस्तै सम्बन्धहरु उस्तैगरी नभत्किदा रहेछन । सम्बन्धहरु निमार्ण हुनु र भत्किनुमा नितान्त फरक फरक कारणहरु अवश्य नै हुन्छन् ।

भिम सुनार
सम्बन्धहरु सुरु हुँदा उत्साहपूर्ण समय र महत्वकाँक्षा साथमै हुने गर्दछ । तर, फर्केर हेर्दा सम्बन्धहरु किन मजबुत हुन सकेनन भन्ने जिज्ञासाका केही कारणहरु र केही निरासाहरु पनि हुने गर्दछन । जिवनकै निकै महत्वपूर्ण उमेर समयको केही बर्ष मैले म्याग्दीको केही विद्यालयहरुमा बिताए । समय अन्तरालमा परिवर्तन भइराख्ने ब्यक्तिगत महत्वकाँक्षाकै कारणले मेरो म्याग्दीको बसाई अझै लामो हुन सकेन । त्यो अत्यन्तै सैेहार्दपूर्ण बसाइमा जिबनका थुप्रै अुनभुतिहरुलाई अनुभबहरुमा महशुस गर्न पाइयो । केही अनुभबहरु सँग जोडिएका मेरा विचारहरु अहिले सुनाउँदा सान्दर्भिक मानेको छु ।


विद्यार्थीको व्यैक्तिक उपलब्धिलाइ हेरेर भन्दा सँस्थागत शैक्षिक उपलब्धिमा केन्द्रित बनेर गरेको मुल्याँकनको आधारमा शैक्षिक उपलब्धि मापन हुनु दुखद हो । हरेक बालबालिकाको भविष्य निमार्णमा जिम्मेदार विद्यालयको कार्य प्रगति मुल्याँकन एस.एल.सि. मा कुन स्कुलले कति विद्यार्थी पास गर्यो भन्ने आधारमा मात्रै हुनहुँदैन । विद्यालयको प्रगति विवरणमा जेसिस कपको उपाधि, राष्ट्रपति कपमा प्राप्त पदक सँख्या जस्ता सफलता पनि गणना हुनु जरुरी छ ।

किन हामी एक व्यक्तिको समृद्धि, डाक्टरी र इन्जिनिइरीङ बाहेक अर्को क्षेत्रमा देख्दै देख्दैनौ ? थुप्रै कर्ण प्रिय गित सुनेर मुग्ध हुने हामी आफै शिक्षकहरु, हाम्रो विद्यार्थी एक कुशल सँगितकार र गीतकार भएको सपना हामी किन देख्दैनौ ? पेलेको जीवनी घोकाएर भर्खर कक्षाबाट फर्केको एक शिक्षकले किन आफ्नो विद्यार्थीको मुल्याँकन उसको राम्रो हेन्डराइतिइबाट मात्र गर्दछ ? मेसी र रोनाल्डोको खेल हेर्नको लागी पुरै रात अनिदो बसेर विहानको क्लास नै स्किप गर्ने शिक्षकहरुले आफ्ना विद्यार्थीहरुमा किन मेसी र रोनाल्डोको दर्पण देख्न सक्दैनन ? अझ बढी दुःखको कुरा त राजनीतीलाई बिद्यालयबाटै निरुत्साहित नै गरिन्छ । संसारमा ठूला ठूला कायालपट ल्याउने सामाथ्र्य भएको राजनैतिक व्यक्तित्व निमार्ण गर्न हामी किन ब्यवास्ता गरीरहेका छौँ ? संसार हल्लाउने समाचारहरु निमार्ण गर्ने संचारकर्मीहरुमा हाम्रो बालबालिकाहरुको भविस्य किन देखिरहेका छैनौ ?
प्रतिस्थित प्रतियोगितामा उक्त विद्यालयको उपस्थिती र प्रदर्शनको पनि मुल्याँकन हुनपर्दछ । विद्यालयले किताबी ज्ञानलाई मात्र प्राथकितामा राखेर गतिविधी सँचालन गर्ने हो भने, सार्वजनिक महत्ब राख्ने थुप्रै क्षेत्रहरुमा हाम्रा विद्यालयका उत्पादनहरु देख्न पाउने छैनौँ । संसारमा हरेक मान्छेहरु हातको औँलाको फरक फरक चक्र लिएर आएका हुन्छन् । त्यसैले त सबैसँग फरक फरक क्षमताहरु हुन्छन् जस्तो लाग्छ ।

कक्षा कोठामा प्राय शिक्षकहरु शैक्षिक परिक्षामा लिएको जाँचमा पहिलो र दोस्रो हुनेतिर मात्रै कक्षा केन्द्रित गरेको देख्न पाइन्छ । हिसाब र किताबमा कमजोर हुनेहरुको क्षमतामाथी किन यति धेरै नैराश्यता छ हाम्रा स्कूलहरुमा ? म आफू स्कूल पढ्दा पनि सरहरुको यस्तो खालको व्यवहार भोगेकै हो ।

कक्षामा पोजिसन होल्डरहरु पहिलो र दोस्रो बेञ्चमा बस्ने गर्दछन । त्यसैले सर र मिसहरुको आँखा ति बेञ्चहरु पार गरेर अरु बेञ्चमा जानै मुस्किल । किन हामी एक व्यक्तिको समृद्धि, डाक्टरी र इन्जिनिइरीङ बाहेक अर्को क्षेत्रमा देख्दै देख्दैनौ ? थुप्रै कर्ण प्रिय गित सुनेर मुग्ध हुने हामी आफै शिक्षकहरु, हाम्रो विद्यार्थी एक कुशल सँगितकार र गीतकार भएको सपना हामी किन देख्दैनौ ? पेलेको जीवनी घोकाएर भर्खर कक्षाबाट फर्केको एक शिक्षकले किन आफ्नो विद्यार्थीको मुल्याँकन उसको राम्रो हेन्डराइतिइबाट मात्र गर्दछ ? मेसी र रोनाल्डोको खेल हेर्नको लागी पुरै रात अनिदो बसेर विहानको क्लास नै स्किप गर्ने शिक्षकहरुले आफ्ना विद्यार्थीहरुमा किन मेसी र रोनाल्डोको दर्पण देख्न सक्दैनन ? अझ बढी दुःखको कुरा त राजनीतीलाई बिद्यालयबाटै निरुत्साहित नै गरिन्छ । संसारमा ठूला ठूला कायालपट ल्याउने सामाथ्र्य भएको राजनैतिक व्यक्तित्व निमार्ण गर्न हामी किन ब्यवास्ता गरीरहेका छौँ ? संसार हल्लाउने समाचारहरु निमार्ण गर्ने संचारकर्मीहरुमा हाम्रो बाल बालिकाहरुको भविस्य किन देखिरहेका छैनौ ?

मैले पढाएको एउटा विद्यालयमा, एउटा बर्ष कक्षा १० को एक विद्यार्थीलाई सेन्डअप आउनै लाग्दा विद्यालयबाटै निस्काशन गर्नको लागी हेडमास्टरले स्टाफ मिटिङ नै बोलाएका थिए । केही दिन विद्यालय नै नआएर उ गितार बजाउन गाउँको मेला मेलामा कुद्नु नै उसको कमजोरी थियो । त्यतिबेला बास्तबमै म अचम्म परेको कुरा के भने कैयौँ बर्ष आफ्नै आँगनमा राखेर आँफैले सिकाएको शिष्यलाई एउटा हेडमास्टरले कसरी तँ नालायक भइस भन्न सक्छ ? आफूले के सिँकाएको थिँए भनेर आत्मसमिक्षा गर्नसक्नु पथ्र्यो की पर्दैन्थ्यो ?

भइहाले पनि मन्दिर जता जता छ त्यतै मात्र अधिकाँस भ्रमण कार्यक्रम तय हुन्छ । काठमाडौँमा भ्रमण लगियो भने विद्यार्थीहरुलाई देखाउने र सिकाउने ठाँउ भनेको हिन्दु धर्मका धार्मिक स्थलहरुमात्र हुने गर्दछन । क्रियश्चन र मुस्लिम परिवारबाट आएका नानी बाबुहरुलाई उनीहरुको आस्था केन्द्रमा हामीले कहिल्यै लगिदिएनौ भने, हाम्रो हनुमानजीको मूर्ति अगाडी बसेर कसरी मुस्काराएर सेल्फि खिच्न सक्छन्, उनीहरु । किर्तीपूरमा रहेको केन्द्रिय पुस्तकालय भन्दा साँगामा रहेको अग्लो शिवजीको मूर्ति नै हाम्रा पण्डित मास्टरहरुले देख्ने ज्ञानको ठूलो भण्डार हो ।

उसलाई म्याथ र साइन्सका कैयौँ थ्यौरीहरुभन्दा गितारको तारबाट निस्कने आवाज नै बेहत्तर लाग्न सक्छ । त्यही आवाजमा नै उसले जीबनका सुन्दर रँगहरु देख्छ भने हामीले उसको खुशीलाइ जोगाउन प्रयत्न गर्नुपर्छ । सबै क्षेत्रका आफ्ना आफ्नै गौरबपूर्ण उचाइ हुन्छन् । त्यसैले हामी हाम्रा विद्यार्थीहरुलाई यी क्षेत्रहरुमा पनि प्रोत्साहन गर्न आवश्यक छ । किन एउटा केटाले म गितार बजाउन स्टेज उक्लिन्छु भनेर उसको आफ्नै शिक्षक र बाबा आमासँग सोध्न डर मान्नुपर्छ ? आखिर उसले बजाएको गितारको धुनमा कैयौँ शिक्षकहरु पनि त झुमेर नाचिरहेका हुन्छन् । साँच्चै संगीत अद्भूत छैन त ? नत्र किन एकजनाले मै हुँ भन्ने बादशाहलाइ पनि झुलाइदिने हैसियत दर्ज गर्छ ?

शैक्षिक क्रियाकलापमा देखिने अर्को उदास लाग्दो क्रियाकलाप भनेको बार्षिक शैक्षिक भ्रमण हो । यसलाइ बार्षिक पनि के भनौँ । एक पटक प्राचार्यको घर ढलान गर्नुपर्ने भएकाले भ्रमण स्थगित भयो । शैक्षिक भ्रमण विद्यालयको बार्षिक क्यालेन्डर भित्र पर्ने एउटा महत्वपूर्ण कार्यक्रम हो । तर उक्त कार्यक्रम विद्यालयको शिक्षक र व्यवस्थापन समितीको पदाधिकारीलाई घुम्न मन लागे मात्र तय हुन्छ । विद्यार्थीको चाहाना र आबश्यकतालाई ध्यानमा राखेर भ्रमणको आयोजना गरेको मैले खासै देख्दिन । भइहाले पनि मन्दिर जता जता छ त्यतै मात्र अधिकाँस भ्रमण कार्यक्रम तय हुन्छ । काठमाडौँमा भ्रमण लगियो भने विद्यार्थीहरुलाई देखाउने र सिकाउने ठाँउ भनेको हिन्दु धर्मका धार्मिक स्थलहरुमात्र हुने गर्दछन । पशुपतिनाथ, बुढानिलकण्ठ, गुहेश्वरी, दक्षिणकाली, साँगाको अग्लो शिवजी । हाम्रा भ्रमणका सूचिमा यी भन्दा बाहिरका ठाँउहरु बिरलै पर्लान । धार्मिक भ्रमण नै गराउने हो भने शानदार चर्चहरु र ठूला ठूला मस्जिदहरु पनि देखाउन आवस्यक छ । नत्र त हामी हाम्रा विद्यार्थीहरुलाई धार्मिक सहिष्णुताको पाठ पढाउन सक्दैनौँ ।

क्रियश्चन र मुस्लिम परिवारबाट आएका नानी बाबुहरुलाई उनीहरुको आस्था केन्द्रमा हामीले कहिल्यै लगिदिएनौ भने, हाम्रो हनुमानजीको मूर्ति अगाडी बसेर कसरी मुस्काराएर सेल्फि खिच्न सक्छन्, उनीहरु । किर्तीपूरमा रहेको केन्द्रिय पुस्तकालय भन्दा साँगामा रहेको अग्लो शिवजीको मूर्ति नै हाम्रा पण्डित मास्टरहरुले देख्ने ज्ञानको ठूलो भण्डार हो ।

न्यूरोडको सडकमा हिड्दाहिँड््दै चप्पलको टुना छिन्यो भने, छिनेको चप्पललाई हातमा लिएर हिँड्न सक्ने सार्मथ्य सिकाउनुपर्छ हामीले हाम्रा विद्यार्थीहरुलाई । नदिको तिरमा गिँटी कुटीरहेकी एक विधुवाको रक्ताम्य हात देख्दा हाम्रा नानी बाबुहरुको आँखाका दिलहरु भत्किन आबश्यक छ । ठुला ठुला दार्शनिकहरुकोे हरफहरु भन्दा, आफ्नै बाबाको पसिनाले भिजेको इस्तकोट र टोपीबाट निस्केको अमिलो गन्धबाट उसले जिबन जिउने प्रेरणा लिनसक्नुपर्छ । तर सकेनन भने गल्तिहरु हाम्रा हुनेछन ।
रेडियो ब्रोडकास्तिङ कसरी गरीन्छ ? टेलिभिजन स्टुडियो कस्तो हुन्छ ? फिल्मको स्कृप्ट कसरी तयार गरीन्छ ? प्रकाशनगृहबाट एउटा किताब कसरी तयार हुन्छ ? एक पोका दुध गोठबाट बजारसम्म आउन के–के प्रक्रिया पुरा गर्नुपर्छ ? यी सारा जिज्ञासाहरु त हाम्रा विद्यार्थी हरुको लागीे कथा पढे जस्तै हुन । बरु हाम्रो विद्यार्थीले दक्षिणकाली, मनकामना र पशुपति मन्दिर परिसरको पूजा सामाग्री र उपहारका मूल्यको तुलना सजिलै गर्न सक्छन भ्रमण सकेपछि । हैत ! हाम्रो मान्यबरहरुले तयार गरेको शैक्षिक भ्रमण ।

एउटा तीतो यथार्थ के छ भने, बिद्यालयका शिक्षकहरुवीचको एकाता र सौहार्दता जिरो छ । मा.वि.का शिक्षकहरुले नि.मा.वि र प्रा.वि.का शिक्षकहरुलाइ शिक्षक नै नगन्ने । भर्खर सेबामा प्रवेश गरेका मा. वि. तहका कतिपय शिक्षकहरुले प्रा.वि.तहमा धेरै बर्ष सेबा गरेर अबकाश हुन लागेका शिक्षकहरुको अभिबादन कुरेर बस्ने तीतो यथार्थ मैले नै देखेको छु । झन् कार्यालय सहायकको नमस्कार त फर्काउनै पर्दैन । यो समस्या निजी विद्यालयमा अज डरलाग्दो छ । उच्च मा.वि.का शिक्षकहरुले मा.वि.का शिक्षकहरुलाई गौण देख्ने, मा.वि.का शिक्षकहरुले नि.मा.वि र प्रा.वि.का शिक्षकहरुलाइ शिक्षकै नगन्ने, बजारमा घर भएकाहरुले भाडामा बस्ने शिक्षक शिक्षिकलाइ नगन्ने । विज्ञान, गणित र सरकारी बिद्यालयमा अँग्रजी पढाउने सरहरुलाई छुनै सकिन्न झन । विद्यालयको व्यबस्थापनमा समेत उहाँहरुको दख्खल राम्रै हुन्छ क्यारे । कतिपय समयमा त प्र.अ. ले गरेको निणर्य हामीलाइ नसोधेर किन गरेको भनेर इनकाउन्तर नै हुने गर्दछ । यो समस्या नै बिद्यालयमा हुनुपर्ने शिक्षकहरुको एकता नहुनुको प्रमुख कारण हो । जसले विद्यालयको पुरै शैक्षिक वाताबरण नै स्वस्थ हुन पाइरहेको हुँदैन ।


शिक्षकहरु समयअनुकुल अपडेत नगराउनु र नहुनु विद्यालयमा भएका सिकाइका समस्याहरु हुन । त्यसैले म्याग्दीमा अझै पनि इँग्लिस नपढाएर अँग्रेजी पढाइराखिएको छ । अँग्रेजी पढाएर इँग्लिस सिकाउन त ग्राहो छ नि ! नयाँ परिवर्तन र आवश्यकताहरुलाई शिक्षकहरुले आत्मसाथ गर्नै पर्छ । हामी शिक्षकहरु उच्च आर्दश र चेतनासँग जोडिएर कक्षामा छिर्नु आवश्यक छ ।

समाजको हरेक परिबर्तनमा शिक्षकहरु एक सँवाहक जस्तै हुने गर्दछन् । त्यसैले न्यूरोडको सडकमा हिड्दाहिँड््दै चप्पलको टुना छिन्यो भने, छिनेको चप्पललाई हातमा लिएर हिँड्न सक्ने सार्मथ्य सिकाउनुपर्छ हामीले हाम्रा विद्यार्थीहरुलाई । नदिको तिरमा गिँटी कुटीरहेकी एक विधुवाको रक्ताम्य हात देख्दा हाम्रा नानी बाबुहरुको आँखाका दिलहरु भत्किन आबश्यक छ । ठुला ठुला दार्शनिकहरुकोे हरफहरु भन्दा, आफ्नै बाबाको पसिनाले भिजेको इस्तकोट र टोपीबाट निस्केको अमिलो गन्धबाट उसले जिबन जिउने प्रेरणा लिनसक्नुपर्छ । तर सकेनन भने गल्तिहरु हाम्रा हुनेछन । तर सकेनन भने कमजोरीहरु हाम्रा हुनेछन । असफल हाम्रा होनहार सम्भाबना बोकेका हाम्रा नानी बाबुहरु होइनन, हामी हुनेछौँ । हामीले हाम्रा कर्णधारहरुलाई मिस गाइडिङ गरिरहेका छौँ ।


श्रमप्रतिको सम्मान गर्ने क्षमता हामीले हाम्रा नानी बाबुहरुलाइ सिकाउनै पर्छ । ठेलामा चनाचटपट बेच्ने पसलेलाइ हाम्रा नानी बाबुहरुले, ‘भैया चटपट देऊ त’ भनेको सुन्दा, ठेलाको आडैमा बसकी ती दाइकी श्रीमतीले आफ्नो परिश्रमी श्रीमानको बारेमा कस्तो धारणा बनाउदी हुन ? हाम्रा केटाकेटीले, ती पसलेलाई अँकल मलाइ पनि चटपट दिुनुुस न भनेर सम्बोधन गरीदिएको भए ती श्रमजीबिहरु कति आत्मगर्व गर्दाहुन् ? त्यसैले राष्ट्रको समृद्घि र समग्र समाज रुपान्तरणको खाँतिर हाम्रा बिद्यार्थीहरुलाई खरो उतार्नको लागी हामीले बिद्यालयबाटै खास पहल गर्नैपर्छ ।


सुनार आइटीका विद्यार्थी हुन्

Comments