– विश्वास खड्काथोकी
यहाँ मुटुका मात्र गीत बन्छन् । मनका गीत बन्छन्, कविता भन्छन् । अह ! कहिल्यै मिर्गौलाका गीत बनेनन् । यदी मिर्गौलाले पनि रगत नै पम्प गथ्र्यो भने ? सायद मुटुको गीत बन्दैन थियो ।
तर, यहाँ मिर्गौलाको सुन्दर गीत छ । या तपाई यसलाई कविता भन्न सक्नुहुन्छ । या कथा भन्न सक्नुहुन्छ । केही छैन फिल्म नै भन्नुस् न ! कहा शक्तिशाली फिल्म भन्दा कमजोर छ र प्रधानमन्त्री केपी ओलीको मिर्गौला कथा ।
उस्तै गीत छ, अञ्जान घिमिरेसँग । जसको मिर्गौला लिएर पुर्नजिवन पाएका केपी ओली तत्कालिन एमाले अध्यक्ष बने । दुइतिहाइ नेतृत्वको प्रधानमन्त्री बने । १२ वर्षदेखि प्रधानमन्त्री ओली अञ्जानकै मिर्गौलामा बाँचिरहेछन् ।
यो भन्दा मिर्गौलाको सुन्दर गीत अर्को के हुन सक्छ ?
दुई हप्ताअघि अञ्जान केपी ओलीलाई भेट्न पुगेकी थिइन् । केपीका गाला सुन्निएर पुक्क भएका थिए । तर, हाउभाउले केपी कत्ति पनि विरामी देखिदैन थिए । चस्माको छेकोबाट हेर्दै ओलीले प्रश्न गरे, ‘नियमित स्वास्थ्य परिक्षण गरिरहेकी छौ ?’ अञ्जानले टाउको हल्लाइन् ।
एकछिनपछि फेरि ओली बोले, ‘तिमीहरु चिन्ता नगर । आझ दुई तीत वर्ष छोरीकै मिर्गौलो बाँच्छु म ।’ अञ्जान नाताले ओलीको बुहारी पर्छिन् । तर, ओली जहिल्यै छोरी भन्छन् ।
उता, डाक्टरलाई सुनौँ त । बाँच्नका लागि केपी ओलीसँग अब मात्र दुई विकल्प छन् – कि मिर्गौला पुर्नप्रत्यारोपण या नियमित होमोडायलायसिस् ।
अव अञ्जान सुनाउँछिन्, खुशी र आँशुले कुँदिएको मृगौलाको गीत, कविता, कथा, फिल्म, उपन्यास(जे भन्नुस्) ।
०००
आजभन्दा १२ अघि ओर्लिऔँ । केपी ओली बैंककबाट स्वास्थ्य परिक्षण गरि फर्कीएका थिए । ‘हाल खवर कस्तो छ ?’, परिवारको सदस्यलाई चासो हुने नै भयो । भाइ ताराप्रसाद वली र बुहारी अञ्जान बालकोट पुगेका थिए ।
प्रधानमन्त्री ओली मुसुमुसु हाँसिरहेका थिए । दिनको समय । वाहिर घाम लागेको थियो । केपी ओलीले भने अन्धकार कथा सुनाए, ‘दुवै मिर्गौलाले काम नगर्ने भयो ।’
ला... ! अञ्जानलाई ओडाहा छुट्यो ।
मैले बचाउन पो सक्छु की ! उत्तिखेरै अन्जनाको दिमागले यत्ति सोच्यो । बैठक कोठामा सन्नाटा छाएको थियो । अञ्जानले नै सन्नटा चिरिन्, ‘मैले दिन्छु मिर्गौला ।’
ओलेले नै हाँसेर उडाए, ‘दिन्छेस तैले । न ब्लड मिल्छ । बच्चाको आमा ।’
तर, अञ्जान एकोरिसकेकी थिइन् । अञ्जानले पनि हाँस्दै भनिन्, ‘हेर्नु न ! कस्सैको मिल्दैन । मेरै मिल्छ ।’
जतिबेला अञ्जान भर्खर २२ वर्षमा टेक्दै थिइन् । उनको एक वर्ष नाघेका पहिलो दुदेलु छोरा भर्खर टुकुर टुकर पाइला चाल्न थाल्दै थिए । कुरा फेरि मिर्गौला झिक्ने छ । कसले पत्याओस् !
अर्को दिन अञ्जानले ओलीलाई फोन गरिन्, ‘म जचाउँन आउँछु । मैले नै दिन्छु मिर्गौला ।’ केपी ओली मानिरहेका थिएनन् । तर, उनी जवरजस्त बालकोट नै पुगिन् ।
फेरि ओलीले सम्झाए, ‘यस्तो कुरामा ख्याल ठट्टा गर्नु हुँदैन । अरुले पनि दिन सक्छन् नी ! तिमीले बाबुलाई हेर्नुपर्छ ।’ अञ्जान मान्नेवाला थिएनन् । भनिन्, ‘बाबु हेर्ने अरु छन् । बरु जाचाउन जाऔँ ।’
अञ्जानको जिद्दिको अगाडि केपी ओलीको अडान पनि काम लागेन । ओलीले भने, ‘उसो भए श्रीमान, आमा, बाबासँग सल्लाह गर ।’ ‘अरुले नदिए पनि के भोर । मिर्गौला त मेरो हो नी ! यत्ति भनेर अञ्जान वाहिरिइन् ।
अञ्जानले आमासँग त कुरा गरिदिन् । बाबा काठमाडौंमा सँगै थिए । अञ्जान सुनाउँछिन्, ‘बाबालाई सुनाएँ । बाले दे दे नानी यस्तो काम गर्ने आवसर त जहिले तैले मिल्दैन भन्नुभयो । त्यसो भन्दा खेरी उर्जा नै थपिदो रहेछ । श्रीमानले त आफ्नो दाइलाई बचाउन नदिने कुरै भएन ।’
परिक्षण भयो । सबैथोक मिल्दै गयौ । अञ्जान भन्छिन्, ‘मिल्दै गएपछि त अझ उर्जा थपियो । म यस्तो तरिकाले गएको थिएँ की कसैले रोकेर रोकिने वाला थिइन ।’
‘मिर्गौला प्रदान गर्न यति धेरै के ले प्रदान ग¥यो ?’ भित्तामा टाँसको केपी ओलीको फोटो हेर्दै सोधेँ ।
बौद्ध नयाबस्तीको उनको फल्याटमा छौँ हामी । बेड रुपमा । बेड रुमका सामाग्री असरल्ल छन् । कुरा गर्दै जादा अञ्जान बेडबाट सोफामा सरेकी छिन् । छोराछोरी अर्को कोठा छिरेका छन् ।
अञ्जानसँग झट्ट उत्तर भेट्टाउँदैनिन् । जवाफ फर्काउँछिन्, ‘खै ।’
बरु उनले खुशी साट्न थाल्छिन्, ‘जव प्रत्यारोपाणको लागि मेरो मिर्गौला योग्या भयो । त्यतिबेला म एक दमै खुशी भएको थिएँ । साधारण मान्छेलाई बचाउँदा त खुशी भइन्छ भने झन यत्रो देश हाँक्ने नेतालाई बचाउनु त भाग्यको कुरा हो ।’
![]() |
अञ्जनासँग लेखक विश्वास खड्काथोकी । |
सबै कुरा मिलेपछि केलाई पर्खिनु ? १५ दिनमै अञ्जान र केपी ओलीको परिवार भारतको अपोलो हस्पीटलतर्फ लाग्यो । त्यतिबेला केपीले अञ्जानलाई भनेका थिए, ‘तँ जिद्दी रहिछस् । तेरो जिद्दीले जित्यो ।’
०००
०६४, साउनको अन्तिम हप्ता । अप्रेशन सफल भयो । अञ्जान होस्मा आउदा आइसियुमा थिइन् । ‘मेरो मिर्गौला लिएपछि दाइ कस्तो हुनु भयो होला त ?’ होस आउने वित्तिकै अञ्जानलाई देख्ने तीब्र इच्छा थियो । डाक्टरले भने भेटमा रोक लगाएको थियो । तर, मान्छेको मनमा त कसैले टाच्चा लाउन सक्दैन । अञ्जानको मन उडेर केपी ओलीसँगमात्र बसिरहेको थियो ।
डाक्टरले एक हप्ता हस्पीटल बस्नुपर्छ भनेका थिए । दुई दिन अघि नै अञ्जान डिसचार्ज भइन् । तर, एक झल्को केपी ओलीलाई नभेटी उनको मनले कहाँ मान्नेवाला थियो र !
हस्पिटलबाट वाहिरिनुपूर्व अञ्जान डाक्टरको पछिपछि लागिन् । केपी ओली शैयामै सुतिरहेका थिए ।
अञ्जानको आँखा तिल्पीलाउँछन् । शिलिङ तिर फर्कन्छीन् । एक छिन रोकिन्छिन् र भन्छिन्, ‘मलाई देख्ने वित्तिकै उहाँले गहभरि आँशु पार्नुभयो । उहाँको आँशु देखेपछि म पनि थामिन सकिनँ । उहाँले आँशु पुछ्दै भन्नुभयो म ठिक छु । घाउँ पाक्छ अलि केयर गर्नु ।’ तर, अञ्जान केही बोल्नै सकिनिन् । उनले त्यो दुई मिनेट जत्तिको आनन्द जिवनमा सायदै भेटेकी छिन् ।
अन्जना थप्छिन्, ‘एउटा आफ्नो सन्तानलाई जन्म दिदा खुशी भएको थिएँ र अर्को देशको सन्तानलाई बचाउँदा ।’ साँच्चीकै कसैको जिवन रक्षा गर्नुको जत्तिको आनन्द अरु के मा होला ?
जव अञ्जान हस्पीटलबाट निस्कीइन् । उनलाई छोराको मायाले अत्याउन थाल्यो । यसअघि कहिल्यै पनि छोरासँग यति लामो सयम विछोडिएकी थिइनन् अञ्जान । छोरालाई माइत(भरतपुर)मा आमाको जिम्मा छोडेर अपोलो पुगेकी थिइन् अञ्जान ।
त्यसैले भारतमा उनी लामो समय रोकिन सकिनिन् । सिधै काठमाडौं डेरा आइपुगिन् ।
भक्तपुर नयाँ ठिमीमा थियो अञ्जानको डेरा । दुइ कोठा थिए । श्रीमानले सहकार्यमा प्रेस चलाएका थिए । यही थियो जिविकाको मेलो । त्यसैले श्रीमानलाइ तत्काल काममा नफर्की सुखै थिएन ।
करिव २० दिनपछि ओली पनि काठमाडौं ओलिए । अञ्जान हतारिदै बालकोट पुगिन् । सदाजस्तै ओली खुशी देखिन्थे । अञ्जान भन्छिन्, ‘केही पारिवारिक गफ भए । बच्चा लगेर गएको थिएँ । त्यसपछि उहाँ बच्चसँग खेल्न थाल्नुभयो ।’
यता केपी ओलीसँगै अन्जनामा पनि मिडियामा छाएकी थिइन् । तर, अनेक हल्लाहरुले बजार तातेको थियो । कतिले भन्थे, ‘केपी ओलीले मिर्गौला किनेका हो रे ।’ तर, अञ्जानको परिवार आफ्नै जीवनलाई व्यवस्थित गर्ने धुनमा थियो ।
प्रेसबाट घाटा वेहोर्नुपरेको थियो । अञ्जान मदन भण्डारी बोर्डिङ स्कुल पढाउन थालिन् । श्रीमानले किराना पसल चलाउन थाले । चार वर्षपछि छोरी जन्मीयो । बोर्डिङको तलव कति नै हुन्छ र ? अञ्जानले पढाउन छाडिन् । किराना पसलको क्षत्रफल बढाइन् ।
यतिबेलासम्म अञ्जानहरु खरिबोट दक्षिण ढोकामा डेरा सरिसकेका थिए । किराना पसल पनि त्यही थियो । तर, किराना पसलले मात्र परिवार धान्न धौधौ प¥यो । अञ्जानले श्रीमानलाई कतार पठाइन् ।
एक दिन अन्जनालाई भर्खर पसलको सटर खोलेकी थिइन् । उनको पसल छेउमा मासु पसल थियो । केही छिन्मा उनै मासु पसले अञ्जानको पसल अगाडि उभिए र सोधे, ‘तपाईले मिर्गौला कतिमा बेचेको दिदी?’
अन्जना अवाक बनिन् । एउटा मिर्गौलामाथिका मुटु चसक्क भयो । आँखाबाट आँशु खसे । अन्जना अमिलो बन्छिन्, ‘त्यो क्षण सम्झदा अहिले पनि रुन मन लाग्छ । जीवनमा सबैभन्दा नरमाइलो लागेको क्षण थियो त्यो ।’
र, पनि अञ्जान आफुलाई रोक्न सकिनिन् । चिच्याइन्, ‘तपाइको दाइ भाईको मिर्गौला फेल भएपछि तपाईले बेच्नुहुन्छ ?’ ति युवाले भने, ‘सरी ।’ मान्छेलाई मारिसकेपछि भनेको सरीको के अर्थ ?
अञ्जानले जव जव यस्तो कुरा सुन्थिन्, उनलाई लाग्थ्यो, ‘मान्छेबाट मानवता हराइसकेछ ।’
र, पनि अञ्जान जव केपी ओलीसँग पुग्थिन् । ओली उभिएको देखेर सारा पीर विर्सन्थिन् । शरिरभर खुशी शयर गर्थे । तर, कहिल्यै आफ्नो घरमा खाना पकाएर खुवाउन भने पाएकी छैनिन् अञ्जान । भन्छिन्, ‘उहाँलाई कहिल्यै फुर्सद हुँदैन । दुई पटक राधिका भाउजुसँग आएर कालो चिया खाएर फर्कीनुभएको छ ।’
०००
त्यसपछि पनि केपी ओलीसँग पटक पटक भेट भयो अञ्जानको । प्राय परिवारसहित बोलाउँछन् । र, जहिल्यै भेट्ने वित्तिकै ओली प्रश्न गरिहाल्छन्, ‘स्वास्थ्य जाँच नियमित छ ?’
‘समयमा परिक्षण गरेन भने उहाँ खुव रिसाउनुहुन्छ’, अञ्जान सुनाउँदैछिन् ।
त्यसपछि ओली अञ्जानको छोराछोरीसँग खेल्न थाल्छन् । बच्चाहरु देखेपछि ओलीको अनुहार छुुट्टै चमकले चुलिन्छ । बच्चाहरुसँगै खुशी हुन्छन्, रमाउँछन् । अञ्जान भन्छिन्, ‘बच्चासँग रमाउँने उहाँको स्वभाव नै हो । कहिलेकाँही बाटोमा बच्चाहरु देखे पनि रोकिएर कुरा गर्न थाल्नुहुन्छ । बच्चासँग चाडै हेलमेल हुने स्वभाव छ ।’ यतिबेलै मेरो दिमागले सोंच्यो, ‘ओलीको आफ्नै बच्चा भएको भए अझ कति रमाउँथे होला ?’
घो¥याक्क ढोका उघ्रियो । अञ्जानको श्रीमान आइपुगेछन् । कोठाभित्र बसेका छोराछेरी फुत्लुक्क निस्कीए । श्रीमानले विज्ञापन एजेन्सी सञ्चालन गर्छन् । घडिले साँझको सात बजाएको छ । यति नै बेला हो श्रीमान घर फर्कने ।
अञ्जान पनि छ बज मात्र घर फर्कीएकी थिइन् । उनको पनि राष्ट्रपति कार्यालयमा जागिर छ । टेलिफोन अपरेटरको । यति नगरे कसरी फल्याट भाडा तिर्नु । नौ कक्षा पढ्दै गरेका छोरा अर्पण र तीन कक्षा पढ्दै गरेकी छोरी अभिलाशालाई कसरी हुर्काउनु ।
श्रीमान ताराप्रसाद किचन छिरे ।
तर, हाम्रो कुरा सक्कीएकै छैन ।
प्रसंग प्रधानमन्त्रीमा पुग्यो । अञ्जान हाँस्दै भन्छिन्, ‘जव उहाँ प्रधानमन्त्री हुनभयो नी ! त्यति बेला ममा खुशीको सीमा थिएन । मिर्गौला नदिएकाहरु त खुशी भए भने म कति खुशी भए हुँला ।’ त्यो खुशीलाई शव्दचित्रमा वर्णन गर्न सक्दैनिन् अञ्जान । मान्छेहरु लिएर मात्र खुशी हुने प्रयासमा हुन्छन् । हेर्नुस् त दिएर झन कति खुशी भइदो रहेछ ।
त्यतिबेलै अञ्जानले केपी ओलीले गरेको एउटा आग्रह पनि सम्झीइन् । एक दिन ओलीले भनेका थिए, ‘मबाहेक परिवारमा कोही पनि राजनीतिमा आएनन् । त आइजा न छोरी ।’ त्यतिबेला अञ्जानले पछि गरौँलाले भनेर टारिन् । तर, त्यो पछि कहिल्यै आएन र आउने छैन । उनलाई गृहस्थी सम्हाल्नै ठिक्क भयो । ‘छोरीको राजनीतिमा खुव रुची छ । उसलाई नै अगाडि बढाउँछु’, अञ्जान बोल्छिन् । आफुले गुमाएको सवथोक सन्तानको भागमा परोस् भन्ने सोच्न आमा–बाबु ।
०००
आजभोली प्रधानमन्त्रीसँग भेट्दा नमिठो लाग्छ अञ्जानलाई । भलै प्रधानमन्त्रीको उर्जामा २० को १९ नै भएको किन नहोस् । ‘तपाईको स्वास्थ्य कस्तो छ ?’, चाहेर पनि ओलीलाई सोध्न सक्दैनिन् अञ्जान । ‘मैले कसरी सुन्न सक्छु की मेरो मिर्गौलाले काम गरेको छैन भनेर । मलाई त अझै २० औँ वर्ष मेरै मिर्गौलाले काम गरिरहोस् भन्ने लाग्छ’, अञ्जानको चकिलो अनुहार क्षणभरमै मधुरो बन्यो ।
तर, ओलीले आफ्नो आराम र खानामा समय नै नदिएको देख्दा झन् दुख लाग्छ । ‘उहाँले खानाको टाइमिङ र आरामलाई समय दिने मात्र भए पनि अहिलेको अवस्था आउथेन होला’, अञ्जानले ओलीबारे बोल्छन्, ‘उहाँलाई अरु सबकुच थाहा छ तर, आफ्नो स्वास्थ्यवारे थाहा छैन ।’
अञ्जानले भगवानसँग प्राथना गरिरहेकी छिन्, ‘भगवान तीन वर्षसम्म त मेरै मिर्गौलाले काम गरोस् । रफ्टारमा काम गर्ने बेला विरामी भएर अल्झन नपरोस् ।’
फागुन २१, २०७६ मा www.onlinekhabar.com मा प्रकाशित
तस्वीर : चन्द्र आले/अनलाइनखवर
Comments
Post a Comment